प्रस, कलैया, १२ जेठ/
एलेभन स्टार युवा क्लब शीतलपुरको आयोजनामा खेलकुद विकास समिति बाराको सहयोगमा शीतलपुरमा सञ्चालित टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा आयोजक क्लब विजयी भएको छ।
आयोजक क्लबले हरपुर बलुवालाई २१ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आयोजकले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ६३ रन बनायो। प्रत्युत्तरमा हरपुर बलुवाले १९ ओभर ५ बलमा सबै विकेट गुमाई १ सय ४२ रनमा समेटियो। प्रतियोगितामा ४१ रन र २ विकेट लिएबापत आयोजक क्लबका अंसारूलहक अंसारी म्यान अफ दि म्याच घोषित भए।
अन्तर माध्यमिक विद्यालय खेलकुद
प्रस, रौतहट, १२ जेठ/
अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रौतहटमा सम्पन्न भएको छ। जिल्लाको सिमरा भवानीपुर उच्च माविको खेल मैदानमा तीन दिन पहिले सुरु भएको प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, एक विभिन्न स्पर्धाका दौडा तथा ज्याब्लिन थ्रो, हाइजम्पलगायत खेलहरू खेलाइएको थियो।
प्रतियोगितामा उच्च मावि सिमरा भवानीपुर ४७ अड्ढका साथ प्रथम, श्री उमावि जङगलसहिया ४५ अड्ढका साथ दोस्रो र जनजागृति उमावि सिन्धुरेघारी २८ अड्ढका साथ तेस्रो भएको जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यक्रम प्रमुख वीरेन्द्र ढुङगानाले जानकारी दिएका छन्।
सो प्रतियोगिता जिल्ला खेलकुद विकास समिति, रौतहटले आयोजना गरेको थियो।