प्रस, वीरगंज, १५ असार/
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले
मुलुकले छुवाछुत प्रथालाई कानुनी अपराध मानिसकेको अवस्थमा पनि समाजमा
छुवाछुत प्रथा कायमै रहेको उल्लेख गर्दै छुवाछुतलाई बढावा दिने जोसुकैलाई
समाजले बहिष्कार गर्नुपर्ने बताएका छन्। नेता नेपालले जातीय तथा छुवाछुत
प्रथाका कारण समाजको अग्रगतिमा अवरोध सृजना भइरहेको बताउँदै छुवाछुतको
आधारमा जनतालाई विभाजित गरी कमजोर बनाउने सामन्ती नीतिलाई अझै कतिपय
समाजले बुझि नसकेको विचार व्यक्त गरेका छन्।
एमालेका वर्गीय सङगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्साको ५ औं
जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि नेपालले सो
कुरा बताएका हुन्। अहिले पनि खासगरी मधेसमा छुवाछुतको परम्परा विद्यमान
रहेको छ त्यसको अन्त्यका लागि राजनीतिक दलका कार्यकर्ता एवं सचेत
जनसमुदायको अग्रसरता जरुरी छ–नेता नेपालको कथन थियो।
दलहरू शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन असफल भएको
गुनासो गर्दे पूर्व प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियाको मुख्य बाधक
ए. माओवादी रहेको आरोप लगाएका छन्।
मुक्ति समाजका पर्सा जिल्ला संयोजक सुरेश पासवानको सभापतित्वमा सम्पन्न
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष जितु गौतम, नेकपा एमालेमा
पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष
सुन्दर विश्वकर्मा, महासचिव गणेश विक, सचिव प्रभु हजरा र केन्द्रीय सदस्य
प्रभु पासवानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम दलित युवा
नेता मन्दु हजराको सहजीकरणमा सम्पन्न भएको थियो। नगर सभागृहमा दुई
दिनसम्म जारी रहने जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व
चयन गर्ने नेता
बृजलाल पासवानले जानकारी गराएका छन्।