प्रस, पथलैया, ११ असार/
बारा पिपराबजारका अधिकांश महिला यतिबेला गाउँका बस्तीमा भीख माग्दै हिंड्न थालेका छन्। तर उनीहरूले खानै मुस्किल परेर भीख मागेको नभई पूजाको लागि भीख माग्न थालेका हुन्। “भीखमङ्गी” देवीदेवता पूजा गरेपछि मात्र रोपाइँ सुरु गरिने परम्परालाई पछ्याउँदै उनीहरू भीख माग्न जुटेका हुन्।
“भीख मागेर पूजा गरेपछि मात्र रोपाइँ गरिने चलन छ,” स्थानीय सियादेवी दास भन्छिन्– नत्र बाली पनि उब्जँदैन, गाउँलाई पनि हानि हुन्छ। गाउँभरिका महिलाहरू एकजुट
भएर भीख मागेर पूजा गरेपछि रोपाइँ गर्नाले गाउँमा सुखशान्ति हुनुका साथै बाली पनि राम्रो उब्जिने
गाउँलेको विश्वास रहेको दासले
सुनाइन्।
महिलाहरूले यसरी भीख मागेर सङकलन गरेको रकमले बस्तीनजिकको मन्दिरमा गई ब्रह्मदेव र नागदेवीको पूजा गर्ने गरेका छन्। भीख माग्न गाउँ–गाउँ डुल्दा सबैले खुशी भएर पैसा, धान, चामल दिने गरेको अर्का स्थानीय महिला रिना साहले बताइन्।
“सबैले खुशीका साथ दान दिने गरेका छन्,” साहले भनिन्– त्यही दानले पूजा गर्ने गरेका छौं। साहका अनुसार भीख माग्दा आएको धानचामल बजारमा बिक्री गरी प्रसादी र कपडा किनेर पूजा गर्ने गरिएको छ। यसरी पूजा गरेपछि गाउँमा वर्षा हुने र वर्षापछि गाउँमा रोपाइँ सुरु भएको सङकेत हुने गरेको उनी बताउँछिन्। पूजा गरेपछि गाउँमा वर्षा हुने बताउँदै साहले भनिन्,“त्यसपछि गाउँले आ–आफ्नो खेतमा गई रोपाइँ सुरु गर्छन्।”
यो परम्परा पिपराबजारमा मात्र होइन बाराको दक्षिणमा अवस्थित बसतपुर, भवानीपुर, गुदगाई, बेलवाटोला, पाथरा, लङगडाचोकमा पनि रोपाइँपूर्व यसरी नै पूजा गरिने चलन रहेको छ। यहाँका बासिन्दाले बर्सेनि यसरी नै भीख मागेर पूजा गरेपछि मात्र रोपाइँ सुरु गर्ने गरेका छन्। असारको कुनै पनि दिन गरिने ‘भीखमङ्गी’ पूजामा भने पुरुष सहभागी हुन नपाउने परम्परा रहेको स्थानीय महिलाहरू बताउँछन्।