काठमाडौं, १४ जेठ/रासस
एकीकृत नेकपा (माओवादी) ले आफ्नो दलका नेताको सुरक्षाका निम्ति लिएका हतियार एकसाताभित्र शिविरमा रहेका हतियारसँगै कन्टेनरमा राख्न तथा दोहोरो सुरक्षा प्रणाली हटाउन सहमति जनाएको छ।
सो सहमति प्रमुख तीन दललगायतका दलहरूसँगको वार्तामा एमाओवादीले जनाएको हो।
संविधानसभा भवनमा आज राति सम्पन्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त अनौपचारिक बैठकमा सोबारे जानकारी दिइएको दलका नेता रामचन्द्र पौडेलले बताए।
कन्टेनरमा रहेका हतियार सेना समायोजन विशेष समितिले अनुगमन तथा रेखदेख गर्ने विषयमा पनि एमाओवादी सहमत भएको नेता पौडेल र महामन्त्री प्रकाशमान सिंहले बताए।
आफ्नो दलले दुई चरणमा संविधानसभाको कार्यावधि थप्न प्रस्ताव गरेको र पहिलो चरणमा ४५ दिन गर्ने खाका प्रस्तुत गरेको जानकारी पनि उनीहरूले दिए। नेताद्वयका अनुसार तीन दलको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमति कायम हुने अवस्थामा आफू बाधक नबन्ने प्रतिबद्धता दोहोर्याएका थिए।
संविधानसभाको म्याद थप गर्ने तथा शान्तिप्रक्रियालाई टुङ्ग्याउनेसम्बन्धी तीन दलीय सहमतिको मस्यौदा अहिले तयार भइरहेको जानकारी पनि उनीहरूले बैठकलाई दिए।
त्यस्तै व्यवस्थापिका–संसद्को आज राति बसेको पहिलो बैठकले ‘नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८’ को विरोधमा प्रस्तुत प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ।
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरूङ (स्याङ्जा) ले पेस गरेको विरोधको सूचनासम्बन्धी प्रस्ताव बैठकले अस्वीकृत गरेको हो।
यसैगरी बैठकमा कानुन तथा न्यायमन्त्री प्रभु साहले ‘नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानसभामार्फत् संविधान बनाउने कार्य सम्पन्न नभएकाले संविधानसभाको समयावधि थप्नु आवश्यक भएको महसुस गरी म्याद थपसम्बन्धी प्रस्ताव ल्याउन सरकार बाध्य भएको बताए।
त्यसपछि सभामुख सुवास नेम्बाङले व्यवस्थापिका–संसद्को बैठक राति ११:४५ मिनेटमा १५ मिनेटका लागि स्थगन भएको जानकारी दिए। व्यवस्थापिका–संसद्को बैठक राति ३ बजेसम्म पनि सुरू हुन सकेको छैन।