पवन तिवारी, १५ वैशाख/
प्रभावकारी अनुगमनको अभावमा कालोबजारी नियन्त्रण हुन नसक्दा उपभोक्ता नेपाल आयाल निगमकै डिलरबाट महँगो मूल्यमा डिजल किन्न बाध्य छन्।
सरकारले प्रतिलिटर ६७ रुपियाँ ५० पैसा मूल्य निर्धारण गरेपनि पेट्रोल पम्पले खुल्लमखुला रु. ७५ देखि ८० प्रतिलिटर बेचिरहेका छन्। निर्धारित मूल्यमा डिजल किन्न चाहनेको लागि ‘डिजल छैन’ को बोर्ड पम्पमा स्थायीरूपमा राखिएको छ।
जिल्ला प्रशासनले नापतौल तथा निगमका कर्मचारीलाई अनुगमनमा खटाएपनि टोली निरीक्षणमात्र गरी फर्कने गरेको छ। बुधवार अनुगमन टोलीले सुरेश, पशुपति, कमल विनायक, लक्ष्मी र स्वेता आयल स्टोरको अनुगमन गरेको टोलीमा सहभागी निगमको वीरगंजस्थित क्षेत्रीय कार्यालयका उपप्रबन्धक जगदीशचन्द्र यादवले बताए।
अनुगमन गरिएको पम्पले कालोबजारी नगरेको रिपोर्ट टोलीले दिएको निगमका प्रबन्धक नागेन्द्रकुमार पटेलले बताए। तर सुरेश आयलबाहेक अन्य पेट्रोल पम्पमा निगमले डिजेल उपलब्ध गराएको थिएन तर अवस्थाले उपभोक्तालाई झुक्याउन अनुगमनको नाटक गरिएको थियो। पम्पमा तेल आएको एक घण्टा नबित्दै ‘डिजल छैन’ भन्ने बोर्ड झुड्याइन्छ। भारतबाट डिजल कम आएकोमा निगमले अनुगमनमा कडाइ गर्नुपर्ने ठाउँमा कालोबजारीलाई प्रोत्साहन गरिरहेको छ। निगमले पर्सा जिल्लामा वैशाख १ गते देखि १४ गतेसम्म ५ लाख ७६ हजार लिटर डिजल सप्लाई गरेको रेकर्डले देखाउँछ। पहिलेको तुलनामा डिजेल अलि थोरैमात्र सप्लाई भएको छ।