–ब्रह्माकुमार रामसिंह ऐर
पवित्रता मानव जीवनको सत्यता र स्वच्छताको चमक तथा सुगन्ध हो। सत्यतामा सबै प्रकारका अन्धकार, अज्ञान र दुविधाहरू समाप्त हुन्छन्। ज्ञानरूपी प्रकाशले प्रत्येक चीजको यथार्थतालाई छर्लङग पारिदिन्छ। ज्ञान प्रकाशले बुद्धिको तेस्रो नेत्र खोलिदिन्छ तथा बुद्धिलाई दिव्य र विवेकसङगत बनाइदिन्छ। दिव्य बुद्धिमा अशुद्ध विचार र सोचहरू रहँदैनन्, जसबाट निरन्तर शुद्ध सङकल्प र भावनाहरू पैदा हुन गई मन सबल र दृढ बन्न पुग्दछ। सत्यतालाई पहिचान गर्ने बुद्धि हंससमान दूध ग्रहण गर्ने, पानीलाई त्यागी दिने वा मोती रत्नलाई ग्रहण गर्ने र कङकड–पत्थरहरूलाई छोडिदिने कार्य गर्दछ। पवित्रतामा मानिसको बुद्धिले कदाचित पक्षपात वा पूर्वाग्रहका आधारमा निर्णय लिन्दैन। प्रत्येक पक्षको आदि, मध्य, अन्त्य त्यसको सुखद वा दु:खद परिणामलाई विश्लेषण गरी निर्णय लिन पुग्दछ। पवित्रता मानिसको आन्तरिक सुन्दरता हो, जसमा सदासर्वदा सकारात्मक सोच, भावना वृत्ति रहन्छ। सर्वकल्याण र उत्थानको कामना, अपेक्षा रहेको हुन्छ। स्वयंको सुख, सुविधा र फाइदाभन्दा पनि बहुजन हित, समुन्नति र उपलब्धि विद्यमान रहन्छ। पवित्रताभित्र आफ्नो मन, बुद्धि र संस्कार शुद्धीकरणका साथसाथै ज्ञानेन्द्रिय, कर्मेन्द्रियको स्वच्छता, शीतलता र निर्मलता पर्दछन्।
पवित्रताको आधारमा परिचालित मन, बुद्धि तथा चित्तले कहिल्यै कसैलाई दु:ख दिने, अन्याय गर्ने, धोका दिने वा छलकपटबाट आफ्नो स्वार्थपूर्ति गर्ने सोचसमेत गर्न सक्दैन। त्यस अवस्थामा उसको वचन, कर्म, व्यवहारबाट कसैलाई चोट पुर्याउने वा नोक्सानी गर्ने कार्य हुन सक्दैन। किनकि पवित्रताको छत्रछायाभित्र मानिस आत्म अनुशासन, आत्मशुद्धिलाई स्वस्फूर्तरूपमा अनुसरण गर्दछ। जसबाट उसको आत्मिक अखण्डता सुरक्षित रहन्छ। व्यक्ति आन्तरिकरूपमा खण्डित हुन सक्दैन। कुनै प्रकारको विकारी आवेग वा आक्रोशबाट आक्रान्त हुन सक्दैन। शुद्ध आत्मिक भातृत्वभाव तथा शुभ मित्रभाव मात्रै उसको दिल–दिमागमा स्थायीरूपमा जीवित रहन्छ। तसर्थ उसको चरित्रमा खललता तथा व्यवहारमा असभ्यता हुन सक्दैन। उसको शील स्वभाव स्वत: शिष्ट र सभ्य हुन्छ। पवित्रताको छहारीमा मानिस अहिंसक हुन्छ, न त ऊ कामुकता वा वासनाको वाणबाट स्वयं घायल हुन्छ, न अरूलाई घायल नै गर्दछ। साथै न त मन, वचन र कर्मले अरूलाई दु:ख हुने सङकल्प, बोल र व्यवहार नै गर्दछ। सङकल्पमा कसैको कुभलो सोच्नु साङकल्पिक हिंसा हो भने कटु वचनको प्रहारबाट कसैको हृदय विदीर्ण गर्नु पनि हिंसा हो। कर्मद्वारा अरूलाई सताउनु अझ हत्या, हिंसा गर्नु जघन्य पाप हो। तर पवित्रताको घेराभित्र उल्लिखित कुनैको पनि स्थान रहँदैन। पवित्रताले निरन्तर व्यक्तिलाई स्वयंको सुख सुविधालाई समेत त्याग गरेर अरूको उपकार र भलो गर्ने तथा सेवा गर्ने उत्प्रेरणा दिइरहन्छ। अरूको हित र उपकार हुने सेवा गर्नमा उसलाई आनन्द र खुशीको अनुभूति भइरहन्छ। आफूले गरेको सहयोग र सेवाको समेत उसलाई अभिमान र अहङकार वा मान, शान, नामको इच्छा हुँदैन। उसले केवल दाता बनिदिने काम गर्दछ। जसबाट उसको जीवनमा स्वाभाविक खुशी र शान्ति बनिरहन्छ।
वास्तवमा पवित्रता र स्वच्छताबाट मानिस गायनयोग्य, पूजनयोग्य र सबैको माननीय बन्न पुग्दछ। पवित्रताले मानिसलाई जीवनदान प्रदान गर्दछ, दैवीगुण र स्वभावले सुसज्जित–सुशृङ्गार गर्दछ। पवित्रताको कारणाबाट व्यक्तिमा शान्ति, कान्ति र दिव्यताको आभामण्डल झल्किन पुग्दछ। पवित्रताको अगाडि नै मानिसहरू नतमस्तक हुने गर्दछन्। पवित्रताको गुणबाट आलोकित व्यक्तित्व नै संसारका सबै प्रकारका व्यक्तित्वभन्दा महान् हुन्छ। उसको यो महानता नै विश्वमा सुशासन र सुव्यवस्थापन गर्न सफल हुन्छ। सम्पूर्ण पवित्रताको धनी व्यक्ति नै जल, थल, नभचरमा अखण्ड, निर्विघ्न राज्य गर्न सफल हुन्छ। पवित्रताको शक्तिबाट कुनै प्रकारको बाहुबल वा विज्ञानबलको प्रयोग नगरी व्यक्ति, जगत्का प्राणीमाथि तथा समग्र प्रकृतिका तत्त्वमाथि सहजै र स्वाभाविक नियन्त्रण गर्न सक्दछ। पवित्रताको सत्ताधारी प्रथमत: स्वयं संयमित, अनुशासित, मर्यादित हुन्छ, जसको सकारात्मक प्रभाव जड, चेतन सर्वमा पर्दछ र सबै आ–आफ्नो ठाउँमा सुव्यवस्थित रहन्छन्। कसैले पनि उपद्रव–उत्पात गर्ने हिम्मत गर्न सक्दैन। सबैले आफ्नो मौलिक गुण, धर्म र स्वभावलाई स्वस्फूर्तरूपमा परिपालन गरेका हुन्छन्। यो सम्पूर्ण प्रभाव मानिसको अखण्ड पवित्रताको कारणले हुने गर्दछ। चैतन्य शक्ति मनुपय आत्माको सतोप्रधान पवित्रताको शक्तिले चराचर जगत्को सम्पूर्ण भौतिक शक्तिलाई समेत सुसङगठितमा आबद्ध गरिदिन्छ।
पवित्रताको परिभाषाभित्र मानिसले जीवनमा धारण गर्नुपर्ने इमानदारी, बहन गर्नुपर्ने जिम्मेवारी र कर्तव्यलाई दत्तचित्त भएर गर्नुपर्ने कुरासमेत पर्दछन्। आज मानिस उपलब्धि र सफलताको लागि महत्त्वाकाङ्क्षा राख्दछ तर तद्नुसारको कडा परिश्रम, लगनशीलता र निरन्तरतालाई जीवन्त गर्न चाहँदैन। अधिकारको वकालतमा समय बढी खर्च गर्ने तर कर्तव्यमा समर्पण कम हुने प्रवृत्ति हाबी भएको प्रतीत हुन्छ। कुनै चिन्तकले मानिसको यस प्रवृत्तिको व्याख्या गरेका छन् कि व्यक्ति बिनापरिश्रमले धन आर्जन गर्न चाहन्छ अर्थात् सहजै वा गलत तरिकाले करोडपति बन्न चाहन्छ। विवेकशून्य आनन्दको क्षणभङ्गुर मस्तीमा आफ्नो सत्यानाश गरिरहेको हुन्छ। चरित्र उत्थानबिनाको शिक्षा उसका लागि सुखकारी बन्न सक्दैन, नैतिकताबिनाको व्यापार एवं उद्योगधन्दाले केवल मुनाफावादलाई मात्रै प्राथमिकता दिन्छ। त्यसैगरी मानवताशून्य विज्ञान विनाशकारीरूपमा अगाडि बढ्नु, त्याग, तपस्या, समर्पणभाव र सेवाभावरहितको पूजापाठ हुनु एवं सिद्धान्तरहित राजनीतिको वर्चस्व हुनुले अपवित्रता र अनैतिकताको पराकाष्ठाको सङकेत गर्दछ। यसप्रकारको अपवित्रता, अस्वच्छता र अन्धा स्वार्थबाट परिचालित मानव मनस्थिति कसैको पनि पीरमर्काको वास्तै नगरी एकोहोरो दौडमा दौडिरहन्छ। आफ्नो दौडको अभियानमा उसले जीवनका लागि अति आवश्यक जीवन मूल्यहरूलाई कुल्चदै गइरहेको हुन्छ। जसबाट चेतनास्तर अत्यन्तै घटिया र फितलो बन्न पुग्दछ। इमानदारीको ठाउँमा बेइमानी, छलकपट तथा धूर्तता, चलाकीको बोलवाला हुन्छ। यस स्थितिमा गरिने कर्म, व्यवहार, क्रियाकलापहरूबाट निश्चितरूपमा पुण्यको खाताभन्दा पापको खाता वृद्धि गर्न पुग्दछ। परिणामस्वरूप व्यक्ति अरूलाई दु:ख दिन पुग्दछ र आफ्नै लागि दु:खको खाल्डो खन्ने कुकर्म गर्न पुग्दछ। निहीत स्वार्थको आधारमा गरिने कर्म कहिल्यै पनि वास्तविक सुख, शान्ति र सन्तोषको अनुभूति गराउने आधार बन्न सक्दैन। शायद वर्तमान युगमा मानिसले गर्ने यिनै कनिष्ठ कर्महरू दु:खका कारण बन्न पुगेका छन्।
वास्तविकता हो कि प्रकृतिले मानिसको आवश्यकता परिपूर्तिका लागि प्रशस्त साधन र स्रोत वरदानको रूपमा जुटाइदिएको छ तर उसको लोभ एवं लालचका लागि होइन। तर आज मानिस आवश्यकताभन्दा धेरै बढी प्रकृतिका स्रोत साधनहरूलाई लोभी, लालची, विलासी र भोगी बनी त्यसको प्रयोग गरिरहेको छ। त्यसको दुरूपयोग गरिरहेको छ। भूगर्भका अनेक स्रोतहरू रित्तिंदै गइरहेका छन् भने अनेक प्रकारका व्यर्थ किचडाबाट धरती तथा तत्त्वहरू प्रभावित हुँदै गइरहेका छन्। सम्पूर्ण प्राकृतिक प्रणालीको सन्तुलन बिग्रँदै गइरहेको छ। जैविक अस्तित्वको खतरा असन्तुलनको अर्कै कारण बन्न पुगेको छ। हावापानी, जग्गाजमिन र आकाश सबै ठाउँमा अस्वच्छता र विषाक्त तत्त्वहरूको मात्रा बढ्दै गइरहेको छ। नदी–नाला, समुद्र र वनजङगलले ओगटेको स्थान मानवले आफ्नो स्वार्थपूर्तिका लागि हडप गरेको छ। प्राकृतिकरूपमा स्वतन्त्र रहेका स्थानहरूलाई मानिसले आफ्ना बनावटी कृत्रिम कुराको पोशाक लगाउने र त्यसको क्षणिक मुहार फेर्ने कार्य गरिरहेको छ। वास्तवमा प्रकृतिको मौलिक स्वभाव र गुण अत्यन्तै सुखदायी र सेवामूलक नै छ। उसले निर्विवादरूपमा निस्वार्थ भावले मानव प्राणीलाई चाहिने सबै प्रकारका जीवन धान्ने, सुख हुने र मनोरम प्राप्त हुने कुराहरू दिइरहेको छ। दाताको भूमिका निर्वाह गरिरहेको छ। तर मानिसले प्रकृतिको सेवाको कदर नगरी उसमाथि गरेको क्रूर व्यवहार, अन्यायपूर्ण व्यवहारले प्रकृतिलाई हैरान र परेशान गरी अस्तव्यस्त तथा उसको प्रणालीलाई डामाडोल बनाइदिएको छ। मानवबाट हुने गरेका प्रकृति प्रतिकूल व्यवहारबाट प्रकृति दु:खी र परेशान भएको छ। सहन गर्ने पनि एउटा सीमा हुन्छ। अत्यन्तै सहनशील रहने प्रकृति पनि मानवको निरन्तर हुने निर्दयी व्यवहारबाट आक्रोशित हुन पुगेको स्पष्ट हुन्छ। फलत: प्रकृति विध्वंशकारीरूपमा प्रकट हुने लक्षणहरू देखा परिरहेका छन्। भर्खरै जापानमा उत्पन्न भएको विनाशकारी प्रकृतिको ताण्डवनृत्य यसको जल्दोबल्दो उदाहरण हो। भयङकररूपमा उर्लेर आएको सुनामीको सामुद्रिक जलको प्रहार ९ रेक्टर स्केलको अकल्पनीय ध्वसांत्मक भूकम्प तथा त्यसद्वारा भएको अणु ऊर्जाकेन्द्रमा भएको आगलागी तथा विस्फोटन साँच्चै प्रकृतिको विनाशकारी लीलाका रूपमा प्रकट भएका छन्। जसबाट अमापनीयरूपमा जन, धन र तमाम भौतिक संरचनाहरू तहसनहस र नष्ट भएका छन्। अणु ऊर्जाकेन्द्रको विस्फोट र यसबाट उत्पन्न विकीरण अझ मानवजीवनका लागि ठूलो खतराको रूपमा देखापरेको छ। यो प्राकृतिक प्रकोपले मानवलाई स्पष्टरूपमा पाठ पढाइरहेको छ कि हे मानव, आफ्नो बुद्धिको मिथ्या अभिमानमा आएर अरूको स्वतन्त्रता र अधिकारको हनन नगर। प्रत्येक प्राणी र तत्त्वहरूको समेत सम्मान गर। आफ्नै स्वार्थ र भोग विलासका लागि अरूको दुरूपयोग नगर। संयम, नियम र मर्यादाको लक्ष्मण रेखाभित्र रहने संस्कार धारण गर, अन्यथा तिम्रो कुकृतिको प्रतिफल सबैतर्फबाट कष्टकारी प्रहारको बज्र बज्रिने छ। प्रकृतिको बज्रप्रहार मानिसलाई सावधान गरिरहेको छ कि बदलाको भावना होइन स्वयंलाई बदल्ने संस्कृतिको विकास गर तथा स्वच्छता र पवित्रताको कोशेढुङगाको आधारलाई नछोड।
प्रकृतिको बढ्दो तमोगुण भौतिक शक्तिको कनिष्ठ स्थिति तथा यसको उद्दण्ड र विखण्डन अवस्थाले भूमण्डलीय अनिष्टको सङकेत दिइरहेको छ। विश्वव्यापीरूपमा बढ्दै गरेको तापक्रम, वातावरणीय परिवर्तन, बेमौसमी अतिवृष्टि तथा अनावृष्टि, समुद्रको सतह क्रमबद्धरूपमा बढिरहेको अवस्था, हिमशृङ्खला एवं हिमनदीमा देखापरेको परिवर्तन, उत्तरी र दक्षिणी धु्रवको हिउँमा बढ्दो पिघलावले समष्टिगत परिवर्तनलाई आमन्त्रण गरिरहेको छ। प्रकृतिमा देखापरेको यो परिवर्तन विश्वव्यापीरूपमा फैलिएको मानव सभ्यता र संस्कृतिका लागि नै खतराको घण्टा बजाइरहेको देखिन्छ। निश्चित छ कि पाँचै तत्त्व र समग्र सौर्यमण्डलमा भइरहेको परिवर्तन पृथ्वी ग्रहको आमूल परिवर्तनको कारक बन्ने छ। यस परिवर्तनमा मौजुदा धनजनको कति हदसम्म क्षति हुने हो कल्पनाभन्दा बाहिरको कुरा छ। अर्थात् पृथ्वीको वर्तमान सम्पूर्ण मानचित्रमा नै रूपान्तरण हुनेछ। मानवद्वारा रचित विशाल संरचनाको वीभत्स स्थिति हुन जानेछ, यस विषयमा यदि व्यक्तिले घनीभूत विचारका साथ विश्लेषण गर्यो र चिन्तन गर्यो भने सत्यको साक्षात्कार हुनेछ।
सोचनीय विषय के छ भने मानवको जीवनशैली, उसको सोच, मनोवृत्ति, भावना र प्रकृतिसँग प्रकृतिको अन्तरनिहीत सम्बन्ध छ। प्रकृतिको स्तर र गुणवत्ता मानववृत्ति र प्रकृतिको गुणवत्तासँग प्रत्यक्ष सरोकार राख्दछ। जबसम्म मानव आत्माको स्थिति सतोगुणी, शुद्ध, पवित्र र स्वअनुशासित रहन्छ, तबसम्म संसारका समग्र प्राणी तथा प्रकृतिमा पनि कुनै प्रकारको विकृति र विखण्डनको नामनिशान हुँदैन। जीवजन्तुसमेत पूर्ण अहिंसक हुन्छन् भने प्रकृति सुखदायी सेवकका रूपमा सम्पूर्ण स्रोतसाधनले आज्ञाकारी बनी सेवा गरिरहन्छ। कहीँ कतै कुनै प्रकारको घटना प्रकोप हुँदैन। मानव मनको अमापनीय साङकल्पिक तरङगले समग्र प्रकृतिका कण–कण र अणु–अणुलाई परिचालन र प्रभावित गर्दछ। मानव सोचका तरङगहरूले प्रकृति र पूरै ब्रह्माण्डलाई समेत सँगाल्न सक्दछ। सम्पूर्णको ऋयलतचयििभच मानव
ऋयलकअष्यगकलभकक नै हो। अत: मानव चेतनामा आएको दुरावस्था नै सर्वत्र दुरावस्थाको सिर्जना गर्ने कारण बनेको छ। भौतिक प्रकृतिलाई व्यवस्थित र सतोप्रधान बनाउन मानव प्रकृतिको शुद्धीकरण, पवित्रीकरण र निर्मलीकरण हुनु जरुरी छ। जब मानव सोचमा यस स्तरको शुद्धि आउँदैन तबसम्म प्रकृतिको तामसपनलाई शान्त र शीतल गर्न सकिंदैन। विज्ञानले प्रकृतिको सूक्ष्म गुण र क्षमतालाई पहिचान गरी त्यसको शक्तिलाई प्रयोग गर्ने पक्षमा प्रशस्त काम गरेको छ तर प्रकृति दिनप्रतिदिन किन अति उद्दण्ड हुँदै गइरहेको छ र यससँग मानव मनको अवस्थाको के सरोकार छ भन्ने विषयमा अनभिज्ञ नै छ वा त्यसप्रति खासै चासो दिइरहेको छैन। अर्थात् आध्यात्मिक सीप, कला र योग्यताका माध्यमबाट पुन: मानव सोच, वचन, कर्म र व्यवहारमा सकारात्मक रूपान्तरण गरी निरन्तर पवित्रताको
ख्ष्दचबतष्यलक प्रकृतिमा प्रवाह गर्नुपर्ने बेला आएको छ। यसका लागि पवित्रताको अखण्डता र सम्पूर्ण परम स्रोत परमपिता परमात्मा शिवसँग मानिसको मन र बुद्धिलाई एकाग्र र सानिध्य हुने अभ्यास गर्नु जरुरी छ। यो अभ्यास बृहत्रूपमा बढीभन्दा बढी सङ्ख्याले गर्ने कार्यलाई कार्यान्वयन गर्न सकेमा निश्चितरूपमा प्रकृतिलाई सतोगुणी बनाउन सकिनेछ।
समयले मानिसको विचार र वृत्तिको नवीकरण हुनुपर्ने आवश्यकता औंल्याएको छ। प्रकृतिको नवीकरण र शुद्धीकरणमा मानवको पवित्रता र शुद्धता नै अहम् भूमिका रहनेछ। नयाँ युगको निर्माणका लागि मानवको चिन्तन, भावना र दृष्टिकोण नवीनतम पवित्रता प्रवाह हुनु जरुरी छ। मानिसको अन्तर चेतनामा गडेर वा गुम्सेर बसेका पुराना विकारजन्य संस्कारलाई पूर्णरूपमा भष्म गर्नु जरुरी छ, जसबाट उसभित्रका आदि अनादि संस्कारहरू उदय हुनेछन्। दानवीय स्वभावको अन्त्य तथा दैवी स्वभावको प्रार्दुभाव हुनेछ। मानव स्वभाव र प्रकृति स्वभावका बीच तादात्म्य मिल्न सक्नेछ। फलत: बाह्य प्रकृति पनि पवित्र, स्वच्छ र शुद्ध हुनेछ। यसप्रकारले मानव जीवनको सम्पूर्ण पवित्रता नै प्रकृतिको सम्पूर्ण सतोप्रधान स्थितिलाई पुनस्र्थापन गर्ने आधारसूत्र बन्नेछ। कर्मेन्द्रियजित, मनजित, मायाजित अर्थात् विकारहरूमाथिको जितको स्थिति नै अन्तत: प्रकृतिजितको रूप प्राप्त गर्नेछ। तसर्थ स्वकल्याण र विश्व कल्याणका लागि प्रत्येक मानिसले अब आफ्नो पवित्रता प्रवृत्तिलाई स्वयंमा स्वाभाविक धारण गर्नु जरुरी छ। त्यही पुरुषार्थ नै नवयुग सिर्जना गर्नमा सफल हुनेछ। प्रकृतिलाई सुखद सेवाधारीका रूपमा रूपान्तरण गर्न सकिनेछ। (ॐ शान्ति सन्देश)