प्रस, वीरगंज, १२ साउन/
जिल्लाका सीमा क्षेत्रहरूमा बैंक स्थापना नहुँदा नेपालको लाखौं रुपियाँ दैनिक भारतीय बैकहरूमा जाने गरेको छ। नेपाली युवकहरूले विदेशबाट कमाएर पठाएको रकम वा किसानहरूले बचत गरी राखेको रुपियाँ राख्न नेपाल सरकारले कुनै व्यवस्था नगरेकोले सीमावर्ती गाउँका बासिन्दा भारतीय बैकहरूमा रकम राख्न बाध्य छन्। गाउँवरिपरि पैसा राख्ने थलो नभएकोले सदरमुकाममा रकम राख्न्नका आउँदा समय बढी लाग्ने, यातायातको सवारी साधनसमेत नभएकोले भारतीय बजारहरूमा रहेका बैंकमा रकम जम्मा गर्नुपरेको गाउँलेहरू बताउँछन्। ग्रामीण भेगका जनताले असुरक्षाको कारण सदरमुकामसम्म रकम ल्याउन नसकी भारतमैं जान सस्तो र सुरक्षित ठानी भारतीय बैंकहरूमा रकम जम्मा गराउने गरेको बताउँछन। सदरमुकामबाहेक व्यापारी स्थान भिस्वा, पोखरिया, लङगडी जानकीटोल सेढवामा नेपाल सरकारले बैंकिङ सेवा पुर्याएको थियो।
सशस्त्र द्वन्द्वताका विस्थापति ती बैकहरू सदरमुकाममा केन्द्रित भएका थिए । हाल देशमा शान्ति स्थापना भइसकेको छ। तर बैंकहरू भने गाउँको नाउँमा सदरमुकाममैं सञ्चालित छन्। पोखरियामा रहेका वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैक, भिस्वाको नेपाल बैक लि. लङगडी, निचुटा, देउरवाना, लगायत ठाउँका बैंकहरू गाउँको नाउँमा अहिले पनि वीरगजमा सञ्चालित छन्। जिल्लाको अति दुर्गम गाविस सुवर्णपुर, निर्मलबस्ती, ठोरी, सम्भौता, मिर्जापुर, भिस्वा, लङगडी, सोनवार्सा, बगबन्नाका बासिन्दा बैंक नहुँदा सबभन्दा बढी प्रभावित छन्।