प्रस, पर्सा, ९ वैशाख/
जनतान्त्रिक तराई मुक्ति मोर्चा
(पृथ्वी समूह)का अध्यक्ष पृथ्वी सिंहले मोर्चाका नाममा चन्दा माग्नेहरू अपराधी हुन् भनी बताएका छन्। मोर्चाले चन्दा सङकलनको कार्यक्रम बन्द गरेको बेला सत्तारूढ दलको कार्यकर्ताको आवरणमा रहेका अपराधीहरूले मोर्चाको नामले चन्दा माग गरी मोर्चालाई बदनाम गराइरहेको उनको भनाइ छ।
मधेस मुक्तिको नाममा खोलिएका भूमिगत सङगठनले पर्साको ग्रामीण क्षेत्रमा फोन धम्कीमार्फत् चन्दा आतङक मचाएको समाचार यस दैनिकले प्रकाशित गरेको थियो। सदरमुकाम वीरगंजमा भूमिगत गिरोहको आतङक न्यून भएपनि ग्रामीण क्षेत्रमा विगत २ महिनादेखि पृथ्वी समूहको नामले इँटाभट्टा, किराना पसल, पानपसल, सुर्ती पसल, सरकारी कर्मचारी, एनजीओकर्मी र सङ्घ संस्थासँग चन्दा मागी आतङक मचाउने कार्य भइरहेको समाचार प्रकाशित भएपछि सिंहले फोन मार्फत् सो प्रतिक्रिया दिएका हुन्।
जिल्लाको बनकटवा, सतवरिया, महुवन, पोखरिया, परशुरामपुर, भेडिहारी, मुडली, जानकीटोला, मानिकपुर, बलुवा, बैरिया, शिबर्वा लगायत गाउँमा अपराधीहरू सत्तारूढ दलको कार्यकर्ता भई प्रशासनको आँखामा छारो हाल्दै भूमिगतको नामले चन्दा सङककलन गरिरहेका हुन्। चन्दा माग्ने अपराधीहरूको पहिचान खुलिसकेको र धरपकडको सूची तयार भइरहेको प्रहरीले जनाएको छ।