राजेन्द्रप्रसाद कोइराला
अन्तत: मधेसी जनअधिकार फोरम नेपाल पाँचौंपटक विधिवतरूपमा फुटेको छ। जयप्रकाश गुप्ताको अध्यक्षतामा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नामले नयाँ दल दर्ता भएको छ। हिजोसम्म सँगै मधेस र मधेसी जनताको हितमा काँधमा काँध जोडेर हिंडेका उपेन्द्र यादव र जयप्रकाश गुप्ता आज एकले अर्कोलाई आक्षेप लगाउनमा व्यस्त छन्। मधेसी दलहरूको यो नियति देखेर मधेसका जनता वाक्क–दिक्क भइसकेका छन्। सद्भावना, तराई–मधेस दलहरू पनि चिराचिरामा विभाजित भएका छन्। यी सबै दलहरू विभाजन कुन बेला भएका छन् भने जहिले सत्तामा जाने बेला हुन्छ त्यसबेला विभाजित भएका छन्। सत्तामा पद पाएकाहरूको विरुद्धमा अर्को गुट, जसले पद पाएको छैन या मन्त्री बन्न पाएको छैन, त्यो गुटले विभिन्न तानाबाना बनाएर दललाई विभाजित गरिहाल्छ। यो तराई–मधेस केन्द्रित दलहरूको इतिहास पनि भएको छ र नियति पनि। मधेसी दलहरूको यो टुट र फुटको संस्कारले तराई–मधेसका जनताको इच्छा र आकाङ्क्षालाई छियाछिया पारेको छ। दल टुट्नु–फुट्नु, गुट, उपगुट बन्नु–बनाउनु, दल विभाजन हुनु आदि इत्यादि यो हाम्रो देशको राष्ट्रिय रोग भएको छ।
केही निहीत स्वार्थ भएका र जनताको जनजीविका, उन्नति र प्रगतिलाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्रश्रय दिने आत्मकेन्द्रित नेताहरूले गर्दा यो राष्ट्रको स्थिति झन्–झन् अद्योगतितिर गइरहेको छ। केही निहीत स्वार्थ भएकाहरूलाई अवश्य खुशी लाग्न सक्छ, दलहरू विभाजित भएको। तर जसले देश, राष्ट्र, राष्ट्रियता,राष्ट्रिय चिन्तन, लोकतन्त्र, लोकतन्त्रको संस्थागत विकास र नागरिक जीवन, जनजीविकामा चासो राख्दछ, उनीहरूलाई अवश्य पनि दलहरूको विभाजनले ज्यादै उदास र चित्त दु:खाइको अनुभूति भएको हुनै पर्छ। राजनीतिक दलहरू विभाजित र टुट–फुट हुनु भनेको जनता विभाजित हुनु, जनता विभाजित हुनु भनेको राष्ट्र कमजोर हुनु हो। जहाँ राष्ट्र कमजोर हुन्छ, त्यहाँ बैरीहरूले चलखेल गर्ने मौका पाउँछन् र राष्ट्रको स्रोत र साधनमा बैरीहरूकै कब्जा हुन्छ। २००७ सालदेखि २०१५ सालसम्मको इतिहास पल्टाएर हेरौं वीपी कोइराला, सुवर्ण शम्शेर र मातृकाप्रसाद कोइराला, के.आई. सिंह, विश्वबन्धु थापा आदिजस्ता पात्रहरूको आपसी खिंचातानी र टुट–फुटले गर्दा प्रजातन्त्र कमजोर भयो। प्रजातन्त्र कमजोर हुने बित्तिकै राजा महेन्द्रले कु गरेर दलविहीन पञ्चायती व्यवस्था देशमा भित्र्याए। ३० वर्षसम्म त्यो व्यवस्था अनवरत् चलिरह्यो। २०४६ सालको जनान्दोलनपछि जनताले आशा र भरोसा गरेका नेताहरू बेइमान, फटाहा, लुटाहा भएर निस्किए। जसले गर्दा व्यक्तिगत टकराव हुन थाल्यो। जसले नेकपा एमाले, नेपाली काङ्ग्रेस सबै विभाजित भए। दल विभाजित भएपछि जनता पनि खण्डिकृत भए। राष्ट्रको सेवा गर्छु भनेर त्याग र बलिदान दिएका नेताहरूले आफ्नो धरातललाई बिर्सेर राष्ट्रलाई भ्रष्टाचार र कमिसनखोरको अखडा बनाउन कुनै कसर बाँकी राखेनन्। जसको परिणाम २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो। जसमा १५/१६ हजार नागरिकले आफ्नो जीवनको आहुति दिए र जनयुद्धको बल र त्यसबेलाका नेता गिरिजाप्रसाद कोइरालाको विवेकले २०६२/६३ को दोस्रो जनान्दोलन भयो। देशमा संविधानसभाको चुनाव भयो, गणतन्त्र घोषणा भयो, देश धर्मनिरपेक्ष घोषित भयो। त्यसबेलासम्म राजनीतिक दलहरूले राम्रै सुझबुझ प्रस्तुत गरे, जसको फलस्वरूप रक्तपातबिना राजा ज्ञानेन्द्रले राजदरबार छाडे र उनी सामान्य नागरिक भए। तर त्यसपछि फेरि राजनीतिक दलहरूले आफ्नो स्वार्थ थोपर्न खोजे। त्यसपछि दलहरू (विशेष गरेर मधेसवादी) विभाजित हुन थाले। मातृकाप्रसाद यादवजस्तो १२ वर्षसम्म जनयुद्ध लडेका व्यक्तिले सानो कुरामा चित्त नबुझ्दा दल टुक्र्याए।
त्यसपछि मधेसवादी दलहरूमा विभाजन हुने महारोग नै लाग्यो र आज मधेसका जनता मधेसका नेताहरूको करतुतले गर्दा छिन्नभिन्न र निराश भएका छन्। मधेसका जनताको एकमुष्ठ आवाज अब छिद्रछिद्र भएको छ। वास्तवमा यो राष्ट्रका लागि ज्यादै ठूलो हानि हो। मधेसी नेताहरूको यही प्रवृत्तिले गर्दा छिमेकी मुलुकले उनीहरूको बीचमा भाँडभैलो गराएर आफू रेफ्री भएर बसिरहेको छ। मधेसका जनताले बुझ्नु ज्यादै जरुरी छ कि छिमेकी मुलुकबाट सबैभन्दा प्रताडित र शोषित मधेसका जनता छन्। एकजना मधेसीमूलका मित्रले एउटा दु:खलाग्दो र कटु सत्य कुरा मलाई भनेका थिए– जब हामी छिमेकी मुलुकमा आफ्नो पहिचान नेपाली भन्छौं, उनीहरूले हामीलाई हेप्ने र हेला गर्ने काम गर्छन्। उनीहरूको नजरमा सेता छाला भएका मात्र नेपाली हुन्। कस्तो कारूणिक कुरा हो यो ? एसएसबी, बीएसएफबाट यदि कोही महिला प्रताडित हुन्छ भने त्यो मधेसको महिला हुन्छ न कि कुनै हिमाल र पहाडको। सीमामा एउटा युवा केटा मरणासन्न हुने गरी पिटिन्छ भने त्यो मधेसकै छोरा पिटिन्छ न कि काठमाडौंको। जब दलहरू विभाजित हुन्छन्, सबैभन्दा दु:ख जनताले पाउँछन्।
राजनीतिमा संस्कार हुनु जरुरी हुन्छ। राजनीति धैर्यता हो, सद्भाव हो, सदाशयता हो, जनतालाई सशक्तीकरण गर्ने एउटा माध्यम हो। राजनीतिज्ञहरू देशको सपनालाई साकार पार्ने अभियन्ताहरू हुन्। जब उनीहरूको राजनीति पृष्ठ बलियो हुँदैन, आचरण भ्रष्ट र घूसखोरी हुन्छ, सत्तालोलुपता हुन्छ र अचानक सङ्क्रमणकालको छालले कसैलाई नेता बनाइदिन्छ तर राजनीतिक पृष्ठभूमि राम्रो नभएका र खराब आचरण भएका नेताहरूमा धैर्यता हुँदैन र आफ्नो निहीत स्वार्थको लागि उनीहरू दल फुटाउन पछि पर्दैनन्। आज मधेसवादी दलहरूमा त्यही भइरहेको छ। जयप्रकाश गुप्ता, विजय गच्छदार आदिजस्ता व्यक्तिहरूको पृष्ठभूमि पल्टाउँदा हाम्रोअगाडि सारा कुरा छर्लङग हुन्छ। मधेसी जनअधिकार फोरमको उदयले राष्ट्रिय राजनीति नै तरङिगत भएको थियो। मधेसी जनताको आवाज बुलन्द भएको थियो। त्यसकै बलमा उनीहरूको हकअधिकार अन्तरिम संविधानमा लिपिबद्ध गर्न सरकार बाध्य भएको थियो। अब अहिले त्यही दल राष्ट्रिय राजनीतिमा हास्यको नमूना भएको छ।
मधेसकै जनताले अब उनीहरूलाई घृणा गर्न थालेका छन्। उनीहरूको इच्छा र आकाङ्क्षालाई तिनै हिमायतीहरूले तुषारापात गरेका छन्। दलहरू यसरी टुक्रिनु र टुक्र्याउनुको परिणाम ज्यादै डरलाग्दो हुन्छ। हिजोसम्म एउटै दलमा बसेका कार्यकर्ताहरू एक अर्काका शत्रु हुन पुग्छन्। यसरी जनता खण्डिकृत हुनु भनेको राष्ट्र खण्डिकृत हुनु हो। मधेसी दलहरूको यही विभाजित मनस्थितिले गर्दा तराई–मधेसमा विकासका कामहरू ठप्प भएका छन्। ठूल्ठूला उद्योगपति, प्राध्यापक, शिक्षक, चिकित्सक, इन्जिनियर यहाँबाट विस्थापित भइसकेका छन् र विस्थापित हुने क्रम पनि चलिरहेको छ।
अरू त के कुरा गर्ने, स्थानीयस्तरमैं हुने विकासका कामहरू अगाडि बढ्न सकेको छैन। स–साना परियोजनाहरू जस्तै: सडक, बिजुली, खानेपानीजस्ता आधारभूत आवश्यकताका वस्तुहरू परिपूर्ति गर्न पनि विभिन्न राजनीतिक दलहरूमा भागबन्डा हुने गर्छ।
अनि कसरी विकासका काम अगाडि बढ्छ।
तराई–मधेसलाई अगाडि
बढाउन अब यहाँका शिक्षित, संस्कारी, सुआचरण भएका युवायुवतीहरू जुर्मुराउन अवश्यम्भावी भइसकेको
छ।