–सुशील मुडभरी
वि.सं. २०३४ साल असार–साउन महिनामा ठूलो झरी परेको थियो। मैले पनि निकै ठूलो गोता खानुपरेको थियो। यी दुवै महिना नदीमा भेल उर्लेको थियो भने गाउँ देहातका फाँटहरू डुबानमा थिए। फाँटमा वृक्षहरूमात्र ठडिएका देखिन्थे र ठिङग उभिएर एकअर्कासँग हातेमालो गरेझैं लाग्दथ्यो। रूखहरू हल्लीहल्ली परपर देखिने मठ–मन्दिरलाई नमस्कार गरिरहेकोजस्तो भान हुन्थ्यो। सडकपेटीहरू पनि डुबेकाले पैन्ट काँधमा राखी अन्दाजले बाटो हिंड्नुपथ्र्यो। यस्तो भए पनि साउन सङ्क्रान्तिको साँझ म बर्वाका मोहन महतो कोइरीको घरतिर जाँदै थिएँ। साउन १ गतेका दिन बिहानै कलैयामा को.के. का नवप्रवेशी मुकुन्द श्रेष्ठ पक्राउ परेका थिए र यातना पाएमा उनीबाट धेरै कुरा खुल्ने डर थियो। आफैं पक्राउबाट बच्नुपर्ने र साथीहरूलाई पनि सतर्क गराइदिनुपर्ने मेरो जिम्मेवारी थियो। कुनै पनि भूमिगत पार्टीको पोल खुल्नु भनेको जीवनमरणको प्रश्न हुन जान्छ, त्यसमा पनि त्यो बेला तानाशाही शासन थियो।
२०२५ सालदेखि म वाम राजनीतितिर आकर्षित भए पनि यस भित्रका विभिन्न चिराले गर्दा को सही को गलत निक्र्योल गर्न गार्हो परेको थियो। २०३२ सालमा कोअर्डिनेशन कमिटी– विभिन्न समूह छोडेर आएका कम्युनिस्ट युवाहरूको क्रान्तिकारी जमातमा म पनि सामेल हुन पुगेछु। त्यसमा म मणिलाल राईलाई चिन्दथे र उनको माध्यमले विनोद घिमिरे, अमृत बोहरा, मुकुन्द न्यौपाने, कैलाश पोखरेल, कैलाश ढुङगेल आदिसँग सम्पर्क भएको थियो। को.के.का जिम्मेवार कमरेड साथीहरू बारा आएका बखत मैले रातारात बर्वाका मोहन महतोको घरमा, उहाँ नभए लौतनका खेदु महतोकहाँ, उहाँ पनि नभए बिसुनपूर्वाको बासुदेव चौधरीकहाँ पुर्याइदिनुपथ्र्यो। कहिलेकाहीं रामपूर्वा, धोधर्वा, खोपवा, श्रीपुराको आश्रयस्थलतिर पुग्नुपथ्र्याे। निजगढ, कोल्भी, सपहीका आश्रयस्थलतिर भने म पार्टीगतरूपमा पुग्न सकिनँ। बारामा को.के. सक्रिय हुँदा कलैयामा थुप्रै नयाँ–पुराना वामहरू थिए। नन्दन अर्याल, भरत आचार्य, देवराज ढकाल, हरिकृष्ण अर्याल, गौरीशङकर गोढ आदिलाई को.के. का साथीहरू संशोधनवादीको रूपमा हेर्दथे। क्रान्तिकारी भनेर चिनिने सोहन चौधरी आदिसँग सम्पर्क गर्न सकेका थिएनन्।
मुकुन्द श्रेष्ठ पक्राउ परेपछि मेरा नाममा पनि वारेन्ट जारी भएको थाहा भयो। म मोहन कोइरीको घरगोठमा १५ दिन लुकेर बसें। म त्यहाँ बिरामी परेकोले मोहनजीले अलि खुकुलो हुन मिल्ने बिजुलपुर भरत महराको घरमा मलाई ल्याउनुभयो। त्यही जिल्लाका इन्चार्ज मुकुन्द न्यौपाने मलाई भेट्न आउनुभयो। उहाँसँग छुट्टी मागेर इलाजको लागि म भारत लागें।
भारतबाट फर्केपछि २०३५ भदौ १ गते म वीरगंजमा पक्राउ परें। करिब ६ महिना वीरगंज जेल र चार महिना १७ दिन काठमाडौं नख्खु जेल कुर्न बाध्य भए। २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा भएको सात दिनको दिन म जेलबाट छुटें। जनमत सङ्ग्रहको घोषणाको कारण मेरो पुरानो नोकरी यथावतै रहन गयो र म पहिलेजस्तै अर्धकालीन पार्टीको काम हेर्न थाले। म जेलबाट छुट्दा को.के. पार्टीलाई नेकपा माले नामाकरण गरिसकेको थियो। २०४६ सालको जनान्दोलन सफल भएपछि माक्र्सवादीसँग एकीकरण गरी यो पार्टी नेकपा एमाले हुन गएको थियो। यसबेला देशका कम्युनिस्टहरूको इतिहासको लागि अनुसन्धान र अन्वेषण गर्ने पार्टीले निर्णय गरेको रहेछ। त्यस क्रममा यौटा साधारण सदस्यको हैसियतले मैले पनि जिम्मेवारी पाएको थिएँ।
म पार्टीगत रूपमा बारा गाउँ घुम्दा दुईजनाको नाम विशेष चर्चामा थियो। ती हुन्– सुरुका मधु सिंह र हालका सोहन चौधरी। यस बेला बारामा नेकपा एमालेबाट सोहन चौधरी, मुकुन्द न्यौपाने, सलिम मियाँ अन्सारी सांसद् बनेका थिए भने दोस्रो लटमा पुरुषोत्तम पौडेल आदि। हुनत पछिल्लो अवस्थामा इतिहास लेखनको सम्पूर्ण जिम्मा पुरुषोत्तमले लिएछन् तर पहिलो अवस्थामा मैले मधु सिंह बस्नेत, नन्दन अर्याल, मोहन महतो, देवनारायण साह आदिसँग अन्तर्वार्ता लिएको थिएँ। यी चारजनामध्ये साबिक बारा बरेवा हाल वीरगंज बस्ने मधु सिंहको भनाइ स्पष्ट थियो। २००७ अघि डिल्लीरमणको राष्ट्रिय काङ्ग्रेसबाट राजनीतिमा प्रवेश गर्नुअघि मधु सिंह २००८ सालदेखि महेश मणिको प्रभावबाट कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको रहेछ। उहाँको भनाइ यस्तो छ–‘वाम राजनीतिको सुरुमैं मैले आफ्नो गाउँ बरेवामा गोपाल सिंहको अध्यक्षतामा जगदीश साह, गफुर मियाँ, गङगा महरा आदि सम्मिलित बरेवा एकाइ गठन गरें।’ यसपछि उता जिल्लाको गतिविधि सुनाउन लाग्नुभयो।
२००९ सालमा रौतहट नजिक बैरगनियामा तमसुक फट्टा आन्दोलन भएको थाहा पाएर बारा, कचोर्वाका हरिहर यादवको नेतृत्वमा तमसुक फट्टा आन्दोलन गरियो, जुन प्रहरी दमनपछि स्थगित भयो। २०१० सालमा नरहीका सन्यासी जानकी दासको यौटा नाचटोली थियो। उहाँ हाम्रो प्रभावमा आएपछि त्यो टोली वाम सांस्कृतिक टोलीमा परिणत भयो। त्यस टोलीमा सम्भवत: मोहनीहरू हुनुहुन्थ्यो।
२०११ सालमा गडहलका किसानहरू महङग पटवारी, अकलु चौधरी, रामवृक्ष, सर्वजीत खाँहरू वाम प्रभावमा आएर ‘मदत भकारी’ बनाउने काममा जुटेका थिए। यो मदत भकारी विशुद्ध सहकारी थियो तापनि ब्याजमा लगानी गर्नेहरू डराएर वामविरुद्ध प्रहरीमा उजुरी गरेछन्। प्रहरी गाउँ पुगेपछि किसानको घेराउमा परे। त्यो घेराबन्दीबाट उम्कन प्रहरीले गोली चलाउँदा एकजना किसान ‘मुखलाल महतो’ मृत्युवरण गर्न पुगे। जसलाई पछि शहीद घोषणा गरियो र उनको सालिक आज पनि नरहीमा छँदैछ। यो काण्डमा म (मधु सिंह) पक्राउ परें र १८ महिना जेल परें। त्यसबखत जिल्लाको पार्टी सञ्चालनमा मुख्य म, नन्दन अर्याल र हरिहर यादव छौं। साथ दिने लडाकुहरू हरदयाल महतो, रमाकान्त मिश्र, देवनारायण कलवार, रामलाल खाँ, इन्द्रदेव मास्टर, बिल्टु गिरी, गोविन्दप्रसाद आदि हुन्। अन्य केहीको नाम सम्झना भएन। २०१५ सालको संसदीय आम चुनावमा बाराबाट कम्युनिस्ट पार्टीको टिकटले दुईजना चुनावमा लडेका थियौं। हरदयाल विजयी हुनुभयो भने म पराजित। तत्कालीन अवस्थामा मुलुक प्रजातन्त्रमय भएर राजनीति गर्नेको ओइरो लाग्यो र म आनन्दविभोर भए। राजनीतिक दाउपेंचबाट अलग हुने र विश्रान्ति लिने ममा अठोट पलायो, म बाराबाट बसाइँ सरी वीरगंज आई श्रमपूर्वक जीवनयापन गर्न थालें। श्रमिक जीवन व्यतीत गरेको भए पनि मेरो माया ममता प्रजातन्त्रपट्टि छ भनी आदि सुनाउनुभयो।
उहाँहरूको अन्तर्वार्ता लिएको पनि थुप्रै दिन भयो। समाजले पनि परिवर्तनको थुप्रै मोड पार गरिसक्यो। कुनै दिन बारा वाममय बन्न गएको थियो भने आज पनि बारामा प्रजातन्त्रवादीहरूकै वर्चस्व छ। दु:खको कुरा आज जिल्लामा त्यागीहरूको अभाव खडकिएको छ। बारामा मात्र होइन राष्ट्रियस्तरमैं यसको अभाव छ। ठूला भनाउँदा पार्टीदेखि सानातिना पार्टीहरू, समुदाय र व्यक्तिहरू मैं खाउँ, मैं लाउँ मलाई मात्र भए पुग्छ भन्ने भावनाबाट ग्रस्त छन्।