प्रस, वीरगंज, ५ साउन/
फोटो पत्रकार राम सर्राफमाथि अभद्र व्यवहार गर्ने प्रहरीमाथि कारबाईको माग गर्दै पर्साका सञ्चारकर्मीहरू आन्दोलित भएका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रहरी उपरीक्षक रमेश खरेलसँग भेटी पर्सेली सञ्चारकर्मीहरूको टोलीले फोटो पत्रकार सर्राफमाथि भएको
कुटपिटको भत्र्सना गर्दै कारबाईको माग गरेका छन् । वीरगंज घण्टाघर नजिकै मोटरसाइकल पार्किङ गरिराखेको मोटरसाइकलको प्रहरीले हावा खोल्न थालेपछि पत्रकार राम सर्राफले मोटरसाइकल डोर्याएर अन्यत्र लान खोज्दा प्रहरीले लाठी चार्ज गरेको थियो।
भेटघाटको अवसरमा प्रहरी उपरीक्षक खरेलले सर्वसाधारणमाथि प्रहरीले लाठीचार्ज गर्नु मानव अधिकारको हनन भएको भन्दै घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाई गर्ने आश्वासन दिएका छन्। पर्साको सुरक्षा स्थिति विगतभन्दा सुधार भएपनि प्रहरीको उद्दण्डता भने बढ्दै गएको गुनासो उठ्न थालेको सञ्चारकर्मीहरूले बताएका थिए। उद्दण्ड सुरक्षाकर्मीमाथि कारबाई गरेर सार्वजनिक गर्नुपर्ने अन्यथा सुरक्षाको नाममा प्रहरी आतङक टुलुटुलु हेरेर बस्न नसकिने सञ्चारकर्मीहरूले चेतावनी दिएका छन्।
टोलीमा पत्रकार महासङ्घ पर्साका पदाधिकारी एवं सञ्चार सम्बद्ध विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूको सहभागिता थियो ।
यसैबीच पत्रकार महासङ्घ पर्सा शाखाका उपाध्यक्ष ध्रुव साह, मेची–महाकाली मिडिया सोसाइटी, पर्साका अध्यक्ष श्रीराम रायमाझी, जनसञ्चारकर्मी सङघका केन्द्रीय सदस्य दर्पण मतवाली, क्रियाशील युवा पत्रकार समूह नेपालका अध्यक्ष प्रणयकुमार, क्रान्तिकारी पत्रकार सङ्घ, पर्सा शाखाका जिल्ला अध्यक्ष आरके पटेल र राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष राजु श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी घटनाका दोषीमाथि कारबाईको माग गरेका छन्।