आइतवार देशमा छैटौं लोकतन्त्र दिवस मनाइयो। यसले हामीकहाँ पाँच वर्ष पहिले लोकतन्त्र स्थापित भइसकेको कुरा जनाउँछ। लोकतन्त्र भनेको के हो ? लोक अर्थात् सामान्य जनताको इच्छा र आकाङ्क्षाअनुसार चलेको शासन व्यवस्था। शासन व्यवस्था चलाउने मूल आधार संविधान हो। संविधानको व्याख्या गर्ने कानुन हो। जब यस देशमा
कुनै पनि राजनीतिक दलको अभीप्सा नभएको, मात्र जनताको हित हुने, सबैथरी लोकको कल्याण बोकेको संविधान जारी हुन्छ, संविधानका साथै लोककल्याणकारी कानुन निष्पादित हुन्छ अनि मात्र लोकतन्त्र आएको भन्न मिल्छ। अहिले लोकतन्त्र छैन, कहिले यहाँ काङ्ग्रेसीतन्त्र देखिन्छ, कहिले एमालेतन्त्र भने कहिले ए.माओवादीतन्त्र। संविधान बनाउने कुरामा जुन ढिलो भइरहेको छ, त्यसका पछाडि पनि यिनै राजनीतिक दलहरूको आफ्नो इच्छानुसारसंविधान बनाउने चेष्टाले काम गरिरहेको छ। वास्तवमा अहिले देशमा कुनै पनि तन्त्र छैन, मात्र हुलतन्त्र छ र हुलतन्त्र कदापि लोकतन्त्र हुन सक्दैन। त्यसैले लोकतन्त्र दिवस एउटा औपचारिकता पूरा गर्नेगरी मनाइएको छ। राजधानीमा शीर्ष दलका शीर्ष नेताहरु तथा विभिन्न कारणले उच्च पदमा आसीन व्यक्तिहरु मिलेर लोकतन्त्र मनाएका छन्।
जनताको भित्री हृदय उद्वेलित हुनेगरी जबसम्म लोकतन्त्रले मान्यता पाउँदैन खासमा लोकतन्त्र बहाल भएको मान्न सकिन्न। अहिले केही खास वर्गको लागि लोकतन्त्र आएको छ, उनीहरूले नै लोकतन्त्रको उपभोग गरिरहेका छन् र जनतालाई लोकतन्त्र आएको भ्रम छरिरहेका छन्। लोकतन्त्र सभासद्हरूका लागि आएको छ, जो आफ्नो तन्त्र भन्दै प्रत्येक वर्ष तलब–भत्ता खानेगरी संविधानसभाको म्याद बढाउने ध्याउन्नमा लागेका छन्। लोकतन्त्र मन्त्रीहरूका लागि आएको छ, जसमाथि दायित्व केही छैन तर राष्ट्रिय सुविधा उपभोग गर्ने स्वतन्त्रता चाहिं यथेष्ट छ। लोकतन्त्र ती राजनीतिक कार्यकर्ताहरूलाई पनि आएको छ, जो वर्तमान राजनीतिको तरलताको फाइदा उठाई जनताको भागको सुविधा आफ्नो घरमा भित्र्याइरहेका छन्। लोकतन्त्र तिनका लागि पनि छ, जो निर्धा नेपालीको छाती र टाउकोमा गोली प्रहार गरेर पनि निर्भय घुमिरहेका छन्। ती नेपालका जुझारु अपराधी होऊन् अथवा भारतकास तिनले निर्धक्क धम्की दिन, रङगदारी उठाउन पाइरहेका छन्। तर बबुरो नेपाली जनता जसको नाममा यी सारा अवसरवादीहरू खेलिरहेका छन्, निरीह–निरुपाय सारा खेल हेर्न बाध्य छ।
लोकतन्त्र तब आउँछ जब एउटा गाउँले आफ्नो आवश्यकताको सामान खरिद गरी शहरबाट राति अबेर घर फर्कन सक्छ र आफ्नो गाउँको विकासका लागि गाउँमै बसेर छलफल गर्न सक्छ। लोकतन्त्र तब आउँछ जब जनताले मन्त्रीलाई ‘तिमीले हिजो भनेको कुरा किन पूरा हुन सकेन, तिमी अयोग्य रहेछौ’ भन्न सक्छ। लोकतन्त्र तब आउँछ जब कारखानाबाट घर फर्केको मजदुरको मुहारमा सधैं उत्फुल्लता देखिन्छ। किसानले शहरमा पसेर आफ्नो इच्छानुसार सामान खरिद गर्न सक्छ। यात्रुले निर्विघ्न यात्रा पूरा गर्न सक्छ। पेट्रोलका लागि पङ्क्तिमा उभिनुपर्दैन। विद्युत् लोडसेडिङले निथ्रुक्क पसिनाले भिजेर आफ्नो नियतिलाई सराप्नुपर्दैन। जब सबै नेपाली आफू नेपाली भएकोमा गर्व गर्न सक्छन् अनि मात्र लोकतन्त्र आएको मान्नुपर्छ। त्यसैले त वीरगंजमा मनाइएको लोकतन्त्र दिवसमा प्रहरी र लाज पचाउन चार थान राजनीतिक कार्यकर्तामात्र सहभागी भएका थिए।