प्रस, पर्सा, १३ वैशाख/
वाणिज्य कार्यालय, वीरगंज सहितको बजार अनुगमन टोलीले आज वीरगंजको दुईवटा पाउरोटी फ्याट्रीमा छडके जाँच गरेको छ। वीरगंज– १५ मुर्लीस्थित न्यु चाँदनी पाउरोटी उद्योग र पानीटंकीस्थित महाशक्ति पाउरोटी उद्योगमा छापामारी गर्दा सो उद्योगहरूले कम तौलमा पाउरोटी उत्पादन गर्नुका साथै थुप्रै कानुन विपरीत काम गर्दै आएको फेला परेको टोलीका सदस्यहरूले जानकारी गराएका छन्।
बजार अनुगमन टोलीले दुई पाउरोटी फ्याट्रीमा मूल्यसूची, साइनबोर्ड, नापतौल प्रमाण र प्यान तथा भ्याट दर्ताबारे अनुगमन गरेको थियो। अनुगमनको क्रममा न्यु चाँदनी पाउरोटी उद्योगमा इलेक्ट्रिक तौल मेशिन भएपनि बिग्रेको अवस्थामा रहेको र त्यहाँ उत्पादन हुने पाउरोटीमा पाँच सय ग्राम तौल लेखेकोमा ३८० ग्राम मात्र भेटिएको र कुनै पनि उत्पादनमा उत्पादन मिति, समाप्ति मिति उल्लेख नभएको पाएपछि पहिलोपटकलाई चेतावनी दिएको छ।
बजार अनुगमनमा वाणिज्य कार्यालयका दुर्गा नकर्मी, जिप्रकाका नाथु साह, वीउमनपाका विपिनलाल दास, नापतौलका रामदेव दास, खाद्य तथा गुणस्तरका प्रदीप काफ्ले, वीउवासङ्घका विजेश्वर श्रीवास्तव र सञ्चारकर्मी ग्यासुद्दिन मियाँ सहभागी थिए।