$type=ticker$count=12$cols=4$cate=0

SHARE:

 अर्थात् समृद्धि र प्रगति–२
    समुदायको सबभन्दा ठूलो दुर्गुण सङकीर्ण स्वार्थपरता हो। स्वार्थपरता बढेपछि समुदाय निर्दय, निष्ठुर र क्रूर प्रकृतिको बन्न पुग्छ। सहकारी जीवनमा के विशेषता हुन्छ भने त्यहाँ स्नेह, सद्भाव, उदारता, सहनशीलता, सेवा, आत्मीयता, करुणा, ममता आदि गुणहरूको विकास हुन्छ तथा अपूर्णताबाट प्रगतिशीलता तथा पूर्णतातर्फ अग्रसर हुन्छ।
    आदिमकालको मानिस असभ्य थियो। उसलाई नीति र मर्यादा बुझ्ने, अँगाल्ने अवसर नै थिएन। त्यसैले ऊ वनमान्छेजस्तो असभ्य, अविकसित जीवन जिउँथ्यो। क्रमश: उसले सहजीवनको आवश्यकता बुझ्यो। परिवार बनाउने, बस्ती बसाउने र एक अर्काको सुविधा–सहायताको ध्यान राख्न सिक्यो।
    मानव सभ्यताको व्याख्या सङ्क्षेपमा यति नै शब्दमा गर्न सकिन्छ– ‘अर्काको दु:ख भाग लगाउनु र आफ्नो सुख बाँड्नु।’ आत्मिक आनन्द पनि यही प्रक्रिया अँगाल्दा प्राप्त हुन्छ र भारी पनि बिसाउन सकिन्छ। एक अर्कामाथि दया गर्दै हिडयौं, परस्पर हातेमालो गर्दै हिंडयौं भने पारस्परिक घनिष्ठता बढ्छ र सद्भावना पनि। यस्तो भावनात्मक वातावरणमा रहेर व्यक्तिले दु:खको दिन काट्छ र असुविधाहरूबीच पनि सुविधा अनुभव गर्छ। यही कारण हो कि मानिस प्राय: आफ्नो जन्मभूमि छाडेर अन्यत्र जान रुचाउँदैन, आफ्नो थलोमा जतिसुकै कठिनाइ किन न झेल्नुपरोस्। यस्तो मानवीय सत्प्रवृत्ति बढ्नाले नै ती अनाचारहरूको अन्त हुन सक्छ, जसलाई अपराध अथवा पाप भनिन्छ। उखान नै छ– ‘कुकुर आपसमा झगडा गर्छन् र हात्ती झुन्ड बनाएर बस्छन्।’ हात्ती समझदार हुन्छ, त्यसैले छावालाई झुन्डका सबै सदस्यले संरक्षण दिन्छन्, र छावाहरू पनि उचित संरक्षण पाएर राम्ररी प्रगति गर्दछन्। विपत्ति अथवा सङकटको घडीमा उनीहरू साथीलाई छाडेर भाग्दैनन्, अपितु जसरी पनि विपत्तिबाट निकालिछाड्छन्।  यही कारण हो कि सघन वनमा पनि उनीहरू निद्र्वन्द्व विचरण गरिरहन्छन् र आफ्नो स्थूलकायाभन्दा पनि सहयोगका कारण सम्मान प्राप्त गर्दछन्। आफ्नो मालिक र माहुतेप्रति जुन भक्तिको परिचय दिन्छन् त्यो उनको बडप्पन हो। शारीरिक बलिष्ठताको दृष्टिले ह्वेल, गैंडा, चितुवा, सिंह आदि पनि कम हुँदैनन् तर हात्ती बुद्धिमत्ता, स्वामीभक्ति, उदारताजस्तो सद्गुणका कारण सम्मानीय बन्दछन्। हात्तीले मानिसको गौरव बढाएका छन्।
    सबैलाई थाहा भएको कुरा हो सलहको झुन्ड जब कुनै दिशातिर हानिन्छ, त्यहाँको बालीनाली चौपट पारिदिन्छ। बचाउका लागि मानिसद्वारा गरिएका सबै प्रयत्न बेकार हुन्छ। यदि ती असङगठित हुन्थे, आफ्नो–आफ्नो घर छुट्टाछुट्टै बनाउँथे र स्वेच्छानुसार यात्रा गर्थे भने तिनमा मानिसलाई भयभीत पार्ने क्षमता नै हुने थिएन र मानिससँग शत्रुता मोल लिएर आफ्नो अस्तित्व पनि कायम राख्न सक्ने थिएनन्।
    आकाशमा ग्रह–नक्षत्रले एक अर्कालाई सहारा दिन्छन्। आफ्नो आकर्षण शक्तिले एकअर्कालाई तानिरहन्छन्। अनि अन्तरिक्षमा झुन्डिएर पनि क्रमबद्धरूपमा आफ्नो गतिविधि सञ्चालन गरिरहन सक्छन्। यदि एक अर्कालाई समाउने–आकर्षित गर्ने क्षमता नभएको भए भौंतारिने थिए र एकआपसमा ठक्कर खाएर नष्ट हुने थिए। मानव प्रगतिको इतिहास पनि यस्तै छ। सृष्टिको आरम्भमा मैमथ, महासरीसृप, महागरुडजस्ता जीवधारीले पारस्परिक सहयोगको अभावमा आफ्नो अस्तित्व गुमाए भने मानिसको के हैसियत, ऊ न हरिनजस्तो दौडन सक्छ, न चराजस्तो उड्न सक्छ न माछाजस्तो पौडि नै खेल्न सक्छ। यति हुँदा पनि उसले सृष्टिको मुकुटमणिको स्थान ग्रहण गरेको छ।
    मानवको प्रगतिमा उसको बुद्धिमत्ताको ठूलो हात छ। तर सही कुरा के हो भने सहकारिता पहिले जन्म्यो र बुद्धिमत्ता पछि। सहकारको अभावमा मानिसले जुन ज्ञान पाउँथ्यो, त्यो अरूलाई दिनुको साटो आफैंसँग लिएर जाने थियो। यस्तो अवस्थामा भाषाको, लिपिको आदान–प्रदान गर्ने माध्यम विकसित हुने थिएन र ज्ञान–विज्ञानको कुरो त टाढा, मानिस बाँदरजस्तै खी–खी र खो–खो गरेर सन्तोष मानिरहने थियो। सहयोगको कारण नै एउटाको ज्ञानले अर्कोलाई लाभान्वित बनायो र दोस्रोकोले तेस्रोलाई र तेस्रोकोले चौथोलाई। यस प्रकार विज्ञानका अनेक धारा विकसित हुँदै गएर मानिस शारीरिक दृष्टिले निर्बल भएरपनि दिन–प्रतिदिन अघि बढ्दै गयो र आज प्रगतिको त्यस शिखरमा पुगेको छ जसले गर्दा उसलाई सृष्टिको मुकुटमणि भनिन्छ।
    मानिसमा जतिपनि श्रेष्ठता, सभ्यता, प्रगतिशीलता, वरिष्ठता छ त्यो उसको मौलिक प्रवृत्ति सहकारिताको आधारमा प्राप्त भएको हो। सामूहिक श्रमको उपयोग गरेर भोजन बनायो, स्कुल चलायो, व्यावसायिक आदान–प्रदान गर्‍यो। विपत्तिको बेला उदार वर्गले त्यसको सामना गर्ने र आफूलाई नै जोखिममा पारेर काम गर्ने गरेको देखिन्छ। यदि समझदारी विकसित नभएको भए स्याल–खरायोजस्तै सबै मानिस आआफ्नो चिन्ता गर्थे, आआफ्नो साधन उपलब्ध गर्नमैं व्यस्त हुन्थे।
    संसारमा ठूला–ठूला काम मिलीजुली सम्पन्न भएका छन्। चीनको पर्खाल, मिश्रको पिरामिड, पनामा र स्वेज नहर सामूहिक श्रमका परिणाम हुन्। मानवीय कौशल श्रमलाई सङगठित नगरिएको भए यी महत्त्वपूर्ण कार्यमध्ये कुनै पनि सम्पन्न हुन सक्ने थिएन।
    संयम, नीति, धर्म, अध्यात्म, पुण्य, उपकार, सेवा आदि महान् गुणहरूको उपयोगिता थाहा छ र सबै यिनको प्रचलन होस् भन्ने चाहन्छन्। यसका लागि सामान्यतया दुई उपाय गरिन्छ–एउटा लेखन, दोस्रो भाषण। यी दुई उपायबाट जानकारीसम्म चाहिं पाउन सकिन्छ। यी शिष्टताहरूको उपयोगिता–आवश्यकता बुझ्न सकिन्छ, तर तिनलाई अभ्यासमा ल्याउनु, स्वभावको अङग बनाउन त्यसै सम्भव छैन। यदि सुनेर तथा पढेर नै व्यक्तित्व बन्ने भए मानव उत्कर्ष कति सजिलो हुने थियो तर यस्तो हुँदैन। सङगीत, शिल्प, कला, उद्योग, शल्य–चिकित्सा आदिको अनुभव सम्पादित गर्न र वातावरणसँग जोडिनमा भर पर्छ। इन्जिनियर, डाक्टर, वैज्ञानिक, कलाकार तब तयार हुन्छन्, जब उनीहरूलाई आफ्नो विषयको अनुभव सम्पादित गर्नका लागि ठूला प्रयोगशालाहरूमा काम गर्न एवं त्यस वातावरणको अनुभव प्राप्त गर्ने प्रवीणता हस्तगत हुन्छ।
    उच्च स्तरका कलाहरू, जनसम्पर्कभन्दा दस पाइला अघि बढेर कला निष्णात्हरूको स्नेह, समर्थन एवं सहयोगबाट प्राप्त हुन्छ भने त्यो कलाकृति सफल मान्न सकिन्छ। यस अभ्यासमा घनिष्ठ मानिसहरूबीच बसेर आदानप्रदानको क्रम चलाउनुपर्छ। परिवारको महिमा यसै दृष्टिले बताइएको छ। त्यहाँ एकअर्काको माध्यमले सुविधाहरू पाइन्छ। सबभन्दा ठूलो कुरो के हो भने विभिन्न स्तरका व्यक्तिहरूका साथ उनको मनोभूमि विचार गर्दै आफूलाई त्यस स्तरको बनाउने सिकिन्छ, जसले गर्दा उसले आफ्नो कुरा बुझाउन सकोस्। कुनै बालखलाई दर्शनशास्त्र पढाउन बसियो भने घन्टौं सम्झाएपनि उसले केही बुझ्दैन। उसको मनोभूमि कथा–दन्तकथा बुझ्नेसम्म विकसित भएको हुन्छ। यस्तो अवस्थामा कथा–दन्तकथाहरूको माध्यमबाट जति हुन सक्छ त्यति दर्शनशास्त्र पढाउन सकियो भने परिश्रम सार्थक हुन्छ। यही कुरा परिवार अथवा त्यस समुदायका साथ पनि लागू हुन्छ जसलाई उच्च आदर्शवादिता अथवा दार्शनिकताको सिद्धान्त बुझाउनुपर्छ। उनीहरू हामी जति परिष्कृत बनून् यो सम्भव छैन। सजिलो के हुन्छ भने अरूको व्यक्तित्वको सही अनुमान लगाएर त्यसै पृष्ठभूमिमा उसलाई प्रभावित गर्ने कोशिश गरियोस्। यसबाट अरूलाई आफ्नो बनाउने अपेक्षा आफूले यस स्तरसम्म निहुरिनुपर्छ कि अरूले आफ्नो कुरा राम्ररी बुझ्न सकून्। व्यवहारकुशलता यसैलाई भनिन्छ।
    यसभन्दा पनि ठूलो कुरा हो सम्पर्क एवं आदान–प्रदान। ठिङगो शिक्षाले जानकारी मात्र दिन्छ। कसैलाई कसीमा कस्न अन्य औजार र उपकरण चाहिन्छ। परिवारका सदस्यलाई कुनै दिशामा अघि बढाउने वा रोक्ने मामिलामा प्रभाव यस कारण सार्थक हुन्छ कि उनका साथ आत्मीयता जोडिएको हुन्छ। यो जोडिनुपछाडि आदान–प्रदानको क्रम निरन्तर रहनु हो। आदान–प्रदान वार्ताको होइन–व्यवहारको। परिवारमा सहायता दिनुका साथै लिने क्रम पनि चलिरहन्छ। एक अर्कामाथि एक अर्काको कृपा रहन्छ। एउटाले अर्कोसँग लाभ प्राप्त गर्दछ र दोस्रोले पहिलोसँग। यसरी यो चक्र ठूलो हुँदै जान्छ र धेरै मानिस मिलीजुली एउटा कामलाई सम्पन्न गर्छन्। साथी पनि त्यसप्रकार प्राप्त हुने लाभबाट लाभान्वित हुन्छन्। यतिले मैत्री घनिष्ठ भइहाल्छ। आत्मभाव सघन हुन्छ र त्यो मूल उद्देश्य पूरा हुन्छ, जसबाट सहकारिता विकसित हुन्छ र साथै आफ्ना बालबच्चामा सद्गुणहरू समेटिएर भरिन्छ।
    सहयोगको स्थायी निर्वहनका लागि मानिसले सहिष्णु, मृदुभाषी र सेवाभावी बन्नुपर्छ। यिनै विशेषताहरू हुन् जसका साथ शिष्टाचार, सदाचार, अनुशासन आदि सद्गुणहरूको अभ्यास गर्नुपर्छ। सुख बाँड्ने र दु:ख भाग लगाउने साझेदारी गर्नुपर्छ। यसैलाई धर्म र अध्यात्मको–पुण्य–परमार्थको वास्तविक स्वरूप भन्न सकिन्छ अन्यथा कथन, श्रवण, लेखन, पठनसम्म सीमित रहने अध्यात्मवादी शिक्षा मात्र विनोद, व्यसन र समय कटाउने साधन बन्न जान्छ।
    मानिसले आदिमकालदेखि अबसम्म सभ्यताको दिशामा निकै प्रगति गरेको छ र त्यस आधारमा अविष्कार, उत्पादन र साधन पनि थोरै उपलब्ध गरेको छैन।  तर त्यो सब भौतिक क्षेत्रमा मात्र भयो। अध्यात्म क्षेत्रमा शिष्टाचारको कौशलमात्र सिक्यो। गहिरो पसेर संयमशीलता, उदारता, आत्मीयता, एकता, सहकारिताजस्तो गुणहरूको विकास–विस्तार भएन। समाजमा बसेर पनि ऊ असामाजिक, स्वार्थी, सङकीर्ण बढी छ। यस दुर्गुणले वैयक्तिक र सामाजिक क्षेत्रमा अनेकानेक विग्रह, छद्म र अपराध जन्माइरहन्छ। कानुनले थोरै सीमासम्म त्यसको निवारण हुन्छ। तिनको सन्तोषजनक स्तरसम्म नियन्त्रण गर्न सहकारितालाई प्रश्रय दिनुपर्छ, किनकि ती समस्त सद्गुणहरूको जननी हो। भौतिक क्षेत्रको प्रगति पनि त्यसैका साथ अविच्छिन्नरूपले जोडिएको छ। सहकारिता व्यावसायिक स्तरसम्मको छिपछिपे नहोस्, त्यो त्यस कौटुम्बिक स्तरको हुनुपर्छ, जसमा आत्मीयता जोडिएको हुन्छ र आध्यात्मिक तथा भौतिक आदान–प्रदान पनि सामेद हुन्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/06/blog-post_5600.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/06/blog-post_5600.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy