काठमाडौं, ८ साउन/रासस
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) द्वारा पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘नाथम कप २०११’ अन्तर्कलेज बास्केटबल प्रतियोगितामा नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल मेनेजमेन्ट विजयी भएको छ।
सो प्रतियोगितामा विजयी कलेजले ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटयालिटीसँग भएको प्रतिस्पर्धामा ६१ स्कोर प्राप्त गरी विजयी भएको हो।
आजदेखि सुरु गरिएको सो प्रतियोगिता एक सातासम्म रवि भवनस्थित प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको प्रतिष्ठानका प्रशासक नरेश डङ्गोलले शुभारम्भ गरेका हुन्।
काठमाडौं उपत्यकामा रहेका विभिन्न होटल व्यवस्थापनसम्बन्धी विषयमा अध्ययन/अध्यापन गराइने सातवटा कलेजका विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगिताका विजयी समूहले ‘नाथम कप २०११’, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका संयोजक रिपेश गुप्ताले प्रतिष्ठानले विभिन्न मुलुकका पर्यटकलाई आकर्षित गर्न विभिन्न होटल व्यवस्थापनसम्बन्धी कलेजका विद्यार्थीलाई सक्रिय बनाउन खेलकुद, सरसफाइ तथा वृक्षरोपण, गन्तव्य फूड फेस्टिभल, विमानस्थलमा आउने पर्यटकलाई स्वागत/सद्भावलगायत कार्यको व्यवस्थापन गरेको बताए।