आरके पटेल, १२ जेठ/
भारतीय ठेकेदारले नेपाल भारत सिमाना छुटयाउने सबैठवा गाविस नजिक दसगजा क्षेत्रमा गैरजिम्मेवार तरिकाले निर्माण गरिरहेको बाँधको निर्माण कार्यमा रोक लगाइएको छ।
ठेकेदारले बाँधको निर्माण कार्य राति बिनासूचना एकाएक सुरु गरेको कारण सो क्षेत्र आज दिनभरि तनावपूर्ण थियो।
मुख्य पिलर ४०५ र ४०६ बीच भए बग्ने सिक्टा नदीको पानी नियन्त्रणका लागि बाँध निर्माण भइरहेको हो।
बाँधको कारण सो भेगका दर्जनौं गाविस डुबानमा परी हजारौं बिघा खेतीयोग्य जग्गा वर्षा याममा जलमग्न हुने सबैठवाका शिवपूजन चौरसिया बताउँछन्। सीमास्थित सिक्टा नदीको पुलदेखि १५७ मिटर पर बाँध निर्माण गर्न बिहार सरकारले अनुपुर्णना कन्ट्रक्सनलाई ठेका दिएको छ। ठेकेदारका प्रतिनिधि विक्रांत कुमारले स्थानीय प्रहरीको सहयोगमा राति ११ बजेदेखि गोप्य तरिकाले काम सुरु गरेको सीमावर्ती नेपालका नागरिक बताउँछन्। यस बाँधको निर्माणले नेपाल–भारत सम्बन्ध बिग्रने गाउँलेहरूले बताएका छन्। राति ११ देखि ५० भन्दा बढी टयाक्टर स्काभेटर प्रयोग गरी निर्माण कार्य सुरु भएपछि सबैठवाका जनताले काम रोकेपछि बिहान भारतीय प्रहरीको सक्रियतामा काम सुरु भएको थियो। सो विषयमा विवाद बढ्दै जाँदा नेपाल प्रहरी एवं सशस्त्र प्रहरीको सक्रियतामा दुवै पक्षबीच झडप हुन रोकिएको थियो।
आज पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, नेपाल प्रहरीका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठलगायतको टोली घटनास्थल पुगी भारतीय अधिकारीसँग समन्वय गरी काम रोक्का गराएका छन्। सो बाँध निर्माण भयो भने वर्षामा सीमावर्ती सबैठवा, लहावरथकरी, धोबियाटोला, खेस्राहा, पकहा, धोरेलगायत दर्जनौं गाविसमा ठूलो क्षति पुग्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बेस सबैठवाका प्रहरी निरीक्षक प्रेम सिंह धामीले बताए। भारतीय ठेकेदारका प्रतिनिधि विक्रान्तले अन्तर्राष्ट्रिय सिमाना मिच्ने कुनै उद्देश्य नरहेको बताए। दशगजा क्षेत्रमा कुनै पनि निर्माण गर्दा दुवै देशको सहमतिमा निमार्ण कार्य गर्नु समझदारीविपरीत निर्माण कार्य भइरहेको भन्दै सो काम रोकिएको छ।