वीरगंजदेखि ठोरीसम्मको ५३ किलोमिटर हुलाकी सडक निर्माण काम वर्षात्का कारण ढिलो सुरु हुने देखिएको छ। वर्षात् समाप्त भएपछि कामले तीव्रता लेला भनी ढुक्क हुने अवस्था पनि छैन। जग्गा अधिग्रहण र मुआब्जाको किचोला यसका साथ लागेको छ। यद्यपि सडक बनाउने जग्गा सबै प्राप्त भइसकेको भारतीय पक्षको भनाइ छ। तर मुआब्जा र यसबाट केही प्राप्ति भइहाल्छ कि भन्ने केही मानिसको स्वार्थबाट बाधा–अडचन नआउने कुरामा नेपाली पक्ष ढुक्क छैन। यो हुलाकी सडक, जस्तो कि सामान्य धारणा छ वीरगंजबाट पोखरिया हुँदै ठोरी पुग्ने होइन, अपितु सुरु पद्मरोडको पहिचान गरी बनाइने हो। सुरु पद्मरोडको आज नाप–नक्साबारे कुन्नि कसैलाई जानकारी छ, छैन तर पदमरोड जसलाई आज हुलाकी सडक भनिंदैछ त्यो गौरदेखि वीरगंज र विन्दवासिनी नाघेर बहुअर्वा भाठाको चौरदेखि उत्तर हुँदै जान्थ्यो जसको आज नामनामेसी छैन। पोखरिया बजार गुलजार हुँदै गएपछि वीरगंज–पोखरिया सडकखण्डले पदमरोडको नाम पायो। नतिजा के भयो भने पद्मरोडको जग्गा छेउछाउका मानिसले आफ्नो हकभोगमा लिए र अहिले त्यही जग्गा अधिग्रहण गर्ने र मोल तिर्ने भनिंदै छ।
तराई क्षेत्रको उन्नयनका लागि भारत सरकारले सहयोगको रूपमा निर्माण गरिदिन लागेको ४ सय किलोमिटर शाखा सडकसहित १४ सय किलोमिटर लामो सडकको यो एउटा भाग हो। केही महिनाअगाडि भारतीय परराष्ट्रमन्त्री एसएम कृष्णाले यस सडकको शिलान्यास गरेपश्चात् निर्माण टेन्डर, कन्सल्टेन्ट नियुक्ति भइसकेर ३० महिनाको निर्धारित समयावधिमा झन्डै चार महिना बित्दैछ। जग्गा अधिग्रहण गर्ने जिम्मेवारी नेपाल सरकारको रहेकोमा हाल १२/१४ किलोमिटर जग्गा अधिग्रहण भइ काम सुरु हुनै लागेको जानकारी प्राप्त भएको छ। नेपालको सरहदभित्र निर्माण हुन लागेको र विदेशी सरकारले सहयोग गर्न लागेको हुँदा हामीले बढी तत्पर भएर सबै साधन–सुविधा जुटाइदिनुपर्ने ठाउँमा जहाँ सडक निर्माण हुने हो, त्यसकै टुङगो नलगाइदिंदा सहयोग गर्ने देशको पनि मन अमिलो हुन जान्छ। हाम्रो साधनहीनताप्रति सहानुभूति प्रकट कसैले कुनै सहयोग पुर्याउन खोज्दछ र हामी तत्पर भएर त्यो सुविधा र सहयोग लिन खोज्दैनौं भने भोलि दातृ राष्ट्र वा संस्थाहरुले हामीप्रति के धारणा बनाउलान् भन्ने पनि हामीमा चिन्ता देखिएको छैन।
आजको युग विज्ञान र प्रविधिको हो। हिजो असम्भव भनी ठम्याइएको काम आज सम्भव भएको छ। मानिसले दुई मुलुकबीच समुद्रको छाती चिरेर रेलमार्ग बनाउन सफल भएका छन्, समुद्रभित्र गएर कारखाना स्थापित गरी नुनिलो पानीलाई गुलियो पानीमा परिणत गर्न सफल भएका छन्। त्यसका लागि प्रविधि र धनको आवश्यकता पर्दछ। हामीसँग दुवै छैन। तर स्रोत त छ। चाहिने प्रविधि र धनको अभावमा आजको युगमा कसैले अभावहीन बन्नुपर्ने अवस्था पनि छैन। तर इच्छाशक्ति र राष्ट्रभक्ति त चाहिन्छ देशलाई उन्नतिको पथमा अगाडि बढाउन। मेलम्चीको पानी काठमाडौं पुर्याउन आज दुई दशक बितिसक्यो हामीले सकेका छैनौं। प्रविधि र धनको अभावले होइन, इच्छाशक्तिको अभावले। धन र प्रविधि ओइरिन्छ, ओइरिएको पनि छ तर राजनीतिक दलहरूको स्वार्थ र इच्छाशक्ति फितलो भएकोले यस अवधिमा चीनले मेलम्चीजस्ता बीसौं संरचना सम्पन्न गरेर ओलम्मिक खेल सम्पन्न गरिसक्यो, तर हामी भने जहाँको तहीं छौं। भारतले आफ्नो लगानी लगाएर बनाइदिन लागेको बाटो निर्माणमा यहींका जनता जसको हितका लागि सडक बनाइँदैछ, अवरोध खडा गर्न तम्सिएका छन्। यसैलाई गवाह चुस्त मुद्दई सुस्त भनिएको होला।