शिक्षा र सञ्चारले समुदायमा चेतना ल्याउँछ र चेतनाले समाजलाई अग्रगतितिर डोर्याउँछ। जस्तोसुकै ग्रामीण समाजको सूक्ष्म अध्ययन गर्ने हो भने समाजमा परिवर्तनहरू आइरहेका देखिन्छन्। समाजको हरेक क्षेत्रमा परिवर्तन आइरहन्छ। सहरी क्षेत्रमा परिवर्तनको गति तीव्र हुन्छ भने ग्रामीण क्षेत्रमा परिवर्तनको गति केही मन्द हुन्छ। तर सहरमा आएको परिवर्तनले गाउँसम्म स्वीकारोक्ति नपाएसम्म त्यस्तो परिवर्तनलाई दीर्घकालीन मान्न सकिने अवस्था हुँदैन। अझ त्यस्तो परिवेशमा जहाँ अधिकांश नागरिक ग्रामीण समुदायमा बस्छ र अल्पांश नागरिक सहरी समुदायमा बस्छ।
सहरी समुदायको तुलनामा ग्रामीण समुदाय बढी बन्धनयुक्त भएको हुनाले कुनै पनि परिवर्तनको सहरी क्षेत्रमा जस्तो प्रभाव पर्न नसकेको हो। यस बन्धनलाई कट्टरता वा ग्रामीण विशिष्टता पनि मानिन्छ। अलि हाम्रो समुदायको घेराभन्दा निकै पर पाश्चात्य समुदायमा दृष्टि पुर्याउने हो भने त्यत्ता पनि त्यहींका स्थानीय विशिष्टताहरू पाउन सकिन्छ। त्यस्ता विशिष्टताहरू भलै हामीभन्दा उन्नत होऊन्, पृथक होऊन् र ठूलो भौगोलिक क्षेत्रमा फैलिएका होऊन्।
पाश्चात्य समाजभन्दा हाम्रो समाजमा जातीय, सांस्कृतिक, साम्प्रदायिक, धार्मिक तथा भाषिकलगायत क्षेत्रको बहुलता छ। नेपाल भौगोलिक दृष्टिले सानो मुलुक भए पनि हिन्दू, बौद्ध, इसाई, इस्लामलगायत अन्य धर्मावलम्बीहरूको समन्वित समाज छ। विश्वका सम्पूर्ण ठूला धार्मिक सम्प्रदायको उपस्थिति यहाँ रहेको छ। धरातलीय विविधताजस्तै अन्य धेरै विविधता यहाँ विद्यमान् छन् र सबैका आआफ्नै कट्टरता वा सीमाहरू पनि छन्। यहाँ एक अर्काको सीमा अतिक्रमणको समस्या त इतिहासको पानामा कहिल्यै भेटिन्न बरु समुदाय तथा सम्प्रदायका आआफ्नै सीमालाई नाघ्न सकेको पाइन्न। आआफ्नै सीमाभित्र रहेर, रमेर समुदायको उन्नति, प्रगति र परिवर्तनलाई स्वीकार गरेको हुनाले नै संसारको अन्य समुदाय–सम्प्रदायको तुलनामा हाम्रो समाजको परिवर्तन केही मन्दजस्तो देखिन गएको हो। यही मन्दताले हाम्रो समाजको विशिष्टतालाई बचाइराख्न मदत पनि गरेको छ जसमाथि हामी गर्व गर्छौं।
यस्तै सीमाहरूमध्ये एक वैवाहिक संरचना रहेको छ। ग्रामीण समुदायमा विवाहको हकमा जाति मिल्नुपर्ने, वर र बधू पक्षको आर्थिक हैसियत मिल्नुपर्ने, प्रतिष्ठा मिल्नुपर्ने र योग्यताका अन्य आधारहरू मिल्नुपर्ने सीमाहरू विद्यमान छन्। एउटै जातिभित्र पनि अनेक उपभेद (कुरी)हरू हुन्छन्। परम्परागत मान्यतामा मधेसी ग्रामीण समुदायमा पहिले एउटा कुरीभन्दा अर्को कुरीमा विवाह चल्दैन थियो तर विगत केही वर्षदेखि विस्तारै परिवर्तन हुन थालेको छ। एउटा जातभित्र अब मज्जाले विवाह हुन्छ, भइरहेको छ। यद्यपि अझैं पनि कतिपय जाति वा परिवारमा कट्टरता कायमै रहेको छ। यस्तो कट्टरतालाई अब त्यति राम्रो दृष्टिले हेरिन्न र यस्ताहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको पनि छ।
कट्टरताको क्षयीकरण वा संरचनाको अवधारणामा परिवर्तनका अनेक कारणहरू वा प्रभावहरू छन्। पहिलो कारण त उमेर पूरा भएपछि दुई अविवाहित र विपरीत लिङगी जोडीले मन मिल्ने साथी रोजेर विवाह गर्दा कानुनले संरक्षण दिन्छ। अझ दलित–गैरदलित र कुमार केटो तथा विधवा दुलही छ भने राज्यले संरक्षण र प्रोत्साहन दुइटै दिन्छ। अर्को कारण विवाहमा दुलहा र दुलहीको स्वीकृतिलाई समेत विवाहमा स्थान दिन थालिएको छ। तेस्रो सामाजिक–आर्थिक क्षेत्रमा महिलाको योगदानको मूल्य, मूल्याङकन तथा आकर्षणमा आश्चर्यजनक वृद्धि हुनु पनि हो। चौथो तथा महत्त्वपूर्ण कारण, कतिपय जातिमा तिलक/दाइजो/दहेजको प्रचलन अत्यधिक हुनु जसले गर्दा केटा पक्षको विवाहमा समस्या आउनु पनि हो। पाँचौं कारण, कतिपय जातिमा केटीको तुलनामा विवाहयोग्य उमेर पुगेका केटाहरूको सङ्ख्या बढी भई केटीको सङ्ख्या तुलनात्मक रूपमा कम हुनु पनि हो।
विवाहयोग्य केटाको तुलनामा केटीको सङ्ख्या अपुग भएपछि अर्थात् विवाहका लागि केटी नपाएर ग्रामीण युवाहरूको विवाह हुन नसकिरहेको अवस्था छ। मधेसको ग्रामीण समुदायमा केही सीमित जातिमा मात्र भए पनि यो समस्या भयावह रूपमा रहेको छ। विवाह नै नहुने भएपछि त्यस्ता जातिका अगुवाहरूले व्यवहारलाई सजिलो बनाउन परम्परागत वैवाहिक संरचनामा परिवर्तनलाई स्वीकार गरेको छ। आफ्नो जातिको केटी नपाएपछि अब जुनसुकै जातको केटी भए पनि बिहे गर्ने छुट समुदायले दिन थालेको छ। अझ अग्रगतिको दृष्टिकोण त के अपनाइएको छ भने त्यस्ती केटी परम्परागत सङकीर्ण दृष्टिकोणको दलित वा पानी नचल्ने जातको भए पनि हुन्छ। कैयौंले यसरी बिहे गरिपनि सके। बिहेको समयमा समाजमा सामूहिक भोजन गराएपछि समाजले औपचारिक स्वीकृति दिने परम्परा पनि चलेको छ।
अर्को जातको केटीलाई पनि स्विकार्ने कुरालाई स्वीकृति दिने कुरा ग्रामीण समुदायको लागि नौलो मान्नुपर्छ। धूमधामसित बिहे गरेर अर्को जातकी केटी भित्र्याउने पनि गरिएको पाइन्छ। लुकीछिपी बिहे गर्ने वा केटी भगाएर ल्याएर बिहे गर्ने चलन पनि बढेको छ। यसैगरी कतिपयले त केटी पक्षलाई उल्टै रकम तिरेर बिहे गर्ने गरेको पनि पाइएको छ। अलग भाषा, जाति, सम्प्रदायबाट आएकी केटीलाई खुसीसाथ हार्दिकतापूर्वक स्वीकार गर्नुलाई ठूलै परिवर्तनको सङकेत मान्नुपर्छ।
गाउँमा रहेर घरबार छाडेर सहरी क्षेत्रमा बसोबास गरिरहेका र आफ्नै खुट्टामा उभिएका आन्तरिक डायस्पोरिक युवाहरूले आफ्नै रोजाइमा भावना, विचार, दृष्टिकोण र व्यवहार मिल्ने जीवनसाथी रोज्ने चलनलाई त समाजले स्विकारिसकेको छ नै। यस्तो स्वीकारोक्ति सबै जातिमा रहेको छ। वैवाहिक परम्पराको दृष्टिले केटी ज्यादै कम भइसकेको देखिएको जातमा जुन परिवर्तन देखिएको छ, भोलि यस वा यस्तो परिवर्तनलाई अन्य जातीय तथा साम्प्रदायिक सद्भाव अभिवृद्धिमा सकारात्मक योगदान देला भन्ने विश्वास गर्न सकिन्छ। कतिपय युवाले पहाडी समुदायका उच्च जातिकी युवतीलाई भित्र्याएका छन् जसले गर्दा साम्प्रदायिक सम्मिलनमा निकै सकारात्मक योगदान दिएको देखिएको छ तर यसको एउटै सूत्र छ कि अन्तर्जातीय विवाह गरेका जोडीबीच सुमधुर र पारस्परिक विश्वासयुक्त पारिवारिक सम्बन्ध हुनुपर्दछ। यसले अरूलाई पनि सकारात्मक दृष्टिकोण बनाउन सघाइरहेको छ। वास्तवमा स्त्री र पुरुष दुई जाति मात्र हुन् र यी दुईको आत्मीय मिलनको निरन्तरताले मानव र मानवताबीच सम्पूर्ण बन्धनहरूलाई विस्तारै कमजोर तुल्याउँदै लैजाने कुरामा विश्वस्त हुन सकिन्छ। समाजले आफ्नो संस्कृतिलाई बचाएर कुसंस्कारहरूलाई च्यात्दै, फाल्दै, कुल्चँदै अगाडि नबढ्ने हो भने जमेको फोहोर पोखरीको पानीजस्तो हुन सक्छ।
सयौंजना जन्ती जाने, बिहेघरमा तीन दिन बस्ने र अनावश्यक मागहरू तेस्र्याएर केटी पक्षलाई मानसिक, आर्थिक यातना दिने वैवाहिक कुसंस्कार त्यागेर अब एक रातमैं बिहे सकिने गरी विधिव्यवहारमा परिमार्जन भइरहेको छ, अब त मधेसमा पनि दिउँसैको बिहे सुरु भइसक्यो। अस्तु !