आरके पटेल, वीरगंज, १५ जेठ/
चौथो गणतन्त्र दिवसको अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रम सम्पन्न भयो। बिहान घण्टाघर चोकबाट सुरू भएको प्रभातफेरी त्रिजुद्ध उच्च मावि पुगी सभामा परिणत भएको थियो।
‘देशमा गणतन्त्रण स्थापना गर’, ‘गणतन्त्र सुदृढीकरण गर’, ‘शान्ति सुरक्षा र अमनचयन कायम गर’ लगायत नाराहरू लेखिएका प्लेकार्ड बोकी निस्केको र्यालीमा राजनितीक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थी एवं पेशागत सञ्जाल, नागरिक समाजका अगुवाहरू, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको उल्लेखनीय सहभागिता थियो।
गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टुकडीले ज्ञात–अज्ञात शहीदप्रति सलामी अर्पण गरेका थिए। सो अवसरमा आयोजित समारोहमा जिल्लास्थित विभिन्न विद्यालयका बालबालिका एवं नीलहीरा
समाजले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए।
गणतन्त्र मूल समारोह समितिका संयोजक तथा जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी विश्वराज डोटेलको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको मुख्य आतिथ्यमा सम्पन्न समारोहमा सशस्त्र प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठ, नेपाल प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी केदार तिवारी, लगायतले मन्तव्य व्याक्त गरेका
थिए ।
कलैया
गणतन्त्र दिवसको अवसरमा जिल्ला समारोह समिति बाराले आइतवार सदरमुकाम कलैयामा शान्ति र्याली गरेको छ। कलैयास्थित देवकीलाल धर्मशालाबाट बाजागाजाका सुरु भएको र्यालीले कलैया नगरपरिक्रमा गरेको थियो। नगर परिक्रमापश्चात र्याली मुख्य चोकमा पुगेर सम्पन्न भएको थियो। र्यालीमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
चन्द्रनिगाहपुर
बिएन महतो, च.पुर , १५ जेठ/
गणतन्त्र दिवसको अवसरमा आज चन्द्रनिगाहपुरस्थित मुनलाइट एकेडेमी बोर्डिङ स्कूलका विद्यार्थीहरूले गणतन्त्र दिवस मनाएका छन्। स्कूलमा राष्ट्रिय गानबाट सुरु गर्दै बजागाजासाथ शान्ति र्याली निकाली चन्द्रनिगाहपुर नगर परिक्रमा गरेका छन्।
‘कुर्सीको मोह त्याग’, ‘संविधान बनाउ’ र ‘हामी सबैको चाहना, नयाँ संविधान’ जस्ता नारा लगाउँदै परिक्रममा गरेका थिए। परिक्रमापश्चात् चन्द्रनिगाहपुर गणतान्त्रिक चोकमा दुईजना बालबालिकालाई परेवा उडाई देशमा संविधान बनोस् र शान्ति छाओस् भन्ने कामना गरेका छन्। कार्यक्रममा शिक्षक, बुद्धिजीवी, अभिभावकको उपस्थिति थियो। र्याली मुनलाइट एकेडेमी बोर्डिङ स्कूल पुगेर कोणसभामा परिणत भयो र विभिन्न व्यक्तिले गणतन्त्र सम्बन्धी मन्तव्य व्यक्त गरेको मेनुका भारतीले बताइन्।