मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.):
मेष राशि हुनेहरूको यो वर्ष मध्यम फलदायी रहने छ। वृहस्पति गृहको भिन्न प्रभावले बोली र व्यक्तित्व बढ्ने, सन्तानसुख, प्रेममा सफलता, व्यापार–व्यवसायमा प्रगति हुने देखिन्छ। विवाह एवं व्रतबन्ध योग्य व्यक्तिका लागि वर्ष शुभ रहेको छ। तीर्थभ्रमण, घरमा मा·लिक कार्यहरू सम्पन्न हुने देखिन्छ। वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरूमा सफलता मिल्नेछ। वर्षको मङ्सिरदेखि शनि ग्रहको प्रतिकूलताले आर्थिक सङगटको सामना गर्नुपर्नेछ। स्वास्थ्यका क्षेत्रमा खर्च बढ्ने छ। पारिवारिक समस्याले सताउने छ। व्यापार, व्यवसाय र उद्योगहरूमा उतारचढाव देखा पर्नेछ। बौद्धिक वर्ग, विद्यार्थी र कृषकका लागि वर्ष फलदायी रहने छ भने वर्षको उत्तराद्र्धपछि व्यापारी–उद्योगपतिहरूमा असन्तोष, व्यापारमा मन्दी छाउने देखिन्छ। दुर्गा कवच, हनुमान चालिसाको पाठ गर्नु–गराउनु भए अशुभ फलमा कमी आउने छ। आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहेका छन्।
वृष (इ.उ.ए.ओ.वा.वि.बु.वे.वो.):
वृष राशि हुनेहरूको यो वर्ष सामान्य फलदायी रहने छ। राशिबाट बार्हौं वृहस्पतिको प्रतिकूलताले गर्दा शिक्षामा खर्च बढ्ने, बौद्धिक क्षेत्रका कामहरू अधूरो रहने देखिन्छ। वर्षको कार्तिक महिनासम्म शनि, वृहस्पति प्रतिकूल रहेको हुँदा सन्तानबारे चिन्ता बढ्ने छ। विपरीत बुद्धिको विकास हुने, स्वास्थ्यसम्बन्धी समस्याले धन खर्चको योग छ। कार्तिक महिनापछि शनि ग्रह अनुकूल रहनाले नोकरी र सामाजिक कामबाट मानसम्मान मिल्नेछ। वादविवाद–मुद्दामामिलामा विजयको योग छ। जग्गा, जमिन, यातायातका साधन र पशु व्यवसायमा समस्या आउने हुँदा यी क्षेत्रमा हात हाल्दा सतर्कता आवश्यक छ। वर्षको उत्तराद्र्धमा वैदेशिक क्षेत्रका कामहरूमा सफलता मिल्नेछ। बौद्धिक वर्ग, विद्यार्थीका लागि वर्ष सामान्य रहने छ भने उद्योगपति, व्यापारी र किसानको वर्ष फलदायी नै रहने छ। आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन्। यो वर्ष वृष राशिकाहरूले लक्ष्मीनारायणको दर्शन, केराको पूजा र बिहीवारको व्रत लिंदा अशुभ फलमा कमी आउने छ।
मिथुन (क.कि.कु.ध.ङ.छ.के.को.ह)
मिथुन राशि हुनेहरूका लागि यो वर्ष मध्यम फलदायी रहने छ। यस वर्ष वृहस्पति ग्रह राशिबाट लाभस्थानमा रहेर शुभ फल दिनेछन्। वृहस्पतिको शुभ प्रभावले अध्ययन–अध्यापन क्षेत्र सफल रहने छ। ठूल्ठूला बौद्धिक व्यक्तिहरूसँगको सम्बन्ध विस्तारले अधूरा काममा सफलता मिल्नेछ। नयाँ काम प्राप्ति र नयाँ कामको थालनी हुने योग छ। यस वर्ष वैदेशिक क्षेत्रका कामहरू सफल हुनेछन्। वर्षको कार्तिक महिनासम्म अढैया शनिको प्रभावले शत्रुभय–आफन्तमा वैरभाव, मानसिक तनाव, परिवारमा मनमुटाव गराउने छ। आर्थिक समस्या, नशा र वायु सम्बन्धी रोगले सताउने हुँदा खाँदा, हिंड्दा र बोल्दा सतर्कता आवश्यक छ। यस वर्ष खर्चवृद्धि भए पनि आर्थिक लाभ चाहिं सोचेभन्दा बढी नै हुने ग्रहयोग देखिन्छ। वर्षको पूर्वाद्र्धको तुलनामा उत्तराद्र्ध निकै फलदायी रहने छ। यो वर्ष मिथुन राशिकाहरूले पुष्पराज रत्नको औंठी, हनुमान चालिसाको पाठ र पीपलपूजा गर्नुभए भाग्यले साथ दिनेछ। वैशाख, भदौं, मङ्सिर र चैत महिना हरेक दृष्टिले शुभ रहेका छन्।
कर्कट: (हि.हु.हे.हो.डा.दि.डु.डे.डो.)
कर्कट राशि हुनेहरूका लागि यो वर्ष सर्वोत्तम रहने छ। वृहस्पतिको अनुकूल प्रभाव रहनाले अचानक धनलाभ हुने, स्थान, पेशा परिवर्तन हुने एवं पारिवारिक सुखशान्ति मिल्ने ग्रहयोग रहेको छ। यस वर्ष वैेदेशिक क्षेत्रका कामहरू बन्नेछन्। भूमि, वाहन र गृह निर्माणको योग छ। नोकरीमा मानसम्मान, पद, पुरस्कार पाउने देखिन्छ। तपाईं खेलाडी हुनुहुन्छ भने तपाईंको विजयश्री सुनिश्चित छ। वर्षको मङ्सिरदेखि अढैया शनिको प्रभावले काममा विलम्ब हुन्छ। छाला वा छातीसम्बन्धी रोग र अचानक शत्रुभय हुन सक्छ। त्यसैले शनि ग्रहको जप, हवन, दान आवश्यक छ। वर्षको अन्त्यतिर सरकारी झन्झट झमेलामा फस्नुपरे पनि विजय प्राप्त हुनेछ। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहने छन्।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):
सिंह राशि हुनेहरूको यो वर्ष मध्यम फलदायी रहने छ। यस वर्षको कार्तिक महिनासम्म अन्त्य साढेसाति शनि ग्रहको अशुभ प्रभावले अनावश्यक झन्झट आइलाग्ने, अपमान, अपजसको सामना गर्नुपर्नेछ। सञ्चित धनको खति, स्थान परिवर्तन, सरुवा, बसाइँसराइको सम्भावना रहेको हुँदा शनिदेवको जप, हवन, दान गराउँदा अशुभ फलमा कमी आउने छ। वर्षभरि नैं वृहस्पतिको शुभ प्रभावले विवाह एवं व्रतबन्ध योग्य व्यक्तिका लागि यो वर्ष अत्यन्तै शुभ छ। वृहस्पतिको अनुकूलताले तीर्थभ्रमण हुने, घरमा धार्मिक कार्यहरू हुनेछन्। बोली–व्यक्तित्व बढ्ने छ। साथीभाइको महत्त्वपूर्ण सहयोग मिल्ने, परीक्षा आदि प्रतिस्पर्धामा सफलताको योग देखिन्छ। वर्षको अन्त्यतिर आर्थिक उन्नतिका नयाँ अवसरहरू प्राप्त हुनेछन्। वर्षको पूर्वाद्र्धमा केही समस्या देखिए तापनि उत्तराद्र्धमा भने सोचे–आँटेको काममा सफलता सुनिश्चित छ। आर्थिक दृष्टिले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहने छन्।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो.):
कन्या राशि हुनेहरूको यो वर्ष सामान्य रहने छ। राशिबाट अष्टम वृहस्पति र साढेसाति शनिको प्रभावले अध्ययन–अध्यापन क्षेत्र अधूरो रहने छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। यस वर्ष सामाजिक, राजनीतिक र नोकरीका क्षेत्रमा संलग्न व्यक्तिहरूले अपजस, अपमानको सामना गर्नुपर्नेछ। शनिको अशुभ प्रभावले आफन्तमा मनमुटाव, सञ्चित धनको खति गराउने छ। आफ्नो पुख्र्यौली सम्पत्तिमा पनि विवाद देखा पर्ने हुँदा सतर्कता आवश्यक छ। यति हुँदाहुँदै पनि वैदेशिक क्षेत्रका कामहरू सफल हुने छन्। व्यापार, पशुपालन र उद्योग व्यवसायबाट आर्थिक लाभ हुनेछ। असार, साउन, मङ्सिर र फागुन महिना आर्थिकरूपमा शुभ रहेका छन्। शनि, वृहस्पति ग्रह शान्तिका लागि देवदर्शन, वृद्धवृद्धाको सेवा, अनाथलाई भोजन, शिक्षाको व्यवस्था, बिहीवारको व्रत, हनुमान चालिसा, तुलसीकृत सुन्दरकाण्ड रामायणको पाठ गर्दा अशुभ फलमा कमी आउने छ।
तुला (रा.री.रू.रे.रो.ता.ती.तु.ते):
तुला राशि हुनेहरूको यो वर्ष मध्यम फलदायी रहने छ। वृहस्पतिको शुभ प्रभावले गर्दा व्यापार–व्यवसायमा प्रगति, प्रेममा सफलता, विवाहयोग्य व्यक्तिहरूका लागि यो वर्ष शुभ रहने छ। धार्मिक, सामाजिक क्षेत्रमा रुचि बढ्ने छ। आम्दानीका नयाँ बाटाहरू फेला पर्नेछन्। नोकरी र राजनैतिक क्षेत्रमा सफलताको योग रहेको छ। अधूरा कामहरू वर्षको उत्तराद्र्धमा सफल हुनेछन्। राशिबाट साढेसाति शनिको अशुभ प्रभावले शरीरमा आलस्य, अनावश्यक काममा समय, क्षय र सम्पत्ति दुरुपयोग हुन सक्छ। आफन्तमा वैरभाव हुने, सञ्चित धन खति हुने हुँदा शनि ग्रहको जप र हवन, दान र हनुमान चालिसाको पाठ गर्नाले शुभ फल प्राप्त हुनेछ। साउन, भदौ, पुस र चैत महिना आर्थिक दृष्टिले शुभ रहने छन्।
वृश्चिक (तो.ना.नि.नू.ने.नो.या.यि.यू):
वृश्चिक राशि हुनेहरूको यो वर्ष सामान्य बित्नेछ। वर्षको कार्तिक सम्मको समय एकादश शनिको शुभ प्रभावले गर्दा सामान्यतया राम्रै रहला। यस अवधिमा आम्दानीमा वृद्धि हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याबाट राहत मिल्नेछ। वर्षको कार्तिकपछि आद्य साढेसाति शनि, षष्टम वृहस्पति र राहु केतुको प्रतिकूल अवस्थाले गर्दा अनावश्यक धन खर्च हुने, शरीरमा चोटपटकको भय रहने, आफन्तमा मनमुटाव, पारिवारिक अशान्तिजस्ता फल भोग्नुपर्नेछ तर पनि व्यापार, भूमि, वाहनबाट लाभ मिल्नेछ। सामाजिक र राजनैतिक क्षेत्र सफल देखिन्छ। शिक्षामा परिश्रम र लगानीअनुसार परिणाम नआउँदा मन खिन्न रहला। आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहने छन्। सात्त्विक र सदाचारी हुनुभए अशुभ फलमा कमी आई शुभ फल प्राप्त हुनेछ।
धनु (ये.यो.भा.भी.भू.ध.फ.ढ.भो.):
धनु राशि हुनेहरूका लागि यो वर्ष फलिफापपूर्ण रहने छ। नोकरी एवं रोजगारमा सफलता मिल्नेछ। घरमा मा·लिक कार्य सम्पादन हुनेछ। वृहस्पति ग्रहको शुभ प्रभावले शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। तीर्थभ्रमण, धर्म एवं समाज सेवाका क्षेत्रमा खर्च बढ्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याबाट राहत मिल्नेछ। कार्तिकपछि एकादश शनिको अनुकूलताले आर्थिक उन्नति हुने, मानसम्मान मिल्ने, स्थानान्तरण र पदोन्नतिको योग देखिन्छ। यस वर्ष धनु राशिका व्यक्तिहरूको पशु व्यवसाय र कृषिबाट मध्यम लाभ रहे पनि व्यापारबाट राम्रो आम्दानी हुने ग्रहयोग छ। आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना अनुकूल रहने छन्।
मकर (भो.जा.जी. जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी.):
मकर राशि हुनेहरूका लागि यो वर्ष मध्यम फलदायी रहने छ। कार्तिकसम्मको समय झन्झटिलो छ। शनि प्रतिकूल रहनाले थोरै आम्दानीका लागि पनि धेरै परिश्रम गर्नुपर्नेछ। कार्तिकपछि नोकरी र सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। ठूला व्यक्तिसँगको स·तले काम, दाम दुवै मिल्नेछ। यस वर्ष राशिबाट सुरवेश वृहस्पति प्रतिकूल छन्। वृहस्पतिका कारण पारिवारिक समस्या उत्पन्न हुनेछ। आफन्तमा मनमुटाव हुने, मानसिक तनावका कारण काममा जाँगर चल्ने छैन। व्यापारमा मन्दी छाउने छ। वैदेशिक क्षेत्रको काम र अध्ययन क्षेत्र अधूरो रहने छ। लगानी एवं परिश्रम अनुसार शिक्षामा प्रगति नहुँदा दिक्क लागेर आउने ग्रहयोग छ। यति हुँदाहुँदै पनि सन्तान सुख र घरमा मा·लिक कार्य भने सम्पन्न हुने देखिन्छ। आर्थिक दृष्टिले असार, कार्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन्।
वैशाख १ गते प्रकाशित तपाईंको वार्षिक राशिफल–२०६८ को छुटेको अंश
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द.):
कुम्भ राशि हुनेहरुका लागि यो वर्ष सुधारोत्मुख रहनेछ। कार्तिकसम्म अढैया शनिको प्रभावले काममा ढिलासुस्ती हुने, शरीरमा आलस्य एवं मनमा भय रहनेछ। स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापर्नेछ। मङ्सिरदेखि शनि, वृहस्पतिको अनुकूलताले गर्दा विविध समस्याबाट राहत मिल्नेछ। पारिवारिक समस्या समाधान हुनुकासाथै आम्दानी पनि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ हुनेछ। नयाँ कामको थालनी हुने नोकरी र व्यापार क्षेत्र शुभ रहेको छ। बौद्धिक क्षेत्रका कामहरु भने सन्तोषजनक हुने छैनन्। हनुमान चालिसा र तुलसीकृत रामायणको पाठ, शनि ग्रहको जप, हवन, दान गराउँदा शनिजन्य अशुभ फलमा कमी आउनेछ। वैशाख, साउन, मङ्सिर र पुस महिना आर्थिक दृष्टिले शुभ रहेका छन्।
मीन (दी.दू.थ.झ.ञ.दे.दो.च.ची):
मीन राशि हुनेहरुका लागि यो वर्ष मध्यम फलदायी रहनेछ। कार्तिकसम्मको समय राम्रो छ। यस अवधिमा कुटुम्ब वृद्धि, पारिवारिक सुख र आर्थिक उन्नति हुने देखिन्छ। वृहस्पति अनुकूल रहनाले समस्यासँग लड्नसक्ने क्षमता बढनेछ। बौद्धिक क्षेत्रका कामहरु बन्नेछन्। वैदेशिक क्षेत्र सफल रहनेछ। कार्तिकपछि अष्टम अढैया शनिको प्रभावले स्वास्थ्य समस्या देखापर्नेछ। आर्थिक आम्दानीका क्षेत्रहरुमा समस्या, अडचन देखा पर्नेछ। शरीरमा आलस्य, मनमा भय र काममा ढिलासुस्ती हुनेछ। आफन्तसँग मनमुटाव र पारिवारिक समस्या उत्पन्न हुनेछ। विधिपूर्वक शनिको शान्ति गर्नाले अशुभ फलबाट बच्न सकिन्छ। आर्थिक दृष्टिले जेट, भदौ, पुस र माघ महिना शुभ छन्।
ग्रहा: राज्यं प्रयच्छान्ति ग्रहा: राज्यं हरन्ति च।
ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं सचराचरम्।।
अन्त्यमा पाठक वर्गमा नव वर्ष २०६८ ले राष्ट्रमा दिगो शान्ति, स्थिरता, व्यक्तिमा नयाँ उच्साह र उम· ल्याउन सकोस्। यही हार्दिक म·लमय शुभकामना।
–ज्यो. पं. छविरण सुवेदी, बारा
ज्योतिषी पं. छविरमण सुवेदी, सि.सं.मा.वि.कलैया