दियो र लालटिन उज्यालोका प्रतीक हुन्। अँध्यारोमा बाटो देखाउन दियो अथवा लालटिन प्रयोग गरिन्छ। हावा, हुरीले दियोलाई निभाउँछ भनेर त्यसको उत्कृष्ट रूप लालटिनको आविष्कार भएको हो। जस्तोसुकै हावा–हुरीमा पनि लालटिन बाल्दा हतपति निभ्दैन। यस कुरालाई अलि गहनरूपमा विचार गर्ने हो भने जस्तोसुकै अप्ठेरो, विषम र प्रतिकूल समयमा पनि न्याय हराउनुहुँदैनस न्याय सम्पादनमा अलमल गर्नुहुँदैन भन्नु हो। हावा–हुरी अन्याय र अनाचारका प्रतीक हुन् भने लालटिन न्यायको प्रतीक हो। त्यसैले होला नेपालभरिका पत्रकार महासङ्घका जिल्ला शाखाहरूले मङगलवारका दिन सम्बद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई बलिरहेको लालटिन पठाएर, लालटिनजस्तै निर्विकार र निर्भय न्याय सम्पादन गर्न आग्रह गरेका हुन्। नेपालमा अहिले न्याय हराइरहेको अवस्था छ। यहाँ दिनहुँ हत्या–हिंसा, लुटमार, ठगी, कुटपिट हुन्छ। दोषीलाई पक्राउ गरेर कानुनी राज्यको परिपुष्टि गरिन्न, बरु पीडित न्यायको लागि कराइरहन्छ, दोषी सक्षम–सबल अझ कानुन बहाल गर्न जिम्मेदारी पाएका राज्यको सम्बद्ध निकायबाट संरक्षण पाएर उन्मुक्त घुमिरहेको हुन्छ।
नागरिक दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि हाल सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भ्रातृ सङगठन युथ फोर्सका विराटनगर प्रमुख परशुराम बस्नेतले साङ्घातिक हमला गरे। हमला हुनुको कारण व्यक्तिगत रिसइवी होइन्, लुटमार होइन, कुनै विवाद परेर तात्कालिक आवेशमा भएको पनि होइनस स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने अथवा कानुन भएको राज्यमा अराजकता मच्चाउने क्रियाकलापहरूको विरोध गरेको, परशुरामहरूको अराजकताविरुद्ध खबर प्रकाशित गरेको कारणले हो। स्वतन्त्र पत्रकारिताका लागि प्रतिबद्ध सरकारको नेतृत्व गरिरहेको दलको एउटा जिम्मेदार व्यक्तिले निहत्था, कलमजीवीउपर प्राणघातक हमला गर्नु, अदालत परिसरमा एउटा पक्षको व्यक्तिहरूउपर हमला गर्नुले खिलानाथमाथि भएको घटना आकस्मिक होइन, परशुराम अराजक चरित्रको व्यक्ति हो भन्ने प्रस्ट हुन्छ। अदालत परिसरमा आफूलाई चित्त नबुझेका मानिसहरूमाथि आक्रमण गर्ने व्यक्तिलाई त्यसै बेला पनि प्रहरीले समाउन सकेन वा चाहेन, सार्वजनिक स्थलमा हुलदङगा र मारपिट गरेको अपराधमा प्रशासनले जुन व्यक्तिलाई कारबाई गर्न सकेन वा चाहेन, त्यस व्यक्तिविरुद्ध नेपालभरिका पत्रकारहरू गोलबद्ध भएर कारबाईको माग गरिरहेका छन् र सरकारलाई लाजले निथ्रुक्कै हुनेगरी लालटिन उपहार दिइरहेका छन्।
भनिन्छ सुतेको मानिसलाई उठाउन सकिन्छ तर जो अन्ठाएर सुतेको हुन्छ उसलाई उठाउन सकिन्न। त्यसैगरी आँखा भएको मानिसलाई अँध्यारोमा बाटो खोज्न लालटिन आवश्यक हुन्छ तर जो अन्धो छ, जसले अन्यायसँग साइनो जोर्न आँखामा पट्टी बाँधेको छ, उसलाई बलिरहेको लालटिनले के सहयोग गर्न सक्छ ? एउटा परशुरामका लागि झलनाथ खनालको नेतृत्वको सरकारले मुलुकको न्याय व्यवस्थालाई लत्याउन सक्छ, प्रहरी–प्रशासनलाई पङ्गु बन्न बाध्य पार्न सक्छ भने पत्रकारहरूको अहिंसक सत्याग्रह र व्यङ्ग्यको उसमाथि के असर होला ? नितान्त मूढ र निर्लज्ज बनेको सरकारलाई देशका हजारौं पत्रकारहरूको आस्था र विश्वास भन्दा एउटा अपराधी परशुरामको संरक्षणको चिन्ता र चासो छ भने त्यस सरकारलाई ब्वाँसोको मात्र उपाधि दिनु श्रेयस्कर हुनेछ, न्यायको अपेक्षा कदापि फलिभूत हुने छैन।