प्रस, वीरगंज, १४ वैशाख/
बहुप्रतीक्षित वीरगंज विश्वविद्यालयका लागि मालपोत कार्यालयमार्फत् पनि आर्थिक सहयोग सङकलन गर्ने निर्णय भएको छ।
पर्सा जिल्ला मालपोत कार्यालयमार्फत् न्यूनतम आर्थिक सहयोग सङकलन गर्दा नगर क्षेत्रको जग्गा रजिस्ट्रेशनमा प्रतिलिखत एक सय रुपियाँ र गाविस क्षेत्रको जग्गा रजिस्ट्रेशनमा प्रतिलिखत पचास रुपियाँ थप दस्तुर लिई वीरगंज विश्वविद्यालयको खातामा पठाउने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको अध्यक्षतामा पर्सास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू सम्मिलित सर्वदलीय बैठकले आज सो निर्णय गरेको विश्वविद्यालयका संयोजक डा. भगवानप्रसाद यादवले जानकारी गराएका छन्।
सम्पन्न बैठकमा नेपाली काङ्ग्रेस पर्साका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, सभासद् अजय द्विवेदी, एमाले पर्साका अध्यक्ष विजयप्रसाद महतो, नेता रामचन्द्र साह, सद्भावना पार्टी पर्साका प्रमुख नेजामुद्दिन समानी, कोलेनिका बारा प्रमुख चन्द्रिका चौरसिया, मधेसी जन अधिकार फोरम ‘लोकतान्त्रिक’ का किशोरीप्रसाद यादव, नेकपा संयुक्तका रामराज जयसवाल, मालपोत कार्यालय पर्साका प्रमुख पुष्करकुमार थापा, गाविस हकहित संरक्षण केन्द्रका प्रमुख मदनमोहन माली, शम्भु मिश्र, रामाधारप्रसाद कलवार र विश्वविद्यालयका संयोजक डा. यादवले विश्वविद्यालयका विभिन्न पक्षबारे प्रकाश पारेका थिए।