प्रस, पर्सा, ११ वैशाख/
प्रहरी प्रशासनले वीरगंजमा छैटौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।
जिल्ला प्रशान कार्यालय, पर्साको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरगंजको घण्टाघरमा मार्चपास गरी बृहत् र्याली निकालेका थिए। घण्टाघरबाट निस्केको र्याली नारायणी उपक्षेत्रीय अस्पताल पुगी बिरामीलाई र बिर्ता स्थित बालकल्याण गृहमा फलफूल वितरण गरेको थियो।
बिहान र्यालीका लागि प्रहरी प्रशासन घण्टाघर पुगेर लामो समय राजनीतिक दलको प्रतीक्षा गरेर ९ बजे र्याली निकालेको थियो। प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको अगुवाइमा निस्केको र्यालीमा एमाले पर्साका अध्यक्ष विजय महतो, विचारी यादव, नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष नेजामुद्दिन समानी, सद्भावना (आ.) का चन्द्रभूषण साह, माओवादीका जोगिन्दर साह तथा सरकारी कर्मचारी शान्ति समितिको ज्याकेट लगाई सामेल भएका थिए।
लोकतन्त्र दिवसको पर्वमा जनसहभागिता गराउन तीन–तीनपटक राजनीतिक दलसँग छलफल भएपनि सहभागिता एकदमै न्यून देखिएको गुनासो प्रहरी प्रशासनको थियो। जनताको महान् क्रान्तिबाट आएको लोकतन्त्र दिवसमा राजनीतिक दलको नाम मात्रको उपस्थितिले चित्त दु:खेको सुरक्षा अधिकारीहरूले गुनासोसमेत गरेका थिए ।