प्रेम पवित्र शब्द हो, जसका अनेक आयाम छन्। अनेक आयामहरूमध्ये एउटा आयाम हो यसको बायोकेमिस्ट्री। प्रेमरूपी मायाको बायोकेमिस्ट्री बडो रोचक, रोमाञ्चक एवं जटिल छस किनकि यसको जति आवरण निस्कँदै जान्छ यो त्यति नै रहस्यमय प्रतीत हुन्छ। यस्तो किन हुन्छ होला भने प्रेमका विभिन्न आयामहरूबीच सम्बन्ध–सूत्र फितलो हुन्छ। प्रेमको मनोविज्ञान जति मार्मिक छ, त्यसको बायोकेमिस्ट्री त्यति नै जटिल छ। यदि भाव र व्यवहारबीच एउटा सोझो पुल बन्ने हो भने शायद यसलाई बुझ्न बढी सजिलो हुन्छ, तर पनि आफ्नो–आफ्नो ढङगले यसको व्याख्या गरिएको छ। जे होस्, प्रेमको बायोकेमिस्ट्री भने अनौठो छ।
प्रेमको मनोविज्ञान पनि बडो रोचक छ। मनोविज्ञानीहरू जान्दछन् कि हामी जसलाई भित्रबाट माया गर्छौं अथवा मुटुबाट सम्मान गर्दर्छौं, हामी कहीं न कहीं उनीहरूबाट आकर्षित पनि हुन्छौं र उनीहरूसँग बस्न–उठ्न तथा कुराकानी गर्न चाहन्छौं। यदि यो आकर्षण दुवै पक्षमा छ भने एउटा गहिरो भावनात्मक आकर्षण उत्पन्न हुन्छ र यस आकर्षणमा सबैथोक विलीन हुन्छ। जान्नेहरू के भन्छन् भने जसलाई हामी मन पराउँछौं, उनका साथ बिताएको लामो समय पनि क्षणभरजस्तै लाग्दछस किनकि त्यहाँ भावनात्मक तृप्तिको अनुभूति हुन्छ। यसको ठीकविपरीत हामी जसलाई मन पराउँदैनौं, तिनका साथ एक छिन बिताउनु पनि युगजस्तो लाग्दछ। योग मनोविज्ञानी यसैलाई घृणा र प्रेमरूपी द्विध्रुवीय स्थितिको रूपमा निरुपित गर्दछन्।
आत्मीयता र माया एउटा ध्रुव हो। यसको ठीकविपरीत घृणा हो। मानिस यी दुई ध्रुवबीच भौंतारिइरहन्छ। यी दुवैमा पहिलो ठीक हो। योगीहरू भन्दछन् कि जो यी दुवै अवस्थाबाट पार भइसकेको छ, उसैको मनमा प्रेमको अङ्कुर फस्टाउन सक्छ। अत: प्रेमको दर्शन अत्यन्त परिष्कृत एवं दिव्य हुन्छ। यो त मन र शरीरभन्दा छुट्टै हुन्छ। यस्तो प्रेम त बिरलैले पाउँछन्, तर जसलाई आफ्नोपन र चाहना भन्दछन्, त्यो दैहिक धरातलमा हुन्छ र केही रूपमा यो मानसिक एवं भावनात्मक स्तरमा झल्कन्छ। प्रेमको यात्रा पवित्रताको यात्रा हो। जुन जति यस शरीरभन्दा माथि उक्लन्छ र आफ्नो अन्तरतर्फ अग्रसर हुन्छ, त्यो त्यति नै पावन हुन्छ, तर बुझ्नुपर्ने कुरो के हो भने शरीरमा जब आफ्नोपन अथवा प्रेमको अभिव्यक्ति हुन्छ भने कस्तो हुन्छ ? त्यसको कस्तो फिजिओलोजी हुन्छ ? यस्तो भावदशामा कुन प्रकारको हार्मोनको स्राव हुन्छ ? यो घटना विशुद्धरूपले बायोकेमिस्ट्रीसँग सम्बन्धित छ।
व्यक्तिले जसलाई आफ्नो ठान्दछ र उससँग लामो समयसम्म बस्दछ अनि ती दुवैबीच एउटा सहज आकर्षण उत्पन्न हुन्छ। यस सन्दर्भमा हारवर्ड मेडिकल स्कूलका समाजशास्त्री क्रिस्टाकिसले स्पष्ट पारेका छन् कि यस्ता दुवै व्यक्तिको बायोकेमिस्ट्रीमा निकै समानता हुन्छ। कहाँसम्म भने यदि एकजनाको वजन बढ्दछ भने अर्कोको वजन पनि प्रभावित हुन्छ, तर जब हामी गहिरो भावनात्मक दशामा हुन्छौं तब हाम्रो शरीरमा डोपामाइन नामक हार्मोन क्रियाशील हुन्छ। लामो समयसम्म यदि यो स्थिति रहिरहयो भने पुन: यसको क्रियाशीलता निर्बल हुन थाल्दछ। वैज्ञानिकहरू के भन्दछन् भने स्वस्थ हुनका लागि हामीलाई भिटामिन–६ र मैग्नीशियमको बढी मात्रा आवश्यक हुन्छ र यी दुवै तत्त्व डोपामाइन उत्पन्न गर्नका लागि उत्तरदायी हुन्छन्।
जसलाई हामी आफ्नो ठान्दछौं उसलाई हेरिरहन मन पराउँछौं। मनोविज्ञानी के भन्दछन् भने जसै हाम्रो आँखा त्यस्ता व्यक्तिसँग जुझ्दछ खुशी छचल्किन थाल्दछ। यस्तो अवस्थामा मस्तिष्कबाट फेनीलेथामाइन हार्मोन स्राव हुन थाल्दछ। यसको कार्यक्षेत्र निकै व्यापक छ। यसले मुटुको ढुकढुकी बढाइदिन्छ, साँसलाई तीव्र पार्दछ, हत्केलामा पसिना आउन थाल्दछ तथा गाला र जननाङगहरूमा रक्तको प्रवाह बढाइदिन्छ। पनीर एवं चकलेट खाएपछि यसलाई पचाउनका लागि यसै हार्मोनको आवश्यकता हुन्छ। यसले आँखाको नानीलाई चाक्लो पारिदिन्छ। जब मानिस अत्यासिन थाल्छ अथवा डराउँछ, त्यस बेला पनि यो हार्मोन स्रावित हुन थाल्छ।
भन्दछन्, भावनात्मक दशा उत्कर्षमा भएको बेला भोक पनि लाग्दैन। यसलाई इन्डोक्राइनोलाजिस्ट पनि सही मान्दछन्। यिनका अनुसार एड्रिनैलिन हार्मोनको बढी स्राव भयो भने पाचनतन्त्रको क्रियाशीलता घट्न जान्छ र भोक थोरै लाग्छ। यस हार्मोनले हृदयगति र साँस, दुवैलाई तीव्र पारिदिन्छ। इन्डोर्फिन हार्मोनले शरीरमा दुखाइ उत्पन्न गरिदिन्छ, तर माया एवं आफ्नोपनको दशामा यसको प्रभाव खुशी, आनन्द र आल्हादकारी हुन्छ। जुन व्यक्तिलाई बढी अपनत्व प्राप्त हुन्छ, उसको शरीरमा इन्डोर्फिनको कमी हुँदैन। बोसो, चकलेट र चिनी खाएपछि यसको उत्पादन बढ्छ। यसको ठीकविपरीत आफ्नोपनको अभावमा व्यक्ति डिप्रेसन (अवसाद) अथवा मूडस्वींगको शिकार बन्दछ। यसले गर्दा यी हार्मोनको स्राव घट्न जान्छ। अत: मूड ठीक पार्नका लागि आफ्नोपनको परिधि विस्तार गर्नुपर्छ।
एउटा सर्वेक्षणमा के पाइयो भने पत्नीव्रता पतिहरूको शरीरमा वेसोप्रेसिन हार्मोनको अधिकता हुन्छ। यस्तो किन हुन्छ ? अहिलेसम्म यसको सही–सही जानकारी प्राप्त हुन सकेको छैन, तर एउटा अर्को सर्वेक्षणबाट के पुष्टि भएको छ भने पुरुषहरूमा यो हार्मोनले ठीक त्यसैप्रकार कार्य गर्दछ, जसरी महिलाहरूमा आक्सिटोसिनले गर्दछ। जुन व्यक्तिले रक्सीको बढी सेवन गर्दछ, उसमा यसको स्राव कम हुन्छ। आक्सिटोसिनलाई मदर हार्मोन भन्दछन्। जब आमाले आफ्नो सन्तानलाई स्तनपान गराउँछिन् त्यस बेला यसको स्रावमा वृद्धि हुन्छ। हात मिलाउँदा एवं अङकमाल गर्दा पनि यसको स्तर वृद्धि हुन्छ। यस हार्मोनले आत्मविश्वास बढाउँछ र डरलाई कम गर्दछ।
मानिसको सबैभन्दा ठूलो भोक माया हो। उसलाई यदि साँचो आफ्नोपन र माया प्राप्त भयो भने उसको रचनात्मक शक्ति कैयौं गुणा बढ्न सक्दछ। जुन मानिसले कसैलाई मनको गहिराइबाट चाहन्छ भने उसका लागि ठूलोभन्दा ठूलो त्याग गर्नका लागि पनि तत्पर रहन्छ। वैज्ञानिकहरू भन्दछन् यस्तो दशामा उसको फ्रन्टल लोब बढी सचेतन हुन्छ। मस्तिष्कको यो भाग अति महत्त्वपूर्ण हुन्छस किनकि यहींबाट निर्णय–क्षमता, बुद्धि–विवेक आदि सञ्चालित हुन्छन्। प्रेमको जादु शारीरिक सौन्दर्यभन्दा ठूलो हुन्छ। यसको रङग अनौठो एवं अनुकूल हुन्छ र सौन्दर्यको यो रङग दाहिने मस्तिष्कको कुनै कुनामा लुकेर बसेको हुन्छ। जसै उसलाई सौन्दर्यको बोध हुन्छ, यो अतिक्रियाशील बन्न पुग्छ।
यसै कारण विद्वान् एवं विज्ञानी, दुवैले मायाको बायोकेमिस्ट्रीलाई अद्भूत एवं अनौठो ठान्दछन्, जुन दिन यस विज्ञानको समुचित शोध–अनुसन्धान हुनेछ, तमाम अज्ञात आयामहरूको खुलासा हुनेछ। जे होस्, आफ्नोपन एवं मायाले हामीलाई अघि बढ्न प्रेरित गर्दछन्, तर यिनको अर्को पक्ष भने निकै भयावह हुन्छ। भावुकताको दशामा यो माया अति संवेदनशील एवं घातक हुन्छ। अत: व्यक्तिलाई आफ्नोपन एवं मायाको विकास गर्नुपर्छ, तर भावुकताबाट जोगिनुपनि पर्छ तथा सदैव पवित्रतालाई ध्यानमा राख्नुपर्छ। यदि पवित्रताका साथ माया एवं आफ्नोपन हुर्कन्छ भने यो विकासको उत्तम माध्यम बन्दछ र यदि यसमा व्यतिरेक हुन्छ भने पतन र विनाशको बाटो उघ्रिन्छ।
आध्यामिकताको के आग्रह छ भने हामीले मानिसको शरीर होइन, उसको पवित्र भावलाई माया गर्नुपर्छ। मानिसभित्र अवस्थित पवित्र भाव नै परमात्माको प्रतीक हो। यसैले प्रेमलाई स्वयं परमात्मा भनिएको हो। अत: हामीले पवित्र प्रेममाथि विश्वास गर्नुपर्छ।