मुख्य अभियोगी पार्टीको जिम्मेवार पदमा
गोकुल घोरसाइने, निजगढ, १६ जेठ/
जिल्ला अदालत बाराले पत्रकार वीरेन्द्र साहको हत्या आरोपमा ए. नेपाल कम्युनिस्ट माओवादीका पूर्व कार्यकर्ता मैनेजर गिरी र रामएकबाल सहनीलाई सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ। साहको हत्या आरोपमा मुद्दा परेका पाँच अभियुक्तमध्ये जिल्लाको इनर्वासिरा–९ का गिरी र खोपवा गाविसका सहनीलाई सर्वस्वसहित जन्मकैद सजाय भएको हो। चार वर्षदेखि विचराधीन मुद्दामा चौथो पटको सुनुवाइपछि अदालतले सोमवार दिउँसो यस्तो फैसला गरेको हो। जिल्ला अदालतमा बिहानैदेखि मुद्दामा सुनुवाइ र बहस भएको थियो।
जिल्ला न्यायाधिवक्ता भुवनेश्वर पौडेलका अनुसार साहको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका माओवादी कार्यकर्ता गिरी र सहनीविरुद्ध अदालतको २ नम्बर इजलासका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गर्ने निर्णय गरेको हो। न्यायाधिवक्ता पौडेलका अनुसार फरार रहेका अन्य तीनजना अभियुक्तको हकमा मुद्दा मुल्तबी राखिएको छ। “माग दाबी अनुसार फैसला भएको छ”– न्यायधिवक्ता पौडेलले बताए। फरार र अन्यको हकमा मुद्दाको थप प्रक्रिया जारी रहेको पौडेलले जानकारी दिए। साहको तर्फबाट न्यायाधिवक्ता पौडेल लगायत २० जनाभन्दा बढी अधिवक्ताले पटक–पटक बहस गरेका थिए। गिरी र सहनी दुई वर्षदेखि पुर्पक्षका लागि कारागारमा थिए।
हत्याको मुख्य अभियुक्त मानिएका इनर्वासिरा–७ का लालबहादुर चौधरी, तेलकुवाँका हरेराम पटेल र गडहल गाविसका कुन्दन फौजदार हाल फरार रहेको बताइएको छ। प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको तीनै जना भने हाल पार्टीको जिम्मेवारी वहन गर्दै आएका छन्।
माओवादीले उनीहरूलाई जिल्ला समितिको सचिवालय सदस्यको जिम्मेवारी तोकेको छ। घटनापछि पार्टीले उनीहरूलाई निलम्बन गरेको दाबी सार्वजनिक गर्दै आएको भएपनि एक वर्षअघि उनीहरूलाई पार्टीले जिम्मेवारी दिएको कुरा बाहिर आएको थियो। स्थानीय बासिन्दाका अनुसार अभियुक्तहरू अहिले पनि गाउँघरमा घुमफिर गर्दै छन्।
मानव अधिकारवादी विभिन्न सङ्घ–संस्था र संञरकर्मीहरूले साहका हत्यामा संलग्नलाई पक्राउ गरी कारईको माग गर्दै आएका छन्।
व्यक्तिगत रिसिवीका कारण फरार चौधरीको योजनामा माओवादी कार्यकर्ताहरूले पत्रकार साहको
२०६४ असोज १८ गते अपहरणपछि हत्या गरेका थिए। अपहरणको ३५ दिन पछि साहको शव प्रहरीले डुमरवाना गाविस–९ को चारकोसे जङगलमा गाडिएको अवस्थामा फेला पारेको थियो। प्रेस चौतारी केन्द्रीय सदस्य समेत रहेका पत्रकार साहकी पत्नी सहित १ छोरा र १ छोरी छन्।