प्रस, वीरगंज, १४ जेठ/
वीरगंज–१४ स्थित फूलबारी टोलस्थित ढल निकासको नालीमा विद्युत् प्रवाह भएपछि टोलवासी आतङिकत बनेका थिए। प्राधिकरणले विद्युत् पोलबाट अर्थिङ लिनका लागि जमिनमा गाडिएको तार ढल निकासको नालीमा परेको र विद्युत् लाइनको तारबाट चुहिएर आएको करेन्ट अर्थिङको तार हुँदै नालाको पानीमा प्रवाह भएको थियो।
आज बिहान अन्दाजी ६ बजेको समयमा स्थानीय बालबालिकाले नालीमा माछा मरेको देखेर टिप्न जाँदा नालाको करिब दुई फिट आसपास सडकमा करेन्टको झडका लागेको थियो। सो कुरा थाहा भएपछि तुरून्त विद्युत् प्राधिकरणको टोली घटनास्थलमा पुगेर मर्मत गरेको थियो। बितेको साता पनि विद्युतीय तारको जडान छुटेर सोहीपोलबाट आगोका लप्कासहित विद्युत् प्रवाह भएको थियो । समयमैं थाहा भएकोले अप्रिय घटना हुन भने पाएन । विद्युत् कर्मचारीले मर्मत सम्भार गरेको १५ दिन नबित्दै पुन: गडबड हुनु र अर्थिङ तारलाई पानीमा पर्ने गरी नालामा राख्नुमा प्राधिकरणको कमजोरी रहेको टोलवासीको भनाइ छ ।
मर्मत सम्भारमा खटिएका विद्युत्का प्राविधिकहरू भने उक्त लाइनबाट सेवा लिइरहेका घरहरूको वायरिङ गडबडियो भने पनि त्यसको असर पोलको मुख्य तारमा पर्ने र त्यसले करेन्ट फायर हुँदा फ्यूज, करेन्टवाला तारहरू उछिट्टिने र जडान कमजोर भई करेन्ट चुहिने बताउँछन् । सेवाग्रहीहरूले घरको वायरिङ चेक गर्नुपर्ने प्राविधिकको तर्क छ ।