$type=ticker$count=12$cols=4$cate=0

नयाँ वर्ष २०६८ मा युवाहरूले सङ्कल्प गरौं

SHARE:

राजेन्द्रप्रसाद कोइराला
    साल २०६७ ले डाँडा काटी सक्यो। साल २०६७ हाम्रो राष्ट्रको लागि मात्र नभएर लगभग सबै राष्ट्रको लागि त्यति फलदायी भएन। २०६८ सालको मिर्मिरेले हामीलाई स्वागत गरिसकेको छ। विशेष गरेर १८ देखि २५ वर्षका ६० प्रतिशत युवा रहेको हाम्रो मुलुकको अहिलेसम्म विकासले काँचुली फेर्न सकेको छैन। जेजति विकास र प्रगति (झिनो मात्रामा भए पनि) यो देशमा भएको छ या त त्यो प्राकृतिकरूपले भएको प्रगति हो या निजी क्षेत्रको प्रयासबाट भएको न कि राज्यले बनाएका नीतिनियमद्वारा। साल २०६८ लाई देशका सम्पूर्ण युवायुवतीले व्यक्तिगत तहमा केही सङ्कल्प गर्नुपर्दछ।
    युवाहरूको बाहुबल, दृश्यावलोकन, दृष्टिकोण, समाज र राष्ट्रिय चिन्तनले मात्र यो राष्ट्रलाई अग्रगामी दिशातर्फ डोर्‍याउन सम्भव प्रत्येक युवाले व्यक्तिगतरूपले केही सङ्कल्पहरू गरेर अघि बढेमा अन्तत: त्यो राष्ट्रको लागि उत्पादक हुनेछ। युवाहरूले के–के सङ्कल्प बनाउन सक्छन् त ?
१) सुर्ती, जाँड, रक्सी, गुटका, पानपराग खाने बानी परेका युवाहरूले यी बानी छाड्नुपर्छ। चटक्कै छाड्न सकिंदैन भने दिनदिनै त्यसको मात्रा र अवधि घटाउँदै लग्ने र दुई महिनाभित्रमा पूरै छाड्न सकिन्छ।
२) अधिकांश युवायुवती आफ्नो
व्यक्तित्व विकासमा ध्यान दिनुभन्दा पनि अरूको ज्यादा चियोचासो गरेर
समय खेर फाल्ने बानी परेको
देखिन्छ। सकिन्छ भने आफ्नो
प्रगतिमा ध्यान दिने बानी बसालौं।
३) धेरै युवाहरू चोकचोकमा घण्टौ उभिएर आफ्नो अमूल्य समय खेर फाल्ने गर्दछन्। त्यो समयलाई पुस्तकालयमा गएर या कुनै सीप सिकेर आफूलाई सशक्तीकरण गर्ने कोसिस गरौं।
४) आजकालका युवायुवतीहरू आफ्नो अधिकांश समय मोबाइलमा झुन्डिएर खेर फालिरहेको यत्रतत्र देख्न सक्छौं। सङ्कल्प गर्नुपर्‍यो कि मोबाइलको दुरूपयोग गर्दिनँ भनेर। मोबाइलको रिचार्ज किन्नलाई ती युवायुवतीहरूले आफ्ना अभिभावकलाई झूटो बोल्नुपर्छ। झूटो बोल्दाबोल्दै त्यो उनीहरूको आचरण बन्छ र आचरण भ्रष्ट हुँदै गएपछि मानिस भ्रष्टाचारी, व्यभिचारी र दुराचारी हुन्छ। अन्तत: त्यस्ता युवायुवती राष्ट्रकै लागि अभिशाप हुन्छन्।
५) प्राज्ञिक (ब्अबमझष्अ) शिक्षाले मात्र अघि बढ्न सकिंदैन। त्यसको लागि सीप, प्राविधिक ज्ञान र इन्टरपर्सनल स्कील (अरूसँग बोल्न र व्यवहार गर्न जान्ने सीप) को ज्यादै जरुरी हुन्छ। यी सबै ज्ञानहरू प्राप्त गर्नको लागि प्रशिक्षण लिनुपर्दछ। डिग्री झुण्ड्याएर मात्रै सफलताको सिंढी चुम्न सकिंदैन।
६) युवायुवतीहरूले आफ्नो मूल्याङकन, विश्लेषण, टिप्पणी आपैंm गर्ने बानी बसाल्नुपर्छ। जसले गर्दा आफ्ना कमी–कमजोरीहरू पहिचान गर्न सकियोस् र त्यसलाई सुधार्दै लग्न सकियोस्।
७) भनिन्छ १०० जना मूर्ख साथीहरूभन्दा एउटा विद्वान शत्रु नै राम्रो। त्यसैले युवायुवतीहरूले कुलतमा लागेकाहरूसँग सङगत नगर्दा नै आफ्नो जीवन अगाडि बढाउन सहज हुनेछ। त्यसमा पनि १८ र १९ वर्षको उमेर भनेको ज्यादै प्रज्वलनशील उमेर हुन्छ। यस उमेरमा आफूलाई सम्हाल्न सकिएन भने जिन्दगीभरि रोदन र पीडाबाहेक केही पनि प्राप्त गर्न सकिंदैन।
८) प्रत्येक युवायुवतीले आफूलाई चिन्नु र जान्नु ज्यादै जरुरी हुन्छ। उनीहरूले यो कुरा सधैं दिमागमा राख्नुपर्‍यो कि हरेक व्यक्तिभित्र विशेष ऊर्जा हुन्छ। त्यो ऊर्जालाई आलोकित बनाउन सकियो भने सफलता अवश्यंभावी छ।
९) युवाहरूमा ठूलो छटपटी हुन्छ– के गरौं ? कसरी गरौं ? कसरी चाँडो सफलता प्राप्त गरौं ? म अरूजस्तो किन हुन सक्दिनँ ? आदि–इत्यादि। हडबडको काम गडबड हुन्छ। कुनै पनि वस्तु प्राप्त गर्न हतारियो भने त्यसको दुष्परिणामको भागिदार आफैं हुनुपर्दछ। सफलता पाउने अभिलाशा सबैले राख्छन् तर ज्यादै कमले त्यो प्राप्त गर्ने तयारी गर्दछन्। त्यसकारण पहिलो आवश्यकता आफूलाई तयार गर्नुमा खर्चिनुपर्छ र युवाहरूले खाली बस्नुहुँदैन। त्यस्तो काममा मात्र हात हाल्नुपर्छ जुन आफूले व्यवस्थापन गर्न सकियोस्। जसरी सङगीत सुन्दा वा सिनेमा हेर्दा आनन्द आउँछ, काम गर्दा त्यस्तै आनन्द आउनुपर्छ। त्यसैले त्यस्तो काम प्रारम्भ गर्नुपर्छ, जुन काममा आनन्द आओस्। आनन्द आउने काम गर्न सकेमा नै युवाहरू छटपटिबाट बाहिर निस्कन सक्छन्।
१०) युवाहरू ज्ञान खोज्नबाट कहिल्यै थाक्नुहुँदैन। ज्ञानको खोजी नैं जीवन र जगत्को बुझाइ हुन जान्छ, जसको फलस्वरूप राष्ट्रले प्रगति गर्न सक्छ।
११) युवायुवतीले गर्नुपर्ने कुरा के हो भने  मानिसको सबैभन्दा ठूलो आवश्यकता शिक्षा मात्र होइन, अपितु राम्रो स्वास्थ्य र सत्चरित्र हो र यिनै जीवनका सबैभन्दा ठूला रक्षक हुन्।
    उत्सुकता र उत्साहित हुनु युवाहरूको चरित्र हो। यो राष्ट्रलाई गतिशील युवाहरूको टड्कारो आवश्यकता छ न कि राजनीतिक दलका पिछलग्गुहरूको। जब युवाहरू दिग्भ्रमित हुन्छन्, ती दिग्भ्रमित युवाहरूलाई भ्रष्ट आचरण भएका राजनीतिक दलहरूले उपयोग मात्र गर्दछन्।
    सद्भावना, सहिष्णुता र राजनीतिक संस्कार तथा संस्कृतिको विकास गरेर राष्ट्र र जनताको लागि त्याग, बलिदानको आवश्यकताबोध गराउने लोकतान्त्रिक आन्दोलनहरूको सार्थकता र त्यसबाट प्राप्त उपलब्धिहरूलाई युवा सम्प्रण र गतिशीलताबाट मात्र जीवन्त राख्न सकिन्छ। प्रत्येक नेपालीको सामान्य चाहना हो– राष्ट्रिय गौरवको प्रवद्र्धन, राजनीतिक स्थिरता, सुशासनको अनुभूति, सुरक्षाको प्रत्याभूति र सामाजिक संरक्षणका साथसाथै सहज जीवनयापन गर्ने अवसरको प्राप्ति। जसलाई युवाहरूले सही मार्गबाट मात्र प्राप्त गर्न सक्छन्। देशका प्रत्येक युवायुवतीले आफूलाई केही बनाउनु छ र राष्ट्रको पहिचानलाई अगाडि बढाउनु छ भन्ने सोच मात्र राखे भने १० देखि १५ वर्षभित्रमा देशले प्रगतिको फड्को मार्ने छ।
    युवाहरूले बुझ्नुपर्‍यो कि भ्रष्टाचार र घूसखोरी हाम्रो देशको राष्ट्रिय संस्कृति र उद्योगभन्दा केही फरक नपर्ला। हाम्रो देशमा घूस उद्योगबाहेक अरू कुन चाहिँ उद्योग फस्टाएको छ र। जब युवाहरू कुनै दलको गुलाम बन्न जान्छन्, त्यहाँ खबरदारी गर्ने कोही नहुँदो रहेछ र त्यहाँ भ्रष्टाचार र घूसको उद्योग फस्टाउन थाल्दछ। परिणामस्वरूप गरिब, निमुखा, सीमान्तकृत, दलित, जनजाति, मधेसी, महिलाको उत्थान र प्रगति नेताहरूको ओठमा र दलको घोषणापत्रमा मात्र सीमित हुन्छ।
    विगत १६/१७ वर्षमा नेपालको राजनीतिक सत्तामा जाने दलहरूले गरिबी र अशिक्षालाई हटाउन चाहेनन् तर केवल सत्तामा जाने प्रतिस्पर्धाका क्रममा मुलुकमा व्याप्त रहेको गरिबी र अशिक्षालाई चुनावी अस्त्रजालको रूपमा जनताको माझमा फ्ँयाक्ने काम गरे। गरिबी, अशिक्षा र बेरोजगारीको पीडाले जनतामा ठूलो छटपटी पैदा भएको छ। लाखौं होनहार युवायुवतीहरू विदेशमा गएर म्ष्चतथ,
म्बलनभच र म्भबमथि काम गर्न बाध्य छन्। आफ्नो देशलाई प्रगति उन्मुख गराउन ती विदेशिएका युवायुवतीहरूले कत्रो ठूलो भूमिका खेल्न सक्थे होलान्। तर राष्ट्रमैं बसेर उद्यमशील हुनुको सट्टामा उनीहरू विदेशिएका छन्। युवाहरूले बुझ्नुपर्‍यो कि जबसम्म आपैंmलाई उठाउन र सुधार्नका लागि तिमी स्वयं तयार हुँदैनौं, तबसम्म अरूले तिमीलाई उठाउन वा सुधार्न सक्दैन। त्यसैले प्रत्येक नेपाली युवायुवतीले सङ्कल्प गरौं केही बन्न, राष्ट्रको ऋण छ हामीमा त्यो पूरा गर्न। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र आत्मस्वाभिमानको रक्षा गर्न। जाँदाजाँदै–
बिहानीको पहिलो किरणसँगै
खुशी तथा रमाउन तिमी
सारा दु:ख कष्टलाई भुलाइ
एक नयाँ बिहानी सुरु गर्नु तिमी
हटोस् सारा दु:ख, पीडा अनि तीतापन
नयाँ वर्षको आशावादी बिहानीले
लम्किरहन सकौं हामी सधैं अगाडि
महिषासुर दैत्यहरूलाई भगाउँदै
राम्रा पाइलाहरू अगाडि बढून्
यही नै हार्दिक मङगलमय शुभकामना
सम्पूर्ण युवायुवतीहरूलाई २०६८ सालको।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नयाँ वर्ष २०६८ मा युवाहरूले सङ्कल्प गरौं
नयाँ वर्ष २०६८ मा युवाहरूले सङ्कल्प गरौं
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/04/blog-post_8780.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/04/blog-post_8780.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy