ई. गोपाल श्रेष्ठ
क्रिएटिभिटी भनेको ‘एप्लाइड इमेजिनेसन’ हो। कुनै समस्या आइलाग्दा हामी घोत्लिएर सोच्न बाध्य हुन्छौं। जब यो सोच सृजनशील तथा सफल हुन्छ अनि हामी भन्छौं हाम्रो क्रिएटिभिटी बढ्यो। क्रिएटिभिटी त्यसै बढ्दैन, यसको लागि अध्यनशील हुनुपर्छ साथै कुनै पनि समस्यालाई विभिन्न धरातलबाट हेर्ने अभ्यास हुनुपर्छ। एउटा धरातलबाट मात्र हेर्दा समस्याको समाधान सजिलो देखिएला। तर, यो समाधान आंशिक मात्र हुन्छ। आंशिक समाधान कहिलेकाहीं खतरनाक हुन्छ र समस्या झन् बल्झ्याइदिन्छ। पूर्ण समाधानका लागि समस्याको बहुपक्षीय रूपको अध्ययन गर्नै पर्छ। यो त्यति सजिलो काम भने होइन।
दूधमा घिउ (फ्याट) छ भनी पहिलोपटक पत्ता लगाउनु क्रिएटिभिटी हो भने सूर्यको किरणमा सात रङग छ भनी पहिलोपटक पत्ता लगाउनु पनि क्रिएटिभिटी नै हो। क्रिइटिभ हुनु भनेको समस्याको जरा समात्नु हो। साधारणतया मानिसहरू सतही अध्ययनको आधारबाट सतही निर्णय लिन्छन्। यो कहिलेकाहीं घातक हुन जान्छ। जस्तो डाक्टरले बिरामीलाई राम्ररी नहेरी अथवा नजाँची तपाईंलाई क्यान्सर रोग लागेको छ भनी दियो भने बिरामीलाई कस्तो आघात पर्ला ? त्यस्तै डाक्टरले राम्ररी नजाँची तपाईंको तुरुन्त अप्रेसन (शल्यक्रिया) गर्नुपर्छ भनिदियो भने बिरामीलाई कस्तो चोट लाग्ला ? क्रिएटिभ डाक्टरले पहिले सम्पूर्ण निरीक्षण तथा परीक्षण नगरी यस्तो गलत सूचना बिरामीलाई दिंदैदिंदैन। तर जुन डाक्टर क्रिएटिभिटीमा विश्वास गर्दैन उसले त यस्तो कुरा सजिलै भनिदिन्छ।
आज पनि कैयन चीजको जानकारी हामीलाई छैन र हाम्रो ज्ञान आंशिक मात्र भइरहेको छ। आंशिक ज्ञानलाई पूर्णता तर्फ धकेल्नु नै क्रिएटिभिटीलाई आत्मसात गर्नु हो। कति आर्थिक, राजनीतिक तथा सामाजिक मुद्दाहरूमा हाम्रो ज्ञान आंशिक भएकोले हामी अप्ठ्यारोमा पर्छौ। साधारणतया पूर्ण जानकारी राख्नेहरू शान्त देखिन्छन् भने अल्प ज्ञान हुनेहरू फत्फताइरहेका हुन्छन्। राजनीतिमा त झन् कुरा नै गर्नुपर्दैन। हाम्रा नेताहरू जुनसुकै विषयमा पनि अर्थात् सत्य/असत्य, काल्पनिक कुरालाई लिएर घन्टौं बोल्न सक्छन्। जेठ १४ सम्म संविधान बनिसक्नुपर्नेमा सो काम भइनसकेकोले आज देशमा अस्तव्यस्तता छ। यस्तो गहन काम गर्न क्रिएटिभिटीको गहन भूमिका हुन्छ। क्रिएटिभिटी बिना संविधानजस्तो संवेदनशील डकुमेन्ट तयार गर्न पनि असम्भव नै छ।
कुनै पनि विषयमा पूर्ण जानकारी राख्न कि आफूले अध्ययन गर्नुपर्यो कि सम्बन्धित विज्ञहरूसँग परामर्श लिनुपर्यो। आफूले अध्ययन पनि नगर्ने अनि परामर्श पनि नलिने गर्दा कामकुरो चौपट हुन्छ। अमेरिकामा आर्थिक मन्दी कसरी नियन्त्रणमा ल्याइयो ? के यो क्रिएटिभ सोच बिना सम्भव छ ? बिल्कुलै छैन। क्रिएटिभ सोच नै यस्तो सोच हो जुन समस्याको गहिराइसम्म पुग्छ। आजकल त उद्योग व्यापारमा पनि क्रिएटिभिटीको महत्त्व छ। क्रिएटिभिटी बिनाको उद्योग व्यापार फस्टाउन सक्दैन। आजको युगमा नयाँ प्रोडक्टको विकास गर्न सकिएन र भएको प्रोडक्टमा पनि सुधार गर्न सकिएन भने उद्योग व्यापारको भविष्य अन्धकार बनेर जान्छ।
अब त आर्थिक विकासको मुख्य आधार के हो भनी सोध्दा पहिलेको जस्तो पूँजी, पूर्वाधार, सरकारी नीति आदि भन्न छोडिएको छ। सबैको मुखमा अहिले त क्रिएटिभिटी मात्र छ। हुन पनि क्रिएटिभिटी मात्र एउटा यस्तो मन्त्र हो जसले मरुभूमिलाई हराभरा बनाइदिन सक्छ, कल्पना पनि गर्न नसकिने बुद्धि विकास गराइदिन सक्छ, जटिल समस्या समाधानको उपाय देखाइदिन सक्छ, अनि दु:खमा डुबेको राष्ट्रलाई पनि दु:खबाट उकास्न सक्छ। आज क्रियटिभिटी व्यक्तिमा, परिवारमा, उद्योग व्यापारमा, राष्ट्रमा सबैमा अपरिहार्य हुँदै गएको छ। तसर्थ यसको व्यवस्थापन ठीकसँग गरौं।