चीनमा भ्रष्टाचारको आरोपी एक सरकारी अधिकारीलाई दोष प्रमाणित भएपछि मृत्युदण्डको सजाय दिइयो। ती सरकारी अधिकारीमाथि आफ्नो १४ वर्षे कार्यकालमा ४० लाख डलर घूस लिएको र १ करोड २० लाख डलर सार्वजनिक कोष अपचलन गरेको आरोप लागेको थियो। चीनले वर्षौंदेखि पार्टीका उच्च नेताहरू तथा राज्यनियन्त्रित उद्योगहरूमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अभियान नै चलाएको छ। यसक्रममा दोषी प्रमाणित भएका व्यक्तिहरूलाई कसुर अनुसारको दण्ड बिनाभेदभाव दिने गरेको छ। बितेका दिनहरूमा पार्टीका थुप्रै शीर्षस्थ नेताहरू तथा अधिकारीहरूले मृत्युदण्ड पाइसकेका छन्। कुनै लक्ष्य हासिल गर्नु छ भने त्यसमा तत्परतापूर्वक लाग्नुपर्छ भन्ने रणनीतिको यो एउटा उदाहरण हो। आजभन्दा ६ दशक अघिसम्म अफिमको नशामा लठ्ठिइरहने निकम्मा नागरिकको मुलुक चीन आज आफ्ना यस्तै कर्मठ नीति, नियत तथा देशभक्त नेताहरूको नेतृत्व पाएर विश्वशक्ति बन्ने क्रममा निकै अगाडि पुगिसकेको छ। नागरिकको नैतिक बल उच्च पार्दै विकृति र विसङगतिहरूलाई पन्छाउँदै चीन आज सामरिक मात्र होइन आर्थिक शक्तिको रूपमा अमेरिकाको प्रतिस्पर्धी बनेर उभिएको छ।
नेपालमा भ्रष्टाचार छैन भन्ने कुरा कसैले पनि अस्वीकार गरेको छैन। जो सत्तामा पुगेका छन्, जसको दायित्व भ्रष्टाचार नियन्त्रण गर्ने हो, उनीहरू पनि मुलुकलाई भ्रष्टाचारले निलिसकेको स्वीकार गर्दछन्। भ्रष्टाचार यति व्यापक भइसकेको छ कि जसले स्वयं भ्रष्टाचार गर्दछ, उसले पनि भ्रष्टाचार छैन भन्ने अवस्था छैन। अप्रिय लागे पनि भ्रष्टाचार गरेको छैन भन्ने आँट कसैलाई छैन। आजको अवस्थामा नेपालमा त्यो व्यक्ति मात्र इमानदार वा स्वच्छ छ, जसले भ्रष्टाचार गर्ने मौका पाएको छैन। यसो भन्दा इमानदारहरूलाई खल्लो लाग्ला तर उनीहरूले पनि के मान्नुपर्दछ भने उनका मातहतका कर्मचारीहरू भ्रष्टाचार गरिरहेका छन्। भ्रष्टाचार नगर्ने मानिस एक्लो वृहस्पति बनेको छ नेपालमा। उसले चाहेर पनि भ्रष्टाचार रोक्न सक्दैन, आफ्नै मातहतको कार्यालयमा पनि। यस्तो किन भन्दा भ्रष्टाचार नियन्त्रणका लागि जुन निकाय जिम्मेवार छ, उही भ्रष्टाचार गर्नमा पोख्त छ। त्यसैले के भनाइ प्रसिद्ध छ भने भ्रष्टाचारमा थुनिएको व्यक्ति ‘घूस दिएर’ सफाइ पाउँछ।
नेपालमा पनि भ्रष्टाचार रोक्ने प्रयास नभएको होइन। तर भ्रष्टाचारको अभियोग लागेका मानिसहरूको शायदै दोष प्रमाणित हुन्छ। विशेषत: यहाँ ती मानिसहरूलाई भ्रष्टाचारको आरोप लगाइन्छ, जससँग प्रतिशोध लिनु छ। पञ्चायतकालमा विरोधीहरू तथा सरकार तथा प्रशासनको कुरा नटेर्ने, आफूखुशी काम गर्ने व्यक्तिमाथि प्रायश: भ्रष्टाचारको आरोप लगाउने गरिन्थ्यो। मूल भ्रष्टाचारी कहिल्यै पक्राउ पर्दैनथ्यो। त्यसैको सिको आजसम्म भइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्याङगमा नेपालमा सबभन्दा बढी भ्रष्टाचार राजनीतिकर्मीहरूले गर्दछन्। जो अगुवा उही बाटो हगुवा भएपछि मुलुकमा रीतिथीति बस्ने कुरै आएन। सत्ताबाहिर बस्नेलाई घूस यति प्रिय लाग्छ ऊ सधैं विरोधमा उत्रन्छ र सत्तामा पुग्नेबित्तिकै घूसलाई सिरानमुनि लुकाएर राख्छ।