$type=ticker$count=12$cols=4$cate=0

यदि अनुमान मात्र होइन भने....

SHARE:

सञ्जय साह ‘मित्र’
    राष्ट्रिय जनगणना–२०६८ सम्पन्न भएको छ। जुन तामझाम, विज्ञापन र अपेक्षासहित जनगणना सम्पन्न गरिएको छ, यसले नेपाली समाजमा चौतर्फी  प्रभाव पार्ने निश्चित छ। राष्ट्रिय जनगणना–२०६८ विभिन्न दृष्टि र दृष्टिकोणले महत्त्वपूर्ण छ। ‘कोही पनि नछुटून् र कोही पनि नदोहोरिऊन््’ भन्ने मूल नारा लिएर सम्पन्न यस वर्षको जनगणनाले नेपालमा जनगणनाको एक सय वर्ष पूरा भएको छ। जनगणनाको सय वर्ष पूरा भएपछि जुनरूपमा जनगणना हुनुपथ्र्यो वा जति विश्वसनीयता जनगणनामा हुनुपथ्र्यो त्यत्ति हुन नसकेको गुनासो आम नागरिक समुदायको छ।
    रौतहटको श्रीराम सुगर मिल्सको आवासमा बस्ने पुग न पुग एक सय परिवारको अस्तित्व जनगणनामा नअटाएको अधिकृतस्तरका एक कर्मचारीले बताए। जनगणनाका सुपरीवेक्षक वा गणक कसैको जिम्मा चिनी मिल नपरेकोले यसो भएको एक सुपरीवेक्षकको कथन छ। वास्तवमा चिनी मिल दोहोरो परिचयमा ‘अनाम’ बन्न पुगेको हुनुपर्छ, चिनी मिलको ठेगानामा ‘महम्मदपुर, गरुडा’ लेखिएको छ। यसको अर्थ महम्मदपुर गाविस अन्तर्गतको गरुडा भन्ने हुन्छ। गरुडा चोक/बजार गरुडा बैरियाको जस्तो देखिन्छ तर चिनी मिलको अधिकांश जग्गा–जमिन महम्मदपुरको हो। अब गाविस वा गाउँ वा टोलको कारणले हेर्दा गरुडा बैरियाको जस्तो देखिए पनि यो बुझाइमा मात्र छ, व्यवहारमा छैन तब ‘अक्सर बसोबास’ को सिद्धान्तअनुसार एकै प्रतिष्ठानमा कार्यरत र क्वार्टरमा बसोबास गरिरहेकाहरू छुट्नु वा जानीजानी छोड्नु जनगणनाको मर्म अनुरूप भएन।
    यदि स्थानीयवासीको कुरालाई आधार मान्ने हो भने महम्मदपुरमा झन्डै दुई सय, गरुडा बैरियामा करिब दुई सय, बरियारपुरमा पचास, धर्मपुरमा डेढ सयजति घरमा गणक पुग्न सकेनन्। यो नमुना मात्र हो। यसपालि जनगणनामा चालीस प्रतिशत महिला खटाउने निर्णय थियो, सुपरीवेक्षकसम्म त महिलाको कार्य कार्यस्थलमा सन्तोषजनक रह्यो तर गणकमा खटेका मधेसी महिलामा भने निकै समस्या देखियो। गाउँको विद्यालयमा राहत–पिसिएफ दरबन्दीमा काम पाएका शिक्षिकहरूमा अधिकांश गाउँका ‘ठालु’ का छोरी, बुहारी वा पत्नी छन्। आधकांश विद्यालय नगइकनै तलब खान्छन्। कतिपय हेडमास्टरले घरमैं तलब पुर्‍याइदिनुपर्ने अवस्था छ। यस्तो स्थितिमा जनगणनामा खटाइयो। कतिपयले दिनको दुई वा अढाई सय रुपियाँमा गाउँका बेरोजगारीलाई जनगणनामा खटाएको सुनियो। जनगणनामा काम गरिरहेका शिक्षक नै मतदाता नामावली सङ्कलकमा पनि काम गर्न भ्याए। एकै समयमा दुवै काम भ्याउनुपर्दा कुनै एउटामा ‘सट्टा व्यक्ति’लाई खटाए। यस्तो अवस्थामा मतदाता नामावली वितरण र जनगणना विवरण दुवै कति विश्वसनीय बन्न पुग्यो, भन्न सजिलो छैन।
    मधेसवादी नेताहरू मधेसका जिल्लामा मातृभाषा वा सम्पर्कको भाषामा हिन्दी लेखाउन जोड दिइरहे। कतिपय ठाउँमा कार्यकर्ता परिचालन गरे, अभियान सञ्चालन गरे। भाषाको विषयलाई लिएर निरन्तर वादविवाद र छलफल–बहस गरिराखे तर जनगणनामा भने ध्यान दिएनन्। भुसको लागि
मारामारी गर्ने तर चामल चोरी भएको थाहा नपाउने व्यापारीको कथाजस्तो हुन गयो। भाषाको दाबी गर्ने अथवा आफ्नो मातृभाषा वा आफूले चाहेको भाषाको बोल्ने सङ्ख्या बढाउन चाहने तर जनसङ्ख्या नै घटेको थाहा नपाउने। यो यस्तो जनगणना थियो जसमा जुन सम्प्रदायले जति प्रतिशत नेपाली हुन पाउँछ त्यति प्रतिशत अधिकारको माग गर्न थाल्छ। यस कारण कोही पनि नछुटोस् भन्ने दृष्टिले काम गर्नुपथ्र्यो। वास्तवमा किसानहरूको खेतीको मुख्य बेलामा जनगणना पर्‍यो, शिक्षक र विद्यार्थीले पहिलो त्रैमासिकमा आफ्नो ध्यान दिए, जनगणना जुन राजनीतिककर्मीका निम्ति बढी महत्त्वपूर्ण थियो, ती मधेसवादी दल केन्द्रमा पार्टी फुटाउन, मोर्चा बनाउन, एक अर्कालाई गाली गर्न तथा विज्ञप्ति निकाल्नमा व्यस्त थिए भने स्थानीय तहका कार्यकर्ताहरू स्थानीय निकायको बजेट भागबन्डा मिलाउन लागेका थिए। जनगणना त रेडियो, टेलिभिजन र अखबारहरूको एजेन्डा थियो जसले केवल सचेतवर्गलाई झन् सचेत बनाइरहेका थिए। गणकको खोजी गर्न नसक्ने त जनगणनाबाट वञ्चित नै भए। गणकहरूले एकपटक घरलाई आफ्नो अनुहारसम्म देखाए वा देखाएनन् पनि।
    रौतहटको गरुडामा डेरा गरी बस्ने एकजना शिक्षक राजेशकुमार यादवका अनुसार उनको डेरामा कोही सोध्न नआएपछि जनगणनाको अन्तिम दिन आफ्नो घर गएर जनगणनामा विवरण दिई आफ्नो कर्तव्य पूरा गरे, तर सँगै डेरा गरी बस्नेहरू भने वञ्चित नै भए। सम्पूर्ण मधेसमा यदि यही वा यस्तै प्रवृत्ति हो भने दुईदेखि पाँच लाखभन्दा बढी नागरिकताको विवरण जनगणनामा आउन सकेन। पाँच लाख नागरिक छुट्न पुग्नु चानचुने कुरा होइन। यसले समग्रमा देशको तथ्याङकलाई प्रभावित पार्न सक्छ। राष्ट्रिय जनगणना–२०६८ को कार्यालयले विज्ञप्ति निकालेर सामान्यरूपमा जनगणना सम्पन्न भएको बताएको थियो। रेडियो रिपोर्टहरूमा काठमाडौं लगायत अन्य ठाउँमा पनि मान्छेहरू जनगणनामा छुटेका खबरहरू आए।
    तोकिएको अवधिमा जनगणना सम्पन्न भए पनि यसबाट छुटेकाहरूको हकमा गाविसको कार्यालय वा वडा समितिको कार्यालयमा निश्चित दिनको लागि सम्पर्क गरी समावेश गराइने व्यवस्था गरिनुपथ्र्यो। सम्बन्धित गाविस वा वडा समितिको कार्यालयमा पनि तिनै गणकहरू गाविस सचिव वा वडा समिति सचिवको रोहबर तथा सुपरीवेक्षकको निर्देशनमा काम गर्थे। त्यसपश्चात् पनि कोही छुटेमा निश्चित अवधिभित्र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गरी राष्ट्रलाई आफ्नो सही विवरण उपलब्ध गराउने व्यवस्था गरेको भए कोही पनि नछुट्ने अवस्था आउँथ्यो। जनगणनाअघि निर्वाचन तथा राष्ट्रिय परिचयपत्र प्रयोजनका निम्ति फोटो खिचाउने टोली पुगेका समुदायमा जनगणनाका निम्ति गणक पुग्दा अशिक्षित ग्रामीणले वास्तै गरेनन्। घरमा विवरण दिने कोही नभएपछि गणकलाई पनि हाइसन्चो हुने भयो। स्थानीय निकाय कर्मचारीमा सीमित रहनु र कर्मचारी चाहिं सदरमुकाम सीमित रहनुको प्रत्यक्ष असरले पनि  यस्तो हुन गएको हो। यदि स्थानीय निकाय पदाधिकारीविहीन भएर बस्दा वा गठन हुन नसक्दा जनगणनामा पनि यसको थोरबहुत प्रभाव परेको देखिन्छ।
    अब जे हुनु थियो भइगयो। यसमा थपघट गर्न सकिन्न। जुनरूपमा जनगणना सम्पन्न भयो त्यही रूपमा यसको तथ्याङक आउँछ। अब यस तथ्याङकमा जे दृश्य आउँछ त्यसैलाई सही मान्नुुपर्छ। यो बाध्यता हो। जातिले मुसलमान हुने बित्तिकै उर्दू, बाहुन हुने बित्तिकै मैथिली र थारू हुने बित्तिकै मातृभाषामा थारू लेखाउने एउटा अलग्गै परम्परा वा प्रवृत्ति यस जनगणनामा देखियो। आफ्नो मातृभाषामा उर्दू लेखाएका एक स्नातक मुस्लिमलाई ‘गालिब’ को कुनै पनि शेरको अर्थ लगाउनभन्दा सकेनन्। अब यस्ता कुराको अर्थ छैन। जनगणना एक किसिमको राजनीति थियो। सङगठित र सचेतहरूले आफ्नो तहबाट सक्नेजतिलाई मूर्ख बनाएर आफ्नो क्षेत्रमा ताने अर्थात् जनगणनामा आफ्नो अनुकूल विवरण भर्न लगाए। केन्द्रमा बस्ने नेताहरूले जनगणनाको परिणामलाई लिएर आगामी दश वर्षसम्म विभिन्न तरिकाले विश्लेषण गरेर आफ्नो खल्ती भर्ने काम गर्छन्। बाँकी कुराको हकमा अब आमजनतालाई कसैले सोध्ने छैन, जसरी कति परिवारको विवरण जनगणनामा आउन सकेन, त्यसको कसैले मतलब राखेन। राष्ट्रिय जनगणनामा छुट्ने वा त्यस्तै समुदायलाई सीमान्तकृत मानेर त्यस्तो वास्ता कसले गर्ने ?
    धेरै कुरा औपचारिकतामा सीमित बन्दै वा औपचारिक मात्र बन्दै गइरहेको छ। जनगणनामा छुटेकाहरू अनुमान मात्रै हो भने यस पटकको जनगणनामा पहिलेका जनगणनाहरूभन्दा निकै धेरै विवरण भरिएकोले धेरै दृष्टिले विश्लेष्य छ। अब आउने तथ्य र तथ्याङकले देशको नीति निर्माणदेखि विभिन्न तह र क्षेत्रमा दूरगामी प्रभाव पार्नेछ। अब आउँदा दिनमा जनगणनाको नारालाई साँच्चिकै सार्थक पार्न सम्बन्धित निकायहरूले समयमैं तयारी गर्नुपर्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। अनुगमन निरीक्षणको प्रभावकारी व्यवस्था गर्नुपर्छ, नयाँ संयन्त्रहरू निर्माण गर्नुपर्छ। जनगणनालाई अविश्वसनीय बनाउन सक्ने तत्त्वहरूलाई निरुत्साहित पार्न सक्ने किसिमको प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : यदि अनुमान मात्र होइन भने....
यदि अनुमान मात्र होइन भने....
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/07/blog-post_1439.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/07/blog-post_1439.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy