सञ्जय साह ‘मित्र’
शिक्षण कार्यभन्दा पृथक जिम्मेवारीका लागि सरकारले शिक्षकलाई कमै मात्र अवसर प्रदान गरेको देखिन्छ। त्यस्ता कमै जिम्मेवारीमध्ये निर्वाचन र राष्ट्रिय जनगणना प्रमुख हुन्। सरकारले स्थानीय निकायको निर्वाचनमा सबभन्दा महत्त्वपूर्ण कार्य मतदान अधिकृतदेखि सहायक कर्मचारीसम्मको कार्य सम्पन्न गराउनमा पनि शिक्षकलाई खटाउँछ। निर्वाचनमा धेरै कर्मचारी चाहिएको हुन्छ, एकै गाविसमा पनि कम्तीमा एकदेखि दुई, तीन वा चारवटा मतदान केन्द्र–उपकेन्द्रहरू तोकिएका हुन्छन्। सबैमा कर्मचारी खटाएर निर्वाचन सम्पन्न गर्न शिक्षकलाई यसकारण प्राय: खटाइन्छ कि शिक्षकको सञ्जाल गाउँस्तरसम्म हुन्छ। हरेकजसो गाउँ र टोलसम्म खुलेका विद्यालयहरूले समुदायमा रहेर काम गर्नु परिरहेको हुन्छ र त्यही समुदायमा मतदान कर्मचारी बनाएर पठाउँदा सामान्यतया शिक्षकले सजिलै समायोजन गर्न सकी राष्ट्रको महत्त्वपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहज हुन्छ।
निर्वाचनजस्तै महत्त्वपूर्ण तर निर्वाचनभन्दा निकै भिन्न किसिमको अर्को कार्य राष्ट्रिय जनगणना हो। राष्ट्रिय जनगणना पनि राज्यले विगत लामो समयदेखि गराउँदै आएको छ र वि.सं. २०४८ को राष्ट्रिय जनगणनादेखि शिक्षकलाई जिम्मेवारी दिन थालिएको छ। प्राय: दस वर्षको अन्तरालमा भइरहेको जनगणनाले देशको विभिन्न निकायलाई कार्ययोजना बनाउन सजिलो त पुर्याउँछ नै, यसले अन्तर्राष्ट्रिय महत्त्व पनि राख्दछ। यसकारण जनसङ्ख्याबारे विविध किसिमले सही तथ्याङक आउनु उत्तिकै जरुरी हुन्छ। र नागरिक, नागरिकको रहनसहन, जाति, धर्म, संस्कृति, भाषा, उमेर, शिक्षालगायत विषयमा त्यही गाउँमा कार्यरत शिक्षकभन्दा अन्यत्र काम गरिरहेका कर्मचारीले बढी जानकारी राख्न सक्ने अवस्था कमै हुन्छ। कतिपय समुदायका सदस्यहरू नचिनेका कर्मचारीका अगाडि आफ्नो सही विवरण दिन नमान्ने अवस्था हुन्छ, यस्तो अवस्थामा नमिल्ने विवरण दिंदा पनि अन्य कर्मचारीले सही मानेर लेख्नुपर्ने हुन्छ तर सोही समुदायमा महिनौं–बर्सौदेखि कार्यरत शिक्षकले भने धेरै कुरा थाहा पाइराख्ने हुनाले सम्बन्धित व्यक्तिले गलत वा नमिलेको विवरण दिएर ढाँट्न खोज्दा शिक्षकले तिनलाई सम्झाउने, बुझाउने तथा सही कुरा भन्न लगाउने अवस्था गर्न सकिन्छ, हुन्छ। यसले गर्दा राष्ट्रिय जनगणना दिने तथ्याङकमा सही र भरपर्दो विवरण आउने सम्भावना बढी रहन्छ। यसको अर्थ अन्य कर्मचारी वा वर्गले यस्तो गर्नै सक्दैन भन्ने कदापि होइन, शिक्षकलाई अन्य क्षेत्रका कर्मचारीहरूलाईभन्दा केही सजिलो हुन्छ भन्ने मात्रै हो।
राष्ट्रिय जनगणनाको एघारौं संस्करण आगामी असार १ गतेदेखि १३ गतेसम्म सम्पन्न हुँदैछ। केन्द्रीय तथ्याङक विभागले यस राष्ट्रिय जनगणनाका लागि सार्वजनिक विद्यालयका बयालिस हजार पाँच सय शिक्षक परिचालन गर्ने भएको छ। जनगणनामा जाने सम्पूर्ण शिक्षकमध्ये आठ हजार पाँच सय निम्न माध्यमिक शिक्षक सुपरीवेक्षक र चौंतीस हजार प्राथमिक शिक्षक गणकका रूपमा परिचालित हुनेछन्। यसमा चालीस प्रतिशत महिला शिक्षक रहने जनाइएको छ। जनगणनाका लागि छानिने शिक्षकलाई जिल्ला जनगणना कार्यालयले एक साताको प्रशिक्षण दिनेछ। सुपरीवेक्षकलाई २२ वैशाख र गणकलाई २५ जेठदेखि यस्तो प्रशिक्षण दिइने सुनिन्छ। तथ्याङक विभागले तयार गरेको प्रश्नावली अनुसार विवरण सङकलन गर्ने विधिबारे शिक्षकहरूलाई प्रशिक्षण दिइने छ। एकजना गणकले औसतमा एक सय पचहत्तरदेखि दुई सय घरधुरीको विवरण सङकलन गर्नुपर्ने अवस्था रहने देखिन्छ। यसपटकको जनगणनामा माध्यमिक तहमा कार्यरत शिक्षकलाई भने सुपरीवेक्षक वा गणकका रूपमा जिम्मेवारी नदिइने बुझिएको छ।
जनगणनाको जिम्मेवारी लिनलाई शिक्षकवर्ग तयार भएर बसेका छन्। लामो समयदेखि चर्चामा रहेको यो जनगणना विभिन्न मानेमा विभिन्न विशिष्ट महत्त्व राख्दछ। यस अघिको जनगणना त्यत्ति विश्वसनीय बन्न सकेन। देश द्वन्द्वको अवस्थामा थियो। तत्कालीन विद्रोही र सरकारको जनगणना सम्बन्धी धारणामा विविधता थियो। एक किसिमले सरकारको (राज्यको) उपस्थिति बलियो रूपमा ग्रामीण क्षेत्रहरूमा थिएन। विद्रोहीहरूले पनि सरकार (जनसरकार ?) चलाएको अवस्था थियो। दिनरात भिडन्तका खबरहरू आइरहन्थे। गणकहरू निर्भय हुन सकेका थिएनन्। गाउँ–गाउँमा पुग्न सक्ने अवस्था नै थिएन। यसले कतिपय जिल्लामा नमुना जनगणना मात्र गर्न सकिएको थियो, जनगणनाको औपचारिकता पूरा गरिएको थियो। यसकारण कतिपय विवरणहरू यथार्थरूपमा जनगणनामा आउन सकेका थिएनन् वा जनगणनामा प्रवेश हुनबाट वञ्चित रहेको अवस्था थियो। यसपटकको अवस्थामा परिवर्तन आएको छ, देशमा शान्तिपूर्ण अवस्था छ। राजनैतिक अवस्था जेजस्तो रहे पनि द्वन्द्वको भीषण युग र कष्टकर दिनहरूलाई नेपालले पार गरिसकेको छ।
यस अवस्थामा जनगणनामा समावेश गरिने विवरणहरू तुलनात्मक रूपमा भरपर्दो, विश्वसनीय र देशको वास्तविक चित्र प्रस्तुत गर्ने हुन्छ। वि.सं. २०४८ मा भएको शान्तिपूर्ण जनगणनापश्चात् अहिलेको जनगणना शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेकोले यसले देशको विभिन्न क्षेत्रमा बदलिएको परिस्थितिलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय परिदृश्यमा छर्ल· पार्नेछ। कतिपय नयाँ विषयवस्तुलाई राष्ट्रसामु ल्याउने छ।
चेतनाका दृष्टिले विचार गर्ने हो भने दुई दशकअघिको नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता आइसकेको छ। नेपालीहरू जनताबाट नागरिक भइसकेका छन्। स्वयं देश नै प्रजातान्त्रिक युगबाट लोकतन्त्र–गणतन्त्रको व्यवस्थापन गर्ने चरणमा प्रवेश गरेको छ। यसबीच ठूल्ठूला आन्दोलन र क्रान्तिहरू भएका छन्। यतिमात्र होइन, राजनैतिक सङ्घसंस्था, भ्रातृ स·ठन, सामाजिक सङ्घसंस्था अनि जातीय र भाषिक तथा सांस्कृतिक अधिकारसँग सम्बन्धित स्वरूपमा संस्थाहरूको निर्माणमा तीव्रता आएको छ। गतिविधि विस्तार तीव्र रूपमा भएको छ। यसले जनगणनामा आफ्नो जाति, भाषा तथा सम्प्रदायको प्रवेशमा नागरिकको अभिरुचि वृद्धि भएको छ। कतिपय विवरणहरू तथ्याङकमा समावेश हुन नसकेर आफूलाई पछाडि परेको ठान्नेहरूलाई समेत अहिलेको जनगणना निकै महत्त्वपूर्ण हुनसक्ने देखिन्छ। देश समावेशीकरणतर्फ उन्मुख भएको व्यावहारिक यात्राको प्रारम्भ बिन्दुमा रहेकोले देशलाई पनि विभिन्न क्षेत्रमा नवीन तथ्याङकहरू चाहिएको छ। गणतान्त्रिक नेपालको समावेशी अवधारणा अनुरूपको राष्ट्रिय जनगणना सम्भवत: यो नै पहिलो होला। यसको हरेक दशकको औपचारिक महत्त्व मात्र नभएर जातीय, भाषिक, सांस्कृतिक, साम्प्रदायिक दृष्टिले पनि यसपटकको जनगणनाको विशेष र दीर्घकालीन महत्त्व हुनेछ। राष्ट्रको यही दीर्घकालीन महत्त्व राख्ने राष्ट्रिय जनगणनाको महत्त्वपूर्ण जिम्मेवारी शिक्षकलाई सुम्पेर शिक्षकमाथिको विश्वासको आधारलाई अझ बलियो बनाएको छ। शिक्षक वर्ग पनि राष्ट्रको विश्वासलाई व्यवहारमा देखाएर राज्यको पुन:संरचनादेखि लिएर अन्य सम्पूर्ण क्षेत्रमा सहयोग पुर्याउने राष्ट्रिय जनगणना २०६८ लाई सफलतापूर्वक सम्पन्न गर्न, सबैको अधिकारलाई सुनिश्चित गर्ने आधारमा तथ्य सङकलन गरी शिक्षकहरू आफ्नो कर्तव्यमा खरो उत्रनेमा सम्पूर्ण क्षेत्र विश्वस्त छ।