–प्रमोदकुमार पौडेल
क्षयरोग हावाको माध्यमबाट सनेर् सरुवा रोग हो। यो रोग कसैलाई पनि लाग्न सक्छ। यो रोगले को धनी, को गरिब भन्दैन। क्षयरोग सबै वर्ग, लिङग र समुदायको स्वास्थ्य समस्याको रूपमा शताब्दीऔंदेखि विद्यमान रहँदै आएको छ। यो रोग उत्पादनमूलक उमेर समूहका व्यक्तिलाई लाग्ने मात्र नभई महिलाको मृत्युको प्रमुख कारक भनी परिचित छ। तसर्थ क्षयरोग स्वास्थ्य समस्या मात्र नभई राष्ट्रको सामाजिक एवं आर्थिक विकासको बाधक बनेको छ। विश्वमा कुल एकतिहाई जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिन्छ भने एकजना क्षयरोगीले समयमैं उपचार नपाउँदा १ वर्षभित्र १० देखि १५ जना व्यक्तिलाई क्षयरोग सार्ने सम्भावना हुन्छ। नेपालमा हाल ८० हजार क्षयरोगी छन् र प्रतिवर्ष ४० हजार (सन् २००८ को तथ्याङक) नयाँ मानिसलाई क्षयरोग लाग्दछ र तीमध्ये २० हजारलाई सरुवा खालको फोक्सोको क्षयरोग हुन्छ। फोक्सोमा लाग्ने क्षयरोग सरुवा हुन्छ। क्षयरोगको समस्यालाई प्रभावकारी तरिकाबाट नियन्त्रण गर्न नेपाल सरकार र गैरसरकारी संस्थाहरूमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यति हुँदाहुँदै पनि नेपालमा प्रतिवर्ष ५ देखि ७ हजार मानिसको क्षयरोगबाट मृत्यु हुन्छ। यसको मतलब क्षयरोगका कारण नेपालमा प्रतिहप्ता १२५ जना र प्रतिदिन १८ जना मानिसको मृत्यु हुन्छ। नेपालको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या दुर्गम गाउँ क्षेत्रमा बसोबास गर्दछ। यी क्षेत्रमा राम्रो स्वास्थ्य सेवाको सुविधा, जनचेतना, सञ्चार, शिक्षाजस्ता आधारभूत सुविधाको अभावले क्षयरोग नियन्त्रण गर्ने कार्यमा बाधा पुगिरहेको छ। विडम्बनाको कुरा के पनि छ भने हाम्रो देशमा पाइएका क्षयरोगीहरूमध्ये करिब ६० प्रतिशत आर्थिक दृष्टिले सक्रिय (१५ देखि ४५ वर्ष) उमेरका समूहका मानिस छन्। आफ्नो भविष्य, परिवारको आधार र देश विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने मानिसको यो समूहलाई क्षयरोग लागी उनीहरूले धेरै समयसम्म बिरामी भएर बस्नुपर्दा यसबाट देश विकासमा पनि नकारात्मक प्रभाव पर्दछ। तसर्थ भौगोलिक विकटताले स्वास्थ्य क्षेत्रसम्म बिरामीको पहुँच नहुँदा क्षयरोगीलाई पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रको स्थापना, उपचारका साथै परामर्श सेवा–सुविधा उपलब्ध गराउन कठिनाइ छ भने दक्ष जनशक्तिको समेत अभाव छ। यसका अतिरिक्त बिरामीहरूमा विविध कारणले क्षयरोगका कीटाणुहरूमा बहुऔषधि प्रतिरोधात्मक क्षमता विकसित भएर जीर्ण खालका क्षयरोगी, एमडिआर टिबी, एक्सडिआर टिबीसमेत देखा परिरहेको छ। यस्ता क्षयरोगीको सङ्ख्या नेपाल लगायत विश्वमा दिनानुदिन बढिरहेको तथ्य विभिन्न समयमा सार्वजनिक भएका सर्वेक्षणहरूले देखाएका छन्। यदि यो क्रमलाई नियन्त्रण गर्न सकिएन भने यस्ता क्षयरोगीले स्वस्थ मानिसमा जीर्णखालकै क्षयरोग सार्ने भएकोले भविष्यमा यसले भयावह रूप लिन सक्ने प्रबल सम्भावना छ। त्यस्तै विश्वव्यापीरूपमा देखापरेको एचआइभी एड्सको बढ्दो सङ्क्रमणले पनि क्षयरोग नियन्त्रणमा चुनौती थपिएको छ। किनभने एचआइभी भएको व्यक्तिमा क्षयरोग सर्ने बढी सम्भावना हुन्छ। यसर्थ नियन्त्रणका लागि रोगको उपचारमा नयाँ सोच, औषधि र प्रविधिको आधुनिक खोज–अनुसन्धान हुनु अति आवश्यक छ। यसका लागि विभिन्न क्षेत्र, तहमा रहेर समाजमा प्रभाव पार्न सक्ने व्यक्तिलाई समेत नियमित संलग्न गराई क्षयरोग नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक छ। त्यसैले क्षयरोग नियन्त्रणका लागि आजको आवश्यकता भनेको हामी सबैको सामूहिक प्रतिबद्धता हो। समाजका अगुवा, समाजसेवी, वैज्ञानिक, प्राविधिक, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा विद्यार्थीलगायत सबैको सहभागिता र प्रतिबद्धता अपरिहार्य छ। त्यसकारण यो रोगविरुद्ध अभियानमा सरिक भई यसको उन्मूलनमा जुट्नु आज हामी सबैको दायित्व हो।
–नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखा