बहुदलीय व्यवस्थाको अर्थ हो, विभिन्न विचारधारा भएका व्यक्ति, सङगठन तथा राजनीतिक दलहरूको मिलोमतोले लोककल्याणकारी राज्यको स्थापना। लोक कल्याणकारी भन्ने बित्तिकै समग्र जनताको हित बोध हुन्छ – त्यो सरकार जसले मात्र जनहितबारे सोच्दछ। किनकि मानिस आफैंमा पूर्ण हुँदैन तसर्थ बहुजन मिलेर जुन निष्कर्ष प्राप्त गर्दछ, त्यो नै सर्वोत्कृष्ट राज्य हुन्छ। हिजोका दिनमा यहाँ परिवारले राज्य सञ्चालन गर्यो, आफ्नो सुविधालाई मात्र हेर्यो। राजसंस्थाले शासन गर्यो प्रजालाई त्रस्त बनाएर आफ्नो हित साधना गर्यो। पछिल्लो समयमा प्रजातन्त्र आयो, जनताको हितको विचार गर्दा व्यक्ति र दलको स्वार्थ पूर्ति खलबलिने अवस्था देखियो। अनि चालबाज नेताहरूले जनसमूहको खण्डीकरण गरे र आ–आफ्नो जन–भाग छुटयाए। यसै मेसोमा उनीहरू आफू खण्डीकृत हुँदै गए। किनकि जनसमूहको नाममा केही व्यक्तिको स्वार्थपूर्तिमा अप्ठेरो पर्ने देखियो। उनीहरूले आफ्नो–आफ्नो पक्षको जनता लिएर छुट्टै सङगठन र दल बनाए। परिणति– उनको जहिले पनि खुदो, जनता भने परिवारवाद, जन्मवादको शासन शैलीभन्दा बढी पिल्सिंदै गयो। परिवारवादी र जन्मवादी शासन शैलीमा जनताको स्वर एउटै हुन्थ्यो। सबै एकसाथ जयजयकार गर्थे, सबै एक साथ पीडा पोख्थे। आज जन खण्डीकरण भएपछि जनता नै आपसमा लड्न–भिड्न तम्सन्छ। अनि शासकहरूलाई मपाइँ गर्ने छुट मिल्छ।
जनखण्डीकरणको पछिल्लो उदाहरण हो, मधेसी जन अधिकार फोरम टुक्रा–टुक्रा हुँदै अब १२–१३ मा विभाजित हुनु। हिजो एक्लो मधेसी जन अधिकार फोरमको ५२ जनाको सामूहिक शक्ति थियो। पछि टुक्रिएर २७–२५ भयो। पच्चीसे अहिले पुन: विभाजित भयो र १२–१३ बन्यो। राजनीतिक दलको यस खण्डीकरणले नेताहरूको कुनै पनि आय–सुविधा र वर्चस्वमा कमी आएन तर ५२ जनाको समग्र शक्ति २७–२५ हुँदै अहिले १२–१३ हुँदा उनका पक्षधर लोकमतको त्यही हिसाबले विभाजन भयो। यो जनताको पराजय हो। किनकि अन्तत: यसबाट जनसमूहको शक्ति टुक्रिएको छ। राजनीतिक दलका व्यक्तिहरू त आफ्नो स्वार्थका लागि सदैव एक भइहाल्छन्। अहिले संविधानसभाको म्याद थप गर्ने वा नगर्ने बहस राष्ट्रियस्तरमा चलिरहेको छ। बहुमतकै आधारमा भए पनि मुलुकले निकास पाउने अवसर देखा परिरहेको थियो। तर अब त्यो सम्भव नहुने भयो। अर्थात् अन्योल झन् घनीभूत भयो।
यो र यस्तो समस्या प्रत्यक्षमा देखा पर्दैन। बाहिरबाट हेर्दा नेताहरू, राजनीतिक दलहरू विभाजित देखिन्छन् तर यिनले जनतालाई विभाजित बनाइरहेका छन्। जनता जति विभाजित हुन्छ, अलोकतान्त्रिक मनोवृत्तिका नेताहरूलाई हैकम चलाउन त्यति नै सहज हुन्छ। यिनको वर्चस्वलाई हाँक दिने कोही हुँदैन। जनताले यस प्रवृत्तिको प्रतिकार नगरुन्जेल यो प्रक्रिया थान्को लाग्दैन। जनताको स्वर जति मधुरो हुँदै जान्छ, नेताको स्वर प्रखर हुन्छ। अब जनताले आफ्नो स्वर प्रखर बनाउनुपरेको छ। जनताको स्वर प्रखर भएपछि यिनको स्वर मन्द हुन्छ। जनसमूह जुन वैचारिक धारमा छ, त्यसबाट अलग नहुने हो भने स्वार्थका खातिर जनतालाई विभाजित गर्नेहरूको दाल गल्दैन। कुरा फोरमको मात्र होइन, यस रोगले सबै दललाई ग्रस्त पारेको छ। सबैलाई के थाहा छ भने दल जति टुक्रा भएपनि, सानोभन्दा सानो दलले पनि मानिस त पाउँछ नै। यस प्रवृत्तिविरुद्ध जनता एकजुट हुने हो भने जनताबिनाको दल कति दिन चल्छ ?