प्रस, पर्सा, १५ वैशाख/
फोटो पत्रकार प्रवीण मानन्धरले मोफसलमा नयाँ प्रयोग थालनी गरेका छन्। राजधानीको सिको गर्दै पत्रकार मानन्धरले वीरगंजमा पहिलोपटक फोटो ग्यालरीको आयोजना गरेका छन्।
नयाँ वर्षको अवसरमा वीरगंज, हिमाञ्चल केबिनमा उनले पर्सा–बारामा खिंचेका विभिन्न १३ वटा उत्कृष्ट फोटोहरू ग्यालरीमा राखेका छन्। राजधानीमा होटल, रेस्टुराहरूमा फोटो ग्यालरीको आयोजना गरिने र त्यहाँ फोटो पारखीहरूले खाजा, नास्ताका साथै फोटोको पनि मज्जा लुटेर आनन्दित भएको कुरालाई मनन गरेर फोटो पत्रकार मानन्धरले वीरगंजमा पहिलोचोटी यो प्रयास गरेका हुन्।
उनले राजधानीमा आफूलाई फोटो ग्यालरी राम्रो लागेकोले वीरगंजमा प्रयास गरेको बताए। वीरगंजको हिमाञ्चल केबिनमा मानन्धरले राखेका फोटोहरूको अवलोकन गर्नेहरूको अहिले सङ्ख्या बढ्दै छ।
सुरुका दिनमा फोटो ग्यालरीबारे अनभिज्ञहरू अहिले चिया, नास्ता, मिठाईसँगै फोटो ग्यालरीमा राखिएको विभिन्न विधाका फोटोहरू अवलोकन गर्न थालेका छन्। हिमाञ्चल केबिनका सञ्चालक वीरगंज जेसीजका अध्यक्ष विजय राजकर्णिकार फोटो ग्यालरीबाट ग्राहकहरू उत्साही भएको बताउँछन्। बस्नासाथ अर्डरका सामान नआउने र त्यतिबेर फोटोमा नजर परेकाहरू अर्डरको सामान आएपछि पनि रुचिपूर्वक ग्यालरीका तस्वीरहरूको अवलोकन गर्छन्।
हिमाञ्चल केबिनमा २ महिनासम्म फोटो राखिने, त्यसपछि १३ वटा फोटो परिवर्तन गरेर सोही ठाउँमा अर्को फोटो पत्रकारले खिचेका फोटोहरू राख्ने
राजकर्णिकारले बताएका छन्।