-अनन्तकुमार लाल दास
मानिसको भविष्य वा चरित्र निर्माणका लागि बाल्यकाल नै उपयुक्त समय हो। यस अवस्थामा नै व्यक्तित्व निर्माणको जग राख्न जरुरी छ। यस अवस्थामा विद्यार्थीहरूको प्रवृत्तिमा लचिलोपन हुन्छ। यसर्थ अभिभावकको संस्कार उत्तम छ भने उनका छोराछोरीको संस्कार पनि उत्तम नै हुन्छ। हाम्रो धार्मिक ग्रन्थमा के भनिएको छ भने आमाबुवाका शारीरिक र मानसिक अवस्थाको गर्भस्थ सन्तानको शरीर र मनमा गहिरो प्रभाव पर्दछ। यस कारण सन्तान जन्मिने समय उसको पहिलो गुरु आमा नै हुन्छिन्। आमा उनीहरूको शारीरिक गठन वा स्वास्थ्यको लागि मात्र उत्तरदायी हुँदिनन् अपितु उसको चरित्र निर्माणको पहिलो दायित्व पनि उनैमाथि हुन्छ। आमापछि उनीहरूमाथि उसको बुवाको व्यक्तित्वको प्रभाव पर्दछ। विद्यालय पुग्नुअघि अभिभावकले उसको पालनपोषण मात्र गर्दैनन् अपितु उसलाई विभिन्न प्रकारका कुराहरूको पनि ज्ञान दिन्छन्। यस कारण घरको वातावरणको प्रभाव उनीहरूमाथि स्वाभाविक नै पर्न जान्छ। माया सँगसँगै उनीहरूलाई संयम, अनुशासन, शुद्ध उच्चारण र विशुद्ध आचार–व्यवहारको शिक्षा दिनु पनि आमबुवाको कर्तव्य हुन्छ। आमाबुवाको सीमाभन्दा बढी मायाले केटाकेटीलाई उत्तरदायित्वहीन र आलसी बनाउँछ भने कठोर अनुशासन र दण्डले उनीहरूलाई उग्र र जिद्दी बनाइदिन्छ।
वर्तमान परिप्रेक्ष्यमा प्रत्येक अभिभावक आफ्नो सन्तानको भविष्यप्रति चिन्तित छन्। प्रत्येक अभिभावकको चाहना हुन्छ, उसको सन्तानले अत्यधिक ज्ञान हासिल गरोस्। सन्तानलाई ज्ञान दिलाउन एक विद्यालयबाट अर्को विद्यालयको खोजीमा लागिरहन्छन्। तर मेरो दृष्टिकोणमा विद्यालयको भरमा मात्र विद्यार्थीलाई छाडिदिंदा अभिभावकीय जिम्मेवारी पूरा गरेको मानिंदैन। भन्न के मात्र खोजिएको हो भने विद्यार्थीको चरित्र वा भविष्य निर्माणमा विद्यालय वा शिक्षकहरूको जति भूमिका हुन्छ त्योभन्दा बढी भूमिका अभिभावकहरूले निर्वाह गर्नुपर्छ। अनि मात्र उद्देश्य प्राप्त हुनसक्छ।
युग बदलियो। परिवेश बदलियो। शिक्षा पद्धतिमा पनि समसामयिक परिवर्तन र सुधार भए। पाषाण युग विकासक्रमको सीढी चढ्दै कम्प्युटर युगमा परिणत भयो। मौखिक र व्यावहारिक शिक्षा लिखित शिक्षामा र आश्रमको शिक्षा पक्की भवनमा परिणत भयो। विद्यार्थीहरू माथिको शैक्षिक बोझ पनि प्रतिस्पर्धात्मक युगअनुरूप बढ्दै गयो छ तर अभिभावकको सोच आज पनि बालबालिकालाई विद्यालयमा पठाई दिएपछि कर्तव्य पूरा हुन्छ भन्ने नै छ।
तसर्थ अभिभावकहरूले विद्यालयमाथि मात्र निर्भर नभई विद्यार्थीको प्रगतिमा सक्रिय योगदान पुर्याउन आवश्यक छ किनभने अभिभावकले आज विद्यालयलाई एउटा पसल र गुरुलाई एउटा पसलेको रूपमा हेर्न थालेका छन्। यस्तो सोचाइले शिक्षक र अभिभावकबीचको दूरी बढ्दै गएको छ। अर्कोतर्फ विद्यालयद्वारा राखिएको अभिभावक बैठकमा अभिभावकहरूको न्यून उपस्थितिले के प्रमाणित गर्छ भने अभिभावक वर्ग आफ्ना सन्तानप्रति जागरुक छैनन्। यस कारण यस्ता बैठकहरूमा अभिभावकको उपस्थिति नितान्त आवश्यक हुन्छ। यस्ता बैठकमा भाग लिई अभिभावकले शिक्षकहरूलाई आफ्नो सन्तानको प्रगतिप्रति नियमित ध्यान आकृष्ट गराउन सक्छन् भने अभिभावकले स्वयं वहन गर्नुपर्ने दायित्वप्रति पनि सचेत हुन्छन्।
आजको प्रतिस्पर्धात्मक युगमा एउटा अभिभावकलाई आफ्नो जीविका चलाउन निकै व्यस्त रहनुपर्छ। उसको ध्यान स्वाभाविकरूपले बालबालिकाप्रति एकाङगी हुन्छ। केहीको ध्यान यतातिर आकृष्ट भएपनि साँझ थाकेर घर पुग्दा बालबालिकालाई सहयोग गर्न त एकातिर, उनीहरूको कुरा पनि राम्ररी सुनिदिंदैनन्। बालबालिकाहरू यसलाई अभिभावकको उपेक्षा ठान्छन् उनीहरूमा विपरीत धारणा उत्पन्न हुन थाल्छ। यस कारण जति व्यस्त भएपनि केही समय आफ्ना बालबालिकासँग बिताउनुपर्छ। उनीहरूको कुरालाई रुचि लिएर सुनिदिनुपर्छ र विद्यार्थीहरूलाई चाहिएको आवश्यक सामग्री समयमैं उपलब्ध गराइदिनुपर्छ। यसले उसभित्रको हीनभावना नष्ट हुँदै जान्छ र आत्मविश्वास पैदा हुन्छ जसबाट प्रेरित भई उसको भविष्य राम्रो हुन्छ।
एक दिन मेरो भेट एक अभिभावकसँग भयो। उनले आफूभित्र रहेको निराशा प्रकट गर्दै भने– “मेरो उद्देश्य छोरोलाई डाक्टर बनाउनु छ। यसैकारण मैले उसलाई तपाईंको विद्यालमा भर्ना गराएँ तर अहिलेसम्म केही पनि सिक्न सकेन। उसको प्रगति होस् भनी दुई–दुईवटा ट्युसन पनि राखिदिएको छु। खै के गर्छ ? तपाईंको विद्यालयको पढाई पनि मेरो नजरमा कमजोर हुन थालेको छ। कस्ता शिक्षकहरू राख्नुभएको छ ?” मैले उनको कुराको उत्तरमा एउटा प्रश्न सोधें– “तपाईं बिहान र बेलुका के गर्नुहुन्छ ?” उहाँले बताउनु भयो, “म बिहान सात बजे उठ्छु। त्यस उप्रान्त दैनिक क्रिया सम्पन्न गरी अफिस जान्छु। घर फर्केपछि एक कप चिया खान्छु र केही बेर विश्राम पछि घुम्न निस्कन्छु। फर्केपछि टेलिभिजन हेर्छु र भात खाई सुत्छु।”
मैले पुन: एउटा प्रश्न गरें–“तपाईंले बिहानको अखबार पढ्न नपाए वा साँझ घर फर्कनासाथ पत्नीले लगत्तै बजारबाट सामान किनेर ल्याउन भनेपछि तपाईंको प्रतिक्रिया कस्तो हुन्छ ?” उनले बीचमैं भने–“यसो भए म कुनै काम नै गर्न सक्दिनँ।” मैले भने, “मेरो भनाइ तपाईंको छोराप्रति यस्तै छ। तपाईंको त्यो अबोध छोरा जसको स्वभाव नै खेल्नु हो उसलाई तपाईंको तर्फबाट केही समय नदिइनु वा उसले खेल्ने मौका नपाउनु नै तपाईंको उद्देश्य प्राप्तिमा बाधक बनेको छ। यस कारण आफ्नो जस्तै उसको भावनालाई पनि बुझिदिनुपर्यो र आफूले चाहेको कुरोको पूर्तिका लागि अनावश्यक बोझ लाद्नु कुनै पनि हालतमा उचित हुँदैन। यसकारण विद्यार्थीको दृष्टिकोणलाई पनि सम्झनु पर्यो” भनेर सम्झाएँ।
यसो भन्नुको तात्पर्य के हो भने प्रत्येक बालबालिकाको बानी र स्वभावमा भिन्नता हुन्छ। केही केटाकेटीहरू कुनै कुरोलाई छिट्टै ग्रहण गर्छन् भने कुनै विस्तारै बुझ्छन्। तसर्थ उनीहरूको गुण जान्नु अभिभावकको कर्तव्य हुन जान्छ। उसको गुणलाई तदनुरूप प्रोत्साहित गरियो भने ऊ सजिलै प्रगतिपथमा लम्कन सक्छ।
यसैगरी एक दिन मेरा एकजना साथीले मलाई आफ्नो छोराछोरीबारे बताउँदै भने–“जबदेखि मैले घरमा टेलिभिजन ल्याएको छु, तबदेखि मेरा छोराछोरीहरू बिग्रन थालेका छन्।” उनको यस भनाइप्रति मेरो सहमति छैन। गहिरिएर हेर्ने हो भने के हामी जिम्मेवार छैनौं ? के टेलिभिजन हटाइदिनासाथ ऊ पढ्न थाल्छ ? मेरो दृष्टिमा यो कदापि सत्य होइन। यसका लागि जब हामी संयुक्त परिवारको संरचनामाथि ध्यान दिन्छौं तब के स्पष्ट हुन्छ भने त्यस परिवारमा केटाकेटीहरूको प्रत्येक जिज्ञासालाई उसका बाजेबज्यैले समाधान मात्रै गर्दैनन् उनीहरूलाई मनोरञ्जनको रूपमा ज्ञानवद्र्धक कथाहरू, वीरहरूको गाथाहरू समेत सुनाइरहेका हुन्छन् जसले एकातिर उनीहरूलाई मनोरञ्जन प्रदान गर्छ भने अर्कोतर्फ आत्मविश्वास जगाउँछ र यसरी कर्तव्यबोधका साथै उसको नैतिक बलमा पनि अप्रत्यक्षरूपमा वृद्धि भइरहेको हुन्छ। आज संयुक्त परिवार पृथक परिवारमा परिणत हुँदै गइरहेको छ। आमाबुवा जीवनको जटिलतालाई सहज बनाउन पैसा कमाउने होडमा लागिरहेका छन्। यस्तो परिस्थितिमा घरको एक कोठामा टेलिभिजनबाट कार्यक्रम प्रसारित भइरहेको छ भने कुनै बालबालिका त्यसको प्रभावबाट कदापि मुक्त हुन सक्दैन। यस कारण अभिभावकले जुन नियम आफ्नो केटाकेटीहरूका लागि बनाउँछ त्यसलाई पूर्णरूपले आफूमाथि पनि लागू गर्नुपर्छ।
यसको अलावा अभिभावकहरूले आफ्नो तनाव वा रिस कहिल्यै पनि बालबालिकामाथि प्रकट गर्नुहुन्न। उनीहरू समक्ष झगडा गर्नुहुन्न। छोराछोरीहरूसँग कुनै गल्ती भएको छ भने सम्झाउनुपर्छ। यसको विपरीत भएमा उनीहरूमाथि नकारात्मक प्रभाव पर्छ र उनीहरू जिद्दी हुँदै जान्छन्। गल्ती भएपनि विस्तारै गल्तीको आभास गराउनु बुद्धिमानी हुन्छ। यसका साथै अभिभावकले के बिर्सनुहुँदैन भने नक्कल गर्नु बाल स्वभाव हो। यसकारण उनीहरूको अगाडि कहिल्यै पनि गलत प्रक्रिया जस्तै जाँड–रक्सी खानु, चुरोट आदि खानुहुँदैन। यसरी बालबालिकाको भविष्यप्रति सचेत भई अभिभावकहरू आफ्नो उद्देश्य प्राप्तिमा पूर्णरूपेण सफल हुन सक्छन्।
बदलिंदो समय र परिस्थिति अनुसार विद्यार्थीहरू माथि पढाइको बोझ दिनानुदिन बढ्दै गइरहेको छ। विद्यालयमा कहिलेकाहीं शिक्षकहरूले पनि कुनै पाठलाई समयाभावले गर्दा खुलस्तरूपमा पढाउन समर्थ हुँदैनन् भने अर्कोतर्फ उनीहरूको दिन–प्रतिदिनको मूल्याङकन गर्न शिक्षकहरूद्वारा गृहकार्य पनि दिइएको हुन्छ। यी दुवै कारणले कहिलेकाहीं विद्यार्थीहरू विद्यालयबाट टाढा हुन खोज्छन्। तसर्थ विद्यालयमा पढाइएको पाठको पुनरावृति घरमा पनि गराइदिनु अभिभावकहरूको कर्तव्य हुनपुग्छ। तर कुनै विद्यार्थीलाई शिक्षकको कुरा नै बढी समझमा आउँछ। यस्तो परिस्थितिमा अभिभावकहरूले शिक्षकको सहयोग लिई बालबालिकालाई सम्झाइबुझाई सजिलै प्रगति गराउन सक्छन्।
विद्यार्थीको प्रगतिमा अर्को बाधक परीक्षा पनि हो। परीक्षाको भयले गर्दा ऊ कुनै पनि कुरालाई सम्झिनुभन्दा बढी रट्नतर्फ ध्यान दिइरहेको हुन्छ किनभने उसलाई के डर हुन्छ भने परीक्षामा राम्रो अङक ल्याएन भने विद्यालय र घर दुवैतर्फबाट गाली खानुपर्छ। यसले गर्दा उसले प्राप्त गर्ने शिक्षाको मौलिकतामा र्हास आउँदै जान्छ। यस्तो अवस्थामा उसको मानसिक शक्ति कमजोर हुँदै जान्छ। यस कारण उनीहरूलाई परीक्षाको आफ्नो महत्त्व छ तर यो नै सबैथोक होइन भन्ने कुरा सम्झाउने दायित्व विद्यालयमा शिक्षक र घरमा उसको अभिभावकको हुन्छ।
अन्त्यमा, म अभिभावकलाई के भन्न चाहन्छु भने समय–समयमा विद्यालय गई आफ्नो छोराछोरीको प्रगतिबारे शिक्षकहरूसँग परामर्श गर्नुपर्छ। उनीहरूको भावना बुझी उनमा आत्मविश्वास जगाउनुपर्छ। आफ्नो नानीको स्वास्थ्यप्रति सचेत रहनुपर्छ। उसका साथीहरूको बानी–बेहोराबारे जानकारी राख्नुपर्छ। समय–समयमा उसलाई प्रोत्साहित गर्नु र बाहिर घुमाउनु लग्नुपर्छ। आफ्नो चाहनालाई जबर्दस्ती उनीहरूमाथि लाद्नुहुँदैन। उनीहरूको कुरा ध्यानपूर्वक सुनिदिनुपर्छ। घरमा स्नेहसिक्त वातावरण कायम गर्नुपर्छ किनभने विद्यार्थीको बढी समय घरमा नै व्यतीत हुन्छ। यसो गर्न सफल अभिभावकहरू आफ्नो लक्ष्यमा शतप्रतिशत सफल हुनेछन्।