आरके पटेल, ९ वैशाख/
सरकारको अदूरदर्शिताका कारण देशका खिलाडीहरूको पहिचान हुन नसकेकोमा वक्ताहरूले जोड दिएका छन्। गाउँदेखि शहरसम्म खेलाडीहरूको कमी छैन। पहिचान गर्न जरुरी रहेको राष्ट्रि×य खेलकुद परिषद्का केन्द्रीय सदस्य शमीम मियाँले बताए। वीरगंजमा आवश्यक कभर्ड हल निर्माणका लागि नेपाल सरकारले ३५ लाख रुपियाँ दिएको सो कार्यक्रममा बताइयो।
विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको पर्साको पोखरियामा उद्घाटन गर्दै शमीम मियाँले सो कुरा बताएका हुन्। उदघाटन समारोहको सभापतित्व जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुरेश गिरीले गरेका थिए। श्री रामदेव जिल्ला उच्च माविका प्रधानाध्यापक हरेन्द्र कुर्मीले स्वागत मन्तव्य प्रकट गरेको कार्यक्रममा रामप्रसाद चौहान, खेलकुद समितिका उपाध्यक्ष धुरेन्द्र पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए। खेलमा १० विद्यालयका करिब २५० जना विद्यार्थीले भाग लिएका छन्। सो खेल तीन दिनसम्म चल्ने आयोजक कमिटीले जनाएको छ। दौड, हाइजम्प, लंगजम्प, सर्टपुट, भलिबल, रिलेलगायत खेल खेलाइने भएको छ। खेल हेर्न गाउँ–गाउँबाट दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।