आरके पटेल, वीरगंज, १२ जेठ/
शिविरमा रहेका लडाकूको हतियार ए. माओवादीले २४ घण्टाभित्र राज्यलाई बुझाए राष्ट्रिय सहमति निर्माण गर्दै मुलुकलाई अहिलेको जटिल परिस्थितिबाट निकास दिन सकिने दलित जनजाति पार्टीका केन्द्रीय अध्यक्ष विश्वेन्द्र पासवानले बताएका छन्।
उनले शान्ति प्रक्रियाको मुख्य बाधक ए.माओवादीको हतियारमोह हो भन्दै शिविरमा भएको हतियार राज्यको जिम्मा लगाई शान्ति प्रक्रियाप्रति ए.माओवादी इमान्दार भएको विश्वास दिलाई राष्ट्रिय सहमति निर्माण गर्दै मुलुकलाई निकास दिन सकिने बताए। शान्ति र संविधानको बाधकको रूपमा झलनाथ खनाल सरकार रहेको कारण १२ घण्टाभित्र प्रम खनालले राजीनामा दिई राजनीतिक सहमतिको वातावरण बनाउन अध्यक्ष पासवानले आग्रहसमेत गरे। १४ गते संविधान सभाको म्याद नथपिए नेपालको सम्पुर्ण दल असफल हुने हुँदा प्रम खनालको राजीनामा मुलुकका लागि अपरिहार्य भएको दाबी गरे।
म्याद थपिएपछि ए. माओवादीको तर्फबाट बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव आएको खण्डमा आगामी निर्वाचन नभएसम्म बाबुराम भट्टराई प्रम हुने राष्ट्रिय सहमति निर्माण हुन सक्ने र त्यो सरकारले थप समयमा माटो सुहाउँदो, सबैलाई मान्य संविधान र शान्ति प्रक्रिया टुङगोमा पुर्याउने दावी गरे।
नेपाल सङ्घीयतामा गइसकेको हुनाले नेपालमा ५ वटा सङ्घीय प्रान्त निर्माण गरे पुग्ने, आफ्नो पार्टीको धारणा रहेको अध्यक्ष पासवानले बताए। उनले शान्ति र संविधानको पक्षमा यही १५ गतेदेखि मेची–महाकाली अभियान सुरु गर्ने जानकारी पनि दिए।
आफ्नो पार्टीको यो अभियानले शान्तिप्रक्रिया र संविधाननिर्माणलाई सहयोग पुर्याउने रिपोर्टर्स क्लबले
आज भिस्वा होटलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष पासवानले बताए।