आरके पटेल, वीरगंज, १२ असार/
मधेसी जन अधिकार फोरम नेपाल फुटेको होइन सुदृढीकरण भएको दाबी परराष्ट्रमन्त्री एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले गरेका छन्। मधेसी जन अधिकार फोरम नेपालको वीरगंजमा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दैं उनले सो कुरा बताएका हुन्।
संविधान बनाउन नचाहनेहरूले नै संविधानसभा विघटन गर्न आवाज उठाइरहेका छन्, उनले भने। संविधान नबने मधेसीहरूले चाहेको आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेस प्रदेश नारामा नै सीमित रहने उपप्रधानमन्त्री यादवले बताए। संविधानसभामा दुई तिहाइ बहुमत भएकोले संविधान बन्ने पक्का भएको कारण नेपाली काङ्ग्रेस एवं नेकपा एमालेका केही नेताहरूको प्रयासमा मधेसी जन अधिकार फोरम नेपालबाट केही सभासद्हरूलाई पैसाको बलमा पार्टी फोड्न लगाइ षड्यन्त्र गरेको आरोप यादवले लगाए। पार्टी फोडेर संविधान बनाउन अवरोध पुर्याउने ती मधेसी गद्दार नेताहरूले मधेसीहरूको हकहितका लागि सोच्नु भनेको बालुवामा पानी खन्याएजस्तै हो भनी यादवले बताए।
मधेस विद्रोहबाट जन्मेको मधेसी जन अधिकार फोरम नेपालले नै मधेसीहरूको अधिकार सुनिश्चित गर्ने ठोकुवा उनले गरेका छन्। मधेस आन्दोलनपछि नेपाल सरकार झुकी २२ बुँदे सहमति गरेकोले मधेसी जन अधिकार फोरम नेपालको शक्ति जनता रहेको बुझी नेपाल काङ्ग्रेस, एमाले तथा भारतले मधेसीहरूलाई एकीकृत हुन नदिन षड्यन्त्र रचेकोसमेत बताए।
संविधानसभा विघटन गरी २०४७ सालको संविधान नै संशोधन गरी देशमा लागू गर्न नेपाली काङ्ग्रेस एवं एमालेका केही नेताहरू लागिपरेको खुलासासमेत उनले गरे। उनीहरूलाई मधेसीहरूको हकका लागि मोर्चाबन्दी गरेका पाँच मधेसी दलहरूले समेत सहयोग गरिरहेको उनले बताए।
समग्र मधेस एक प्रदेशको माग संसद्मा हाम्रो पार्टीले उठाउँदा मधेसी दलमाथि प्रहार हुने गरेको पार्टीका कोषाध्यक्ष रेणु यादवले बताइन्। जिल्लास्तरीय कार्यकर्ता भेलामा मधेसी शिक्षक फोरमका जिल्ला अध्यक्ष बृजमोहन तिवारी, मुस्लिम फोरमका मौलाना नुरूल होदा, मधेसी महिला फोरमकी जिल्ला अध्यक्ष सुनिता साह, विद्यार्थी नेता जसवन्त यादवले पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम जिल्ला अध्यक्ष प्रदीप यादवको सभापतित्वमा सम्पन्न भएको थियो।