विश्वराज अधिकारी
नेपाली समाजमा सानो व्यापारलाई व्यक्ति, समाज र सरकार तीनै पक्षबाट उपेक्षा गरिएको तथ्य नौलो होइन। विगतमा पनि उपेक्षा गरिएको थियो र वर्तमानमा पनि उपेक्षा गर्ने परिपाटी कायम नै छ। हुनत त सानो व्यापारलाई समाजले नै बढी उपेक्षा गरेको हो। सानो व्यापारलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणमा अहिलेसम्म पनि परिवर्तन आउन सकेको छैन। जबकि कुनै पनि देशमा रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारको भूमिका महत्त्वपूर्ण भएको हुनाले नै विकसित राष्ट्रहरूमा ‘सानो व्यापार प्रशासन’ को स्थापना गरिएको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरूलाई व्यापार गर्न सल्लाह र जानकारीहरू दिने मात्र होइन, सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउनुका साथै अनुदान दिने व्यवस्था समेत गरेको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरूलाई नियन्त्रित र निर्देशित गर्ने होइन वरन् सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ।
सानो व्यापार वा सानो व्यापारी भन्नाले स्थानीय स्तरमा सानो पूँजीबाट व्यापार सञ्चालन गर्ने व्यक्ति वा संस्था बुझिन्छ। सानो व्यापारबाट प्राप्त आयले सञ्चालक प्राय: ठूलो पूँजीको मालिक हुन त सक्तैन तर उक्त आयले सामान्य किसिमको जीवन निर्वाहका लागि आवश्यक आम्दानी जुटाउन सक्षम हुन सक्छ। सानो व्यापार स्वरोजगारको ठूलो स्रोत पनि हो।
नेपालको सन्दर्भमा सानो व्यापारलाई सरकारको सहयोग त आवश्यक छ नै, समाजको सहयोग पनि उत्तिकै आवश्यक छ। सर्वप्रथम सानो व्यापारलाई समाजले इज्जत दिनुपर्यो। दोस्रो सानो व्यापार फस्टाउने किसिमका व्यवहारको विकास समाजमा हुनुपर्यो। सानो व्यापार फस्टाउने किसिमका व्यवहारहरूमध्ये एउटा व्यवहार हो, रेस्टुरा तथा होटलमा खाना खाने परिपाटी । ठूलो सङ्ख्यामा व्यक्तिहरूले होटलमा खाजा तथा खाना खाने गर्नाले एकातिर होटल व्यवसायको विस्तार हुन्छ, सञ्चालकहरूले आयआर्जन गर्ने मौका पाउँछन् भने अर्कोतिर होटल तथा रेस्टुरा सञ्चालन गर्न विभिन्न किसिमका जनशक्तिहरूको आवश्यकता पर्ने हुनाले धेरै व्यक्तिले रोजगार पाउँछ।
लागत कुशलता (ऋयकत भााष्अष्भलअथ) को दृष्टिकोणले एक वा दुई व्यक्तिले घरमा पकाएर खानुभन्दा होटलमा खानु सस्तो पर्न आउँछ। त्यति मात्र होइन, व्यक्तिले घरमा पकाउँदा उसले श्रम लगानी गर्नुपर्दछ तर होटलमा खाँदा पकाउनका लागि श्रम लगानी गर्नु पर्दैन र लगानी गर्नुपर्ने त्यो श्रम बचत हुन पुग्छ र यसरी बचत हुन आएको श्रमलाई उसले अन्य उत्पादक कार्यमा खर्च गर्न सक्छ। अर्कोतिर होटलहरूले धेरै ग्राहकहरू आएको कारण, जति ठूलो परिमाणमा खाना तयार पार्छन् त्यति नै खाना तयार पार्न पर्ने आउने लागत कम भएर जान्छ। र यसरी ठूलो सङ्ख्यामा व्यक्तिहरूले होटल वा रेस्टुरामा खाने गर्नाले होटल र रेस्टुराहरूको सङ्ख्यामा वृद्धि मात्र हुँदैन, उनीहरूबीच ग्राहक आकषिर्त गर्ने प्रतिस्पर्धा भएर ग्राहकहरूले सस्तोमा खाना खान पाउने वातावरण समेत सृजना हुन्छ।
विकसित राष्ट्रहरूमा ठूलो सङ्ख्यामा व्यक्तिहरू होटल वा रेस्टुराहरूमा खाने गर्दछन्। दिउँसोको खाना त प्राय: सबैले घर बाहिर, होटल वा रेस्टुरातिर नै खान्छन्। रेस्टुराहरूले पनि ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न किसिमका सुविधाहरू उपलब्ध गराएका हुन्छन्। जस्तै ग्राहकहरूले आफ्नो घर वा आफू बसेको ठाउँबाट फोन गरेर वा इन्टरनेटबाट अर्डर गरेर रेस्टुराबाट खाना मगाउन सक्छन्। यसैगरी रेस्टुरामा पुगेर, भित्र बसेर पनि खान सक्छन् वा आफ्नो गाडीभित्र बसेर नै रेस्टुराको झ्याल नजिकबाट अर्डर गरेर झ्यालबाट नै खान लिएर, आफ्नै गाडीमा बसेर पनि खाना खान सक्छन् वा आफूलाई मन लागेको ठाउँमा लगेर खाना खान सक्छन्। गाडीमा बसेर खाना अर्डर गर्न र लिन पाउने सुविधालाई ड्राइभ थ्रु भन्ने गरिन्छ। ग्राहकहरूलाई सजिलो पारिदिन तथा उनीहरूको समय बचत गरिदिन धेरै रेस्टुराहरूले ड्राइभ थ्रु सेवा उपलब्ध गराएका हुन्छन्।
रेस्टुरा वा होटलमा खानुलाई मनोरञ्जनको रूपमा पनि लिने गरिन्छ । सप्ताहन्त (ध्भभपभलम) वा बिदा मनाउन वा रमाइलो गर्न पनि धेरै मानिसले रेस्टुरामा खाने गर्दछन्। घर बाहिर, आफूलाई मन पर्ने विभिन्न किसिमका खानाहरू खाएर पनि मानिसले रमाइलो गर्दछन्। विभिन्न स्थान वा संस्कृतिका खानाहरू खाएर पनि मानिसलाई रमाइलोको अनुभूति हुन्छ। अझै, कुनै स्थान वा रेस्टुराले त खास किसिमको खाना उपलब्घ गराउन प्रसिद्धि नै पाएको हुन्छ।
राष्ट्रिय आय वितरण (ल्बतष्यलब िष्लअयmभ मष्कतचष्दगतष्यल) लाई सन्तुलित बनाउने धेरै उपायहरू छन्। अर्थात् धेरै तरिकाबाट हुने (जबखभ) हरूको हातमा रहेको पैसा नहुने (जबखभ लयत) हरूको हातमा पुर्याउन सकिन्छ। सम्पन्नहरूको हातमा रहेको पैसा विपन्नहरूको हातसम्म पुर्याउने विभिन्न तरिकाहरूमध्ये एक हो सानो पूँजीमा सञ्चालित होटल वा रेस्टुरा व्यवसाय। सरकार एवं समाजले यस किसिमका साना व्यवसायहरू सञ्चालन गर्न सहयोग पुर्याउनुपर्दछ। यस किसिमको व्यवसाय विस्तार गर्न सकिए रोजगारीको क्षेत्र पनि विस्तारित हुन पुग्छ र सम्पन्नहरूको हातमा रहेको पैसा विपन्नहरूको हातमा पुग्छ।
राष्ट्रलाई धनी तुल्याउन देशका उद्योगी, व्यापारीहरू धनी हुन जति आवश्यक छ त्यतिकै उनीहरूको हातमा रहेको आम्दानीमध्येको केही अंश गरीबहरूको हातमा पुर्याउन विभिन्न तरिकार अवलम्बन गर्न आवश्यक छ। विभिन्न तरिकाबाट हुनेहरूको हातमा रहेको आय नहुनेहरूको हातमा पुर्याउन सकिन्छ। रोजगारका विभिन्न अवसरहरूको सृजना गर्न सकिन्छ। यस अर्थमा गरिबहरूको हातमा आय आउने वातावरण सृजना गर्न हुनेहरू वा धनीहरूले त झन् होटल वा रेस्टुराहरूमा खाना खान जोड दिन आवश्यक देखिन्छ। बाहिर खाना खाने संस्कृतिको विस्तार एवं विकासमा बल पुर्याउनुपर्ने देखिन्छ ।
ठूलो लगानीमा सञ्चालन भएका विशाल उद्योगहरू, ठूला–ठूला व्यापार गृहहरू, सरकारी कार्यालयहरू आदिले मात्र रोजगार दिन्छन् र त्यस्ता ठूला संस्थाहरूमा काम गर्नु प्रतिष्ठाको विषय हुन्छ र साना–साना व्यापार गर्नु वा त्यस्ता साना–साना व्यापारिक संस्थाहरूमा काम गर्दा प्रतिष्ठा प्राप्त नहुने सोच राख्नु जस्ता चिन्तनबाट नेपाली समाजले मुक्ति पाउन आवश्यक छ, नेपालमा सानो व्यवसायलाई सम्मान दिन र रोजगारीको क्षेत्र विस्तार गर्न।