प्रस, कलैया, १३ वैशाख/
लायन्स क्लब कबहीजब्दीको आयोजनामा कबहीजब्दी गाउँमा सञ्चालित २०–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत मङगलवार भएको खेलमा स्पोर्ट्स क्लब गंजभवानीपुर विजयी भएको छ। गंजभवानीपुर खजुरिया क्रिकेट क्लबलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरी विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको गंजभवानीपुरले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १९ रन बनायो। प्रत्युत्तरमा खजुरियाले १४ ओभर ५ बलमा सबै विकेट गुमाएर ४७ रनमा समेटियो।
प्रतियोगितामा ३३ रनको योगदान गरेबापत गंजभवानीपुरका गुडु गुप्ता म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा बुधवार गंजभवानीपुर क्रिकेट क्लब र खुटवा परसौनी भिड्ने आयोजक क्लबका अध्यक्ष राजनकुमार सिंहले जानकारी दिए।
रौतहटमा जिल्लास्तरीय रेडबुल फूटबल प्रतियोगिता
बिएन महतो, च.पुर , १३ वैशाख/
रौतहट जिल्लाको चन्द्रनिगाहपुर– १ स्थित खेल मैदानमा जिल्लास्तरीय लिगकम नकआउट रेडबुल फूटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता अखिल नेपाल फूटबल सङ्घ चन्द्रनिगाहपुरको आयोजनामा सञ्चालन भएको हो।
फूटबल सङघको वार्षिक कार्ययोजनाअनुसार प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगिता अखिल नेपाल फूटबल सङ्घका अध्यक्ष नेपाल कार्कीको अध्यक्षता, गाविस सचिव खडकबहादुरको प्रमुख अतिथ्य, इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गोपाल बराल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौतम मिश्र, सशस्त्र बेस क्याम्प सन्तपुरका डीएसपी मानबहादुर कुँवर, पत्रकार शिवपुरी, नुनथर एफएमका दिपेश पौडेल र विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा सुरु भएको थियो।
आजको खेल जनज्योति युवा क्लब र सरस्वती युवा क्लबबीच हुँदा जनज्योति युवा क्लबलाई सरस्वती युवा क्लबले शून्यको विरुद्ध एक गोलले पराजित गर्यो। सेकेन्ड हाफपछि सुवराज ठोकरले गोल हानी सरस्वती युवा क्लबलाई विजयी बनाउन सफल भएको नेपाल फूटबल सङ्घका अध्यक्ष नेपाल कार्कीले बताए। भोलिको खेल युवा जागरण परिवार र जनचेतना युवा क्लबबीच हुनेछ। साथै चन्द्रनिगाहपुर–२ स्थित खेल मैदानमा अर्को टीम बागमती युवा क्लब र सङगम युवा क्लबबीच अलग–अलग खेल हुनेछ।