आरके पटेल, वीरगंज, १२ असार/
वीरगंजमा सञ्चालित प्रथम मधेसी शहीद डे–नाइट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार राति सम्पन्न खेलहरूमा युनिसन ग्रुप अफ स्कूल र इनर्वा क्रिकेट क्लब विजयी भएका छन्। पहिलो खेलमा युनिसनले राइजिङ क्रिकेट क्लबलाई ६० रनले पराजित गर्यो भने दोस्रो खेलमा इनर्वाले दुर्गा स्पोर्टस् क्लबलाई एक विकेटले पराजित गर्यो।
पहिलो खेलमा युनिसनले टस जिती पहिले ब्याटिङ गर्दै पूरै ओभर खेलेर नौ विकेटको क्षतिमा ११२ रनको योगफल खडा गर्यो। जसमा विजय लामाको २८ रनको योगदान थियो। राइजिङका बलरहरूमा कञ्चन थापाले चार ओभरमा २६ रन दिई पाँच विकेट लिएका थिए।
जवाफमा खेल्दै राइजिङ क्रिकेट क्लबले १५ ओभरमा सबै विकेट गुमाइ केवल ५२ रन मात्र बनाउन सक्यो। राइजिङका सफी अन्सारीले सर्वाधिक २० रन बनाएका थिए। युनिसनका बलरहरूमा आरिफ शेखले चार ओभरमा २८ रन दिई चार विकेट लिएका थिए। युनिसनका आरिफ शेख म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा दुर्गा स्पोर्टसले टस जिती पहिले ब्याटिङ गर्दै पूरै ओवर खेलेर १० विकेटको क्षतिमा १४३ रन बनायो। जसमा अमित श्रीवास्तवले सर्वाधिक ३५ रन बनाएका थिए। इनर्वाका बलरहरूमा जवाहिर साहले चार ओभरमा २० रन दिई तीन विकेट लिएका थिए।
जवाफमा इनर्वा क्रिकेट क्लबले पूरै ओभर खेलेर नौ विकेटको क्षतिमा विजयी लक्ष्य भेटाएको थियो। जसमा जहिर आलमले ३८, सद्दाम हुसेनले २४ रन बनाएका थिए। दुर्गा स्पोर्टसका बलरहरूमा अमित श्रीवास्तवले चार ओभरमा ३२ रन दिई तीन विकेट लिएका थिए। इनर्वाका जहिर आलम म्यान अफ द म्याच घोषित भए।