सञ्जय साह ‘मित्र’
भर्खर–भर्खर विद्यालय जान लागेका बालबालिकालाई सोध्ने हो–‘बाबु, पढेलेखेर भविष्यमा के बन्ने ?’ सोझो जवाफ आउँछ ‘डाक्टर’। यदि कुनै कक्षामा पसेर यो प्रश्न गर्ने हो भने लगभग सबै विद्यार्थीले यही रेडिमेड जवाफ फर्काउँछन् तर नेपालमा डाक्टरको कमी अद्यापि छँदैछ। मनभित्र डाक्टर बन्ने आकर्षण राख्ने तर त्यसका निम्ति परिश्रम गर्दै नगर्ने प्रवृत्तिले बालबालिका आफ्नो सपनालाई मूर्तरूप दिन सकिरहेका हुँदैनन्।
हो, डाक्टर पेशामा आकर्षण छ। सबैतिर हलो– हाई र उच्च सम्मान छ। पेशामा पैसै–पैसा हुन्छ। फुर्सद नामको चीज हुन्न। जुन घर–परिवारमा डाक्टर हुन्छ, त्यो घर–परिवारको सामाजिक हैसियत र मर्यादा नै बढ्छ। त्यस परिवारसँग सम्बन्ध राख्ने नातागोता, इष्टमित्रहरू पनि नाक फुलाउन थाल्छन्। सधैं ठूलाहरूसँगको उठ–बस, सम्पर्कले गर्दा डाक्टर सधैंभरि व्यस्त नै हुन्छ। त्यसमा चारैतिर उनको माग हुन्छ। डाक्टर उपाधि हासिल गरेपछि आर्थिक हैसियतमा पनि निरन्तर वृद्धि हुन्छ, भइरहन्छ र डाक्टरका लागि ऐश–आरामका चीजको कमी हुँदैन। खोजेको बेला, रोजेको सामग्री र साधन डाक्टरका निम्ति डाक्टरको अगाडि हाजिर हुन्छ।
अन्य पेशाकर्मीले यी वा यस्ता आकर्षण सितिमिति प्राप्त गर्न सक्दैन। यसकारण डाक्टर बन्ने धोको अबोध बालबालिकाले पालेका हुन्छन्। सम्भव भएसम्म डाक्टर बनाउन अभिभावकहरू पनि चाहन्छन्। तर डाक्टर बन्नु वा बनाउनु अर्थात् कम्तीमा एमबिबिएस पढ्नु वा पढाउनु चानचुने कुरो होइन। यसको लागि विद्यार्थी तथा अभिभावक दुवैसित आफ्नो क्षेत्रको क्षमता विद्यमान हुनु जरुरी छ। अर्थात् एमबिबिएस पढ्ने विद्यार्थी मेधावी हुनुपर्छ र अभिभावक गाँठवाला हुनुपर्छ। हैन भने साधारण विद्यार्थी तथा अभिभावक दुवैका निम्ति एमबिबिएस आकाशको फल आँखा तरी मरजस्तै पहुँचभन्दा टाढाको कुरा हो।
एमबिबिएस पढ्न कतिपय विद्यार्थी घरबार छोडेर कैयौं वर्ष सहरमा बसेर कोचिङ पढ्छन्। एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गर्ने तयारीमा दिन र रात नभनी घुँडा धसेर पढ्ने विद्यार्थीहरू आपैंmमा मेधावी हुन्छन्। देशभरका मेधावी विद्यार्थीबीच कडा प्रतिस्पर्धा हुन्छ। राज्यले तोकेको मापदण्डमा कतिपय विद्यार्थी पूर्ण छात्रवृत्ति पाउन सफल हुन्छन्। यस्ता पूर्ण छात्रवृत्ति पाउनेमा कहिलेकाहीं अत्यन्त निर्धन परिवारका विद्यार्थी पनि पर्न जान्छन्। वास्तवमा कुनै सोर्सफोर्स नहुने यस्ता गरिब विद्यार्थीहरू देशका वास्तविक जेहेन्दार हुन्। सम्पूर्ण तरहले जेहेन्दार यस्ता विद्यार्थीका लागि अभिभावकले कुनै तयारी नगरे पनि भएको र भइरहने छ। यस्ता केही विद्यार्थीहरू अत्यन्त गरिब छन् तर विदेशका विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूमा एमबिबिएस, एमडी निश्शुल्क पढिरहेका छन्।
एमबिबिएस कार्यक्रम चलाउने संस्थाहरूको सङ्ख्या नेपालमा उन्नाइस रहेको सञ्चारमाध्यममा आएको छ। लगभग हरेकजसो अञ्चलमा एमबिबिएस शिक्षाको पहुँच भइसकेको छ। यस शिक्षाको लागि नेपालमा अत्यन्त तीव्र प्रतिस्पर्धा रहेको छ। सरकारको छात्रवृत्तिमा साँच्चिकै मेधावीहरूले मात्र सफलता प्राप्त गरिरहेका देखिएको छ। नेपालमा एमबिबिएस कार्यक्रम सञ्चालित संस्थाहरूमा भारतीय तथा अन्य देशका विद्यार्थीहरूको पनि ठूलै सहभागिता रहने गरेको छ। यसबाट यो पनि प्रस्ट हुन्छ कि संस्थाको न्यूनतम तथा तीव्र प्रतिस्पर्धाका कारण नेपाली विद्यार्थीहरू छिमेकी देशतर्फ एमबिबिएस शिक्षा प्राप्ति खातिर धाइरहेका छन्। केही हदसम्म यो बाध्यात्मक अवस्था पनि हो।
नेपाली संस्थामा स्पर्धा गर्न नसक्ने र विदेशका स्तरीय संस्थाहरूमा पनि स्पर्धा गर्न नसक्ने तर एमबिबिएस अध्ययन गरेकाहरूको सङ्ख्या पनि ठूलो छ। एमबिबिएस पढ्ने आर्थिक हैसियत भएका, अभिभावकको भएको, विद्यार्थीले पनि आफ्नो नामको अगाडि डाक्टर उपाधि झुन्ड्याउन चाहने र डाक्टरको मान–सम्मान पाउन चाहने वर्गका विद्यार्थीहरू पनि नेपालमा छन्। नेपाली विद्यार्थीहरू सजिलै डिग्री प्राप्त गर्न सकिने यस्ता संस्थातर्फ पनि आकर्षित भएको देखिएका छन्। विद्यार्थीहरूले कम परिश्रम गर्नुपर्ने, तुलनात्मकरूपमा खर्च पनि कम लाग्ने त्यस्ता संस्थाहरूमा पुगेर पनि कतिपय विद्यार्थीले निकै राम्रो पढाइ गरेका भेटिन्छन् र केही भने प्राप्त प्रमाणपत्रको मर्यादाको मानमर्दन हुनेगरी नेपालको परीक्षामा तीन चित्त हुने गरेका छन्।
एमबिबिएस परीक्षा उत्तीर्ण भइसकेपछि त्यस्ता डाक्टरले आफ्नो पेशालाई व्यावहारिक जीवनमा अँगाल्नुभन्दा पहिले नेपाल सरकारले एउटा परीक्षा लिने गरेको छ। त्यो परीक्षा उत्तीर्ण गरेर प्रमाणपत्र प्राप्त नगरेसम्म देशको कुनै कुनामा जागिर गर्न पाइन्न वा क्लिनिक खोलेर स्वास्थ्य सेवा दिन पाइन्न। विदेशबाट प्रमाणपत्र प्राप्त गरेका कतिपय डाक्टरसाहेबहरू नेपालको यसै परीक्षामा उत्तीर्ण हुने गरेका छन्। हालै एउटा राष्ट्रिय दैनिकमा आएको खबर अनुसार नेपालकै एउटा छिमेकी देशबाट सर्टिफिकेट प्राप्त गरी आएका एक डाक्टर लगातार दर्जनभन्दा बढी पटक अनुत्तीर्ण भएर रेकर्ड कायम गरेका छन्। कतिपय डाक्टरसाहेबहरू पाँच–सात पटक यो परीक्षा दिएर निरन्तर अनुत्तीर्ण भइरहँदा पेशालाई छोडेर अर्को व्यवसाय अँगाल्न पुग्छन्। यसबाट स्पष्ट छ कतिपय सर्टिफिकेट अयोग्यको हातमा पनि पर्ने गरेको छ।
एमबिबिएस पढ्न पाउनु आफैंमा गर्वको कुरा हुनुपर्छ। सम्बन्धित व्यक्ति, परिवार तथा समाजले गर्व गर्नुपर्ने यस पढाइप्रति कुनै विदेशी संस्थामा आफ्ना मेधावी सन्तानलाई पढाउनुपूर्व उक्त संस्थाबाट उत्तीर्ण गरेर नेपाल फर्केका विद्यार्थीहरूको जीवनचर्या वा वास्तविकता बुझ्नुपर्छ। कतिपय अवस्थामा धेरै नेपाली पढिरहेको वा नेपालीले सजिलै प्रवेश पाइरहेको संस्थालाई मात्र रोज्नुभन्दा त्यस्ता संस्थाहरूको गुणस्तरीयतालाई ध्यान दिनु आवश्यक हुन्छ। एमबिबिएसजस्तो गरिमामय अध्ययनलाई सतही किसिमले विद्यार्थी वा अभिभावकले लिनै हुन्न। यही सतही सोच, अनुसन्धान वा आँखा चिम्लने प्रवृत्तिले राष्ट्रले आफ्नो होनहार प्रतिभा गुमाइरहेको हुन सक्छ।
चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भन्ने उखान आफूमाथि चरितार्थ गराउनुभन्दा जुनसुकै संस्थामा अध्ययन गरेपनि यदि विद्यार्थीमा लगनशीलता तथा कर्तव्यनिष्ठता छ भने उसले उदाहरणीय कार्य गर्न सक्छ। आफ्नो अभिभावक र समाजको शिर ठाडो पार्न विद्यार्थीले आफ्नो भविष्य र प्रतिष्ठालाई विदेशी भूमिमा, सम्झेर गर्नुपर्ने कर्तव्य निर्वाह गरिदिए उसको दायित्व तथा राष्ट्रिय धर्म पनि स्वयमेव निर्वाह गरेको ठहरिन्छ।
कुनै पनि तहको पढाइ ईष्र्याले गर्नु हुँदैन। कतैको बाध्यता वा दबाबले पनि शिक्षालाई वास्तविकतातिर उन्मुख गराउँदैन। शिक्षा यान्त्रिक वा प्राविधिक हुन सक्छ तर त्यसलाई अन्तर्हृदयले अङगीकार गरेमा फलीभूत हुने हुन्छ। कसले के पढ्यो त्यो महत्त्वपूर्ण होइनन, आफ्नो रुचि, चाहना, क्षमता बढी महत्त्वपूर्ण हुन्छ। करले भन्दा पनि रहरले पढ्ने पढाइमा सफलता लुकेकै हुन्छ। अभिभावकले ध्यान पुर्याउनुपर्ने यही नेर हो। विद्यार्थीको अनिच्छा हुँदाहुँदै वा बाह्य इच्छाजस्तो मात्र देखाएर विदेश रमणको चाहनालाई बुझ पचाउँदापचाउँदै अभिभावकले सन्तानलाई बाहिर पढाउँदै बीचैमा पढाइ छोडेर घर फर्केको उदाहरण पनि नपाइने होइन। एमबिबिएस एकातिर खेलाँचीको पढाइ होइन भने अर्कोतिर विद्यार्थीको अन्तर्हृदयको चाहना भएमा आकाशको फलजस्तो अप्राप्य पनि होइन। प्रतिभा र अभ्यासले एक–दुई वर्षपछि नेपालकै शैक्षिक संस्थाका लागि योग्यता बनाएका उदाहरणहरू पनि भेटिन्छन्।