Posts

Showing posts from April, 2011

प्रभावकारी अनुगमनको अभावमा डिजलको कालोबजारी कायम

पवन तिवारी, १५ वैशाख/     प्रभावकारी अनुगमनको अभावमा कालोबजारी नियन्त्रण हुन नसक्दा उपभोक्ता नेपाल आयाल निगमकै डिलरबाट महँगो मूल्यमा डिजल किन्न बाध्य छन्।     सरकारले प्रतिलिटर ६७ रुपियाँ ५० पैसा मूल्य निर्धारण गरेपनि पेट्रोल पम्पले खुल्लमखुला रु. ७५ देखि ८० प्रतिलिटर बेचिरहेका छन्। निर्धारित मूल्यमा डिजल किन्न चाहनेको लागि ‘डिजल छैन’ को बोर्ड पम्पमा स्थायीरूपमा राखिएको छ।     जिल्ला प्रशासनले नापतौल तथा निगमका कर्मचारीलाई अनुगमनमा खटाएपनि टोली निरीक्षणमात्र गरी फर्कने गरेको छ। बुधवार अनुगमन टोलीले सुरेश, पशुपति, कमल विनायक, लक्ष्मी र स्वेता आयल स्टोरको अनुगमन गरेको टोलीमा सहभागी निगमको वीरगंजस्थित क्षेत्रीय कार्यालयका उपप्रबन्धक जगदीशचन्द्र यादवले बताए।     अनुगमन गरिएको पम्पले कालोबजारी नगरेको रिपोर्ट टोलीले दिएको निगमका प्रबन्धक नागेन्द्रकुमार पटेलले बताए। तर सुरेश आयलबाहेक अन्य पेट्रोल पम्पमा निगमले डिजेल उपलब्ध गराएको थिएन तर अवस्थाले उपभोक्तालाई झुक्याउन अनुगमनको नाटक गरिएको थियो। पम्पमा तेल आएको एक घण्टा नबित्दै ‘डिजल छैन’ भन्ने बोर्ड झुड्याइन्छ। भारतबाट डिजल कम आएकोमा निगमल

फोटो पत्रकार मानन्धरद्वारा मोफसलमा फोटो ग्यालरी

Image
प्रस, पर्सा, १५ वैशाख/     फोटो पत्रकार प्रवीण मानन्धरले मोफसलमा नयाँ प्रयोग थालनी गरेका छन्। राजधानीको सिको गर्दै पत्रकार मानन्धरले वीरगंजमा पहिलोपटक फोटो ग्यालरीको आयोजना गरेका छन्।     नयाँ वर्षको अवसरमा वीरगंज, हिमाञ्चल केबिनमा उनले पर्सा–बारामा खिंचेका विभिन्न १३ वटा उत्कृष्ट फोटोहरू ग्यालरीमा राखेका छन्। राजधानीमा होटल, रेस्टुराहरूमा फोटो ग्यालरीको आयोजना गरिने र त्यहाँ फोटो पारखीहरूले खाजा, नास्ताका साथै फोटोको पनि मज्जा लुटेर आनन्दित भएको कुरालाई मनन गरेर फोटो पत्रकार मानन्धरले वीरगंजमा पहिलोचोटी यो प्रयास गरेका हुन्।     उनले राजधानीमा आफूलाई फोटो ग्यालरी राम्रो लागेकोले वीरगंजमा प्रयास गरेको बताए। वीरगंजको हिमाञ्चल केबिनमा मानन्धरले राखेका फोटोहरूको अवलोकन गर्नेहरूको अहिले सङ्ख्या बढ्दै छ।     सुरुका दिनमा फोटो ग्यालरीबारे अनभिज्ञहरू अहिले चिया, नास्ता, मिठाईसँगै फोटो ग्यालरीमा राखिएको विभिन्न विधाका फोटोहरू अवलोकन गर्न थालेका छन्। हिमाञ्चल केबिनका सञ्चालक वीरगंज जेसीजका अध्यक्ष विजय राजकर्णिकार फोटो ग्यालरीबाट ग्राहकहरू उत्साही भएको बताउँछन्। बस्नासाथ अर्डरका सामान नआउने

देवीगंज क्रिकेट क्लब विजयी

प्रस, कलैया, १५ वैशाख/     अन्सार क्रिकेट क्लबको आयोजनामा जिल्ला विकास समिति खेलकुद विकास समितिको सहयोगमा बारा सदरमुकाम कलैया–१२ रामपुरमा २०–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ।     बिहीवार भएको पहिलो खेलमा देवीगंज क्रिकेट क्लब विजयी भएको छ। देवीगंजले रामपुर टेङरहर क्रिकेटलाई ५ विकेटले पराजित गरी विजयी भएको हो। टस हारेर ब्याटिङमा ओर्लेको रामपुर टेङरहर १५ ओभरमा सबै विकेट गुमाई ६४ रन बनायो। प्रत्युत्तरमा देवीगंजले ९ ओभर र ५ विकेटको क्षतिमा विजय लक्ष्य हासिल गर्‍यो।     प्रतियोगितामा ५ विकेट लिएबापत देवीगंजका अलियास अंसारी म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा शनिवार रामपुर क्रिकेट क्लब र बरियार क्रिकेट क्लब भिड्ने आयोजकले जनाएको छ। यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमबीच जिविस खेविसका अध्यक्ष मुक्ति यादवले गरे।     शमीम अंसारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शमसुल होदाले गरेका थिए। उक्त अवसरमा म. समीर, मुकेश साह, क्यामुदिन मंसुरलगायतको उपस्थिति थियो।

गरिबी र अर्थ व्यवस्था २२ पूँजीवाद र गरिबी

विश्वराज  अधिकारी पूँजीवादको  विपक्षमा वकालत गर्नेहरुको संख्याभन्दा निकै गुणा बढी संख्यामा पूँजीवादको पक्षमा वकालत गर्नेहरुको रहेको पाइन्छ। पूँजीवादको विपक्षमा वकालत गर्नहरुसँग आफ्नै किसिका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। यसै गरी पूँजीवादको पक्षमा वकालत गर्नहरुसँग पनि आफ्नै किसिमका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। तर यहाँ प्रश्न के उठ्छ भने, यथार्थमा कसको अडान ठीक हो त? राष्ट्रको समग्र आर्थिक विकासका लागि पूँजीवाद ठिक हो अथवा होइन? के पूँजीवाद वा पूँजीवादी अर्थ व्यवस्थाले राष्ट्रको गरिबी निवारण गर्नुको साटो उल्टो गरिवी वृद्धि गर्दछ? के पूँजीवादले मुलुकमा गरिब र धनिक बीचको दूरीलाई झनै फराकिलो पार्दछ? पूँजीवादी व्यवस्था उपयुक्त वा अनुपयुक्त  भन्नु भन्दा पहिले यो व्यवस्था अँगालेर राष्ट्रहरुले प्रगति गरे वा गरेन भनी  आर्थिक मूल्याँकन एवं विश्लेषण गर्नु उपयुक्त हुन्छ। यो व्यवस्था अँगालेर यदि वहुसंख्यक  राष्ट्रहरु धनी भए, त्यहाँका निर्धन जनताहरुले ठूलो संख्यामा बेरोजार भएर वस्नु परेन, जिवन यापन लागत (Living costs) आकासिएन र गरीबहरु

नेपाली राजनीतिको गिर्दो कूटनैतिक स्तर

–विनोद गुप्ता     भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सम्पन्न भएको छ। लामो समयपछि दुवै देशका नेताहरूबीच उच्चस्तरमा विचार आदानप्रदान भयो। भारतको तर्फबाट मुख्यरूपमा सुरक्षा मामिला, सामरिक र आर्थिक कुराहरू राखिएको जानकारी प्राप्त भएको छ। सामरिक दृष्टिकोणले नेपालको १७०० किमि लामो बोर्डरले लामो समयसम्म भारतको लागि सुरक्षा पर्खालको काम गरेको सन्दर्भ बिर्सिन नसकिने छ। राजा महेन्द्रको शासनकालमा तिब्बत चीनको हात पर्दा नेपालले सामरिक चिन्ता व्यक्त गरेको कुरालाई भारतीय राजनेताहरूले अत्यन्त हलुका रूपमा लिएका थिए। सम्भवत: सामरिक र आर्थिकरूपले कमजोर भारतको त्यो बाध्यता हुन सक्छ। तिब्बत चीनको स्वशासित क्षेत्र भएपछि क्रमश: चिनियाँ राजनीतिले नेपालमा आफ्नो प्रभाव बढाउन र नेपालले पनि भारतीय दबाबलाई थेग्न पटक–पटक चिनियाँ कार्ड प्रयोग गरेको इतिहास नै छ। सबैभन्दा पछिल्लो उदाहरणको रूपमा तत्कालीन राजा ज्ञानेन्द्रको सार्कमा चीनको सदस्यता सम्बन्धी प्रस्तावलाई लिन सकिन्छ। यस घटनाको राजनैतिक प्रभाव नेपालमा परेको हामी सबैले देखेको–बुझेको र भोगेको यथार्थ हो।     मधेस आन्दोलनपछि चीनले यसलाई द्यगााभच शयलभ धष्तजष्ल द्

देवीगंज क्रिकेट क्लब विजयी

प्रस, कलैया, १५ वैशाख/     अन्सार क्रिकेट क्लबको आयोजनामा जिल्ला विकास समिति खेलकुद विकास समितिको सहयोगमा बारा सदरमुकाम कलैया–१२ रामपुरमा २०–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ।     बिहीवार भएको पहिलो खेलमा देवीगंज क्रिकेट क्लब विजयी भएको छ। देवीगंजले रामपुर टेङरहर क्रिकेटलाई ५ विकेटले पराजित गरी विजयी भएको हो। टस हारेर ब्याटिङमा ओर्लेको रामपुर टेङरहर १५ ओभरमा सबै विकेट गुमाई ६४ रन बनायो। प्रत्युत्तरमा देवीगंजले ९ ओभर र ५ विकेटको क्षतिमा विजय लक्ष्य हासिल गर्‍यो।     प्रतियोगितामा ५ विकेट लिएबापत देवीगंजका अलियास अंसारी म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा शनिवार रामपुर क्रिकेट क्लब र बरियार क्रिकेट क्लब भिड्ने आयोजकले जनाएको छ। यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमबीच जिविस खेविसका अध्यक्ष मुक्ति यादवले गरे।     शमीम अंसारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शमसुल होदाले गरेका थिए। उक्त अवसरमा म. समीर, मुकेश साह, क्यामुदिन मंसुरलगायतको उपस्थिति थियो।

दलित जनजातिलगायत नेवा,ताम्सालिङ राज्य परिषद्को विभिन्न ठाउँमा बन्द शान्तिपूर्ण

प्रस, वीरगंज, १४ वैशाख/     साना दलको आह्वानमा गरिएको नेपाल बन्दको आज वीरगंजमा सामान्य असर पर्‍यो।     लामो दूरीका यातायातहरू सञ्चालन भएनन्। बन्द अवज्ञाकर्ताहरूले बिहान घण्टाघर, प्रतिमा चोक आदिमा टायर बालेका थिए। केही बेर साना दूरीका सवारी साधनहरू प्रभावित भएपनि प्रहरीले दसौं प्रदर्शनकारीलाई पक्राउ गरेपछि कार्यकर्ताविहीन हुन पुगेको बन्द पर्सामा प्रभावहीन भएको थियो। बिहान ११ बजेसम्म आंशिकरूपमा खुलेको बजार त्यसपछि पूर्णरूपमा खुल्नुका साथै शहरको जनजीवन सामान्य भएको थियो । प्रहरीले प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई सारूझ छाडेको छ।     कलैया /     नयाँ संविधानमा दलित जनजातिको अधिकार सुनिश्चित गर्न माग गर्दै दलित जनजाति पार्टीले आह्वान गरेको बन्दको कारण बाराको जनजीवन प्रभावित भएको छ। बन्दको कारण कलैया–वीरगंज सडकखण्डमा यातायातका सार्वजनिक सवारी साधन फाटफुट चलेका छन्।     सवारी साधनहरूमा रिक्सा टाँगा, साइकल, मोटरसाइकल चलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यसअघि म·लवार साँझ दलित जनजाति पार्टी बाराले सदरमुकाम कलैयामा मसाल जुलुस प्रदर्शन गरेको छ। कलैयास्थित राजदेवी मन्दिर परिसरबाट

वीरगंज विश्वविद्यालयका लागि मालपोत कार्यालयमार्फत् आर्थिक सहयोग सङकलन गर्ने निर्णय

प्रस, वीरगंज, १४ वैशाख/     बहुप्रतीक्षित वीरगंज विश्वविद्यालयका लागि मालपोत कार्यालयमार्फत् पनि आर्थिक सहयोग सङकलन गर्ने निर्णय भएको छ।     पर्सा जिल्ला मालपोत कार्यालयमार्फत् न्यूनतम आर्थिक सहयोग सङकलन गर्दा नगर क्षेत्रको जग्गा रजिस्ट्रेशनमा प्रतिलिखत एक सय रुपियाँ र गाविस क्षेत्रको जग्गा रजिस्ट्रेशनमा प्रतिलिखत पचास रुपियाँ थप दस्तुर लिई वीरगंज विश्वविद्यालयको खातामा पठाउने निर्णय भएको छ।     प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको अध्यक्षतामा पर्सास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू सम्मिलित सर्वदलीय बैठकले आज सो निर्णय गरेको विश्वविद्यालयका संयोजक डा. भगवानप्रसाद यादवले जानकारी गराएका छन्।     सम्पन्न बैठकमा नेपाली काङ्ग्रेस पर्साका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, सभासद् अजय द्विवेदी, एमाले पर्साका अध्यक्ष विजयप्रसाद महतो, नेता रामचन्द्र साह, सद्भावना पार्टी पर्साका प्रमुख नेजामुद्दिन समानी, कोलेनिका बारा प्रमुख चन्द्रिका चौरसिया, मधेसी जन अधिकार फोरम ‘लोकतान्त्रिक’ का किशोरीप्रसाद यादव, नेकपा संयुक्तका रामराज जयसवाल, मालपोत कार्यालय पर्साका प्रमुख पुष्करकु

२०–२० क्रिकेटमा खुटवा परसौनी विजयी

प्रस, कलैया, १४ वैशाख/     लायन्स क्लब कबहीजब्दीको आयोजनामा बाराको कबहीजब्दीमा  सञ्चालित २०–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत  बुधवार भएको खेलमा खुटवा परसौनी क्रिकेट क्लब  विजयी भएको छ। खुटवा परसौनीले  गंजभवानीपुर क्रिकेट क्लबलाई ३३ रनको  फराकिलो अन्तरले पराजित गरी विजयी भएको हो।     टस जितेर पहिले ब्याटिङमा ओर्लेको खुटवा परसौनीले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ६ रन बनायो। प्रत्युत्तरमा गंजभवानीपुरले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो। खुटवा परसौनीका लागि रिकेश मल्लले सर्वाधिक ३९ रनको योगदान दिए। प्रतियोगितामा १२ रन र ५ विकेट लिएबापत खुटवा परसौनीका   कृष्ण साह म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा  बिहीवार कबही दरबार क्रिकेट क्लब  र बबुआइन क्रिकेट क्लब भिड्ने आयोजक क्लबका अध्यक्ष राजनकुमार सिंहले जानकारी दिएका छन्।

राष्ट्रिय जनगणना र शिक्षकमाथिको विश्वास

सञ्जय साह ‘मित्र’ शिक्षण कार्यभन्दा पृथक जिम्मेवारीका लागि सरकारले शिक्षकलाई कमै मात्र अवसर प्रदान गरेको देखिन्छ। त्यस्ता कमै जिम्मेवारीमध्ये निर्वाचन र राष्ट्रिय जनगणना प्रमुख हुन्। सरकारले स्थानीय निकायको निर्वाचनमा सबभन्दा महत्त्वपूर्ण कार्य मतदान अधिकृतदेखि सहायक कर्मचारीसम्मको कार्य सम्पन्न गराउनमा पनि शिक्षकलाई खटाउँछ। निर्वाचनमा धेरै कर्मचारी चाहिएको हुन्छ, एकै गाविसमा पनि कम्तीमा एकदेखि दुई, तीन वा चारवटा मतदान केन्द्र–उपकेन्द्रहरू तोकिएका हुन्छन्। सबैमा कर्मचारी खटाएर निर्वाचन सम्पन्न गर्न शिक्षकलाई यसकारण प्राय: खटाइन्छ कि शिक्षकको सञ्जाल गाउँस्तरसम्म हुन्छ। हरेकजसो गाउँ र टोलसम्म खुलेका विद्यालयहरूले समुदायमा रहेर काम गर्नु परिरहेको हुन्छ र त्यही समुदायमा मतदान कर्मचारी बनाएर पठाउँदा सामान्यतया शिक्षकले सजिलै समायोजन गर्न सकी राष्ट्रको महत्त्वपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहज हुन्छ।     निर्वाचनजस्तै महत्त्वपूर्ण तर निर्वाचनभन्दा निकै भिन्न किसिमको अर्को कार्य राष्ट्रिय जनगणना हो। राष्ट्रिय जनगणना पनि राज्यले विगत लामो समयदेखि गराउँदै आएको छ र वि.सं. २०४८ को राष्

दैवको पापी एउटा मात्र छैन

    कुनै ठाउँमा गाविस सचिवले गाउँबाहिर गाविस परिषद् बसाएर आफूखुशी बजेट पास गरी गाउँको रकम हिनामिना गर्‍यो भनी विरोध गर्नुको आजको समयमा कुनै तुक देखिंदैन। किनकि यस्तो काम शतप्रतिशत गाविसमा नभए पनि नब्बे प्रतिशत गाविसमा अवश्य नै यस्तै भइरहेको छ। सरकारले बजेट बनाउँछ आफ्ना कार्यकर्ताहरूलाई रकम वितरणका लागि। टाठाबाठा कार्यकर्ताहरू ठूला–ठूला योजनाको रकममा भागबन्डा लगाउँछन्, साना कार्यकर्ताहरू गाविसको रकममा हिस्सा लिन्छन्। गाउँ बाहिर परिषद् बैठक गर्‍यो, राजनीतिक दलका प्रतिनिधिहरूलाई हैसियत अनुसार हजारदेखि पाँच–दस हजार दियो र बजेट आफूखुशी बनाई, कागजमा काम फत्ते गरेर पैसा सोहोर्‍यो, आज सबै गाविसमा यस्तै भइरहेको छ। यही आजको यथार्थ हो र यो कुरा तल्लो तहको गाउँलेदेखि माथिल्लो तहका सरकारी पदाधिकारीलाई पनि थाहा छ। त्यसैमा जनस्तरबाट जो टाठाबाठा छन् ती आफ्नो भाग खोज्न गाविस सचिवविरुद्ध उजुरी हाल्छन्। भागशान्तिमा आफ्नो हिस्सा प्राप्त नहुन्जेल सरकारी कार्यालय धाइरहन्छन्।     यद्यपि यो क्रिया सबै गाविस सचिवले गाउँ बाहिर गाउँ परिषद् बसाएजस्तो शतप्रतिशत हुँदैन। कहीं–कहीं अधिकार खोज्ने जमातले गाउँकै हितका

प्रसूति सेवामा भइरहेको अनियमितताबारे जिल्ला प्रशासनद्वारा छानबिन सुरु

सुषमा शर्मा, वीरगंज, १३ वैशाख/     नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको प्रसूति सेवातर्फ भइरहेको अनियमितताबारे जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन सुरु गरेको छ।     प्रसूति महिलाहरूले अस्पतालबाट पाउनुपर्ने निश्शुल्क औषधि खर्च, बाटो खर्च एवं चेकजाँचको समयमा अस्पताल आउने खर्चसमेत नपाएको र सो रकममा पारदर्शितासमेत नभएको समाचार प्रकाशित भएपछि जिप्रकाले छानबिन प्रक्रिया अगाडि बढाएको छ।     “छानबिन प्रक्रिया सुरु भइसकेको छ। चिठ्ठी काटिसकेका छौं। टेलिफोनबाट सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर पनि प्रारम्भिक सोधपुछ भएको छ”– प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको कथन छ।     छानबिनबाट दोषी देखिए दोषीउपर कडा कारबाई गरिने उल्लेख गर्दै अस्पतालबाट लिखित जवाफ आएपछि कारबाईको अर्को चरण सुरु हुने प्रजिअ झाले बताएका छन्।     उता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुकेश चौरसियाले प्रसूतिहरूका लागि उपलब्ध सेवा पहिलेदेखि नै दिने गरेको दाबी गर्दै त्यसलाई अझ कडाइका साथ पालना गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बताउँछन्। जिल्ला प्रशासनको चिठ्ठीबारे जवाफ तयार भइसकेको बताउँदै मेसु डा. चौरसियाले अस्पतालमा तु

वाणिज्यद्वारा बजार अनुगमन दुई पाउरोटी फ्याट्रीमा छापा

प्रस, पर्सा, १३ वैशाख/     वाणिज्य कार्यालय, वीरगंज सहितको बजार अनुगमन टोलीले आज वीरगंजको दुईवटा पाउरोटी फ्याट्रीमा छडके जाँच गरेको छ। वीरगंज– १५ मुर्लीस्थित न्यु चाँदनी पाउरोटी उद्योग र पानीटंकीस्थित महाशक्ति पाउरोटी उद्योगमा छापामारी गर्दा सो उद्योगहरूले  कम तौलमा पाउरोटी उत्पादन गर्नुका साथै थुप्रै कानुन विपरीत काम गर्दै आएको फेला परेको टोलीका सदस्यहरूले जानकारी गराएका छन्।     बजार अनुगमन टोलीले दुई पाउरोटी फ्याट्रीमा मूल्यसूची, साइनबोर्ड, नापतौल प्रमाण र प्यान तथा भ्याट दर्ताबारे अनुगमन गरेको थियो। अनुगमनको क्रममा न्यु चाँदनी पाउरोटी उद्योगमा इलेक्ट्रिक तौल मेशिन भएपनि बिग्रेको अवस्थामा रहेको र त्यहाँ उत्पादन हुने पाउरोटीमा पाँच सय ग्राम तौल लेखेकोमा ३८० ग्राम मात्र भेटिएको र कुनै पनि उत्पादनमा उत्पादन मिति, समाप्ति मिति उल्लेख नभएको पाएपछि पहिलोपटकलाई चेतावनी दिएको छ।     बजार अनुगमनमा वाणिज्य कार्यालयका दुर्गा नकर्मी, जिप्रकाका नाथु साह, वीउमनपाका विपिनलाल दास, नापतौलका रामदेव दास, खाद्य तथा गुणस्तरका प्रदीप काफ्ले, वीउवासङ्घका विजेश्वर श्रीवास्तव र सञ्चारकर्मी ग्यासुद्दिन मि

२०–२० क्रिकेटमा गंजभवानीपुर विजयी

प्रस, कलैया, १३ वैशाख/     लायन्स क्लब कबहीजब्दीको आयोजनामा कबहीजब्दी गाउँमा सञ्चालित २०–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत  मङगलवार भएको खेलमा स्पोर्ट्स क्लब गंजभवानीपुर  विजयी भएको छ। गंजभवानीपुर खजुरिया क्रिकेट क्लबलाई ७२ रनको  फराकिलो अन्तरले पराजित गरी विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको गंजभवानीपुरले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १९ रन बनायो। प्रत्युत्तरमा खजुरियाले  १४ ओभर ५ बलमा सबै विकेट गुमाएर ४७ रनमा समेटियो।     प्रतियोगितामा ३३ रनको योगदान गरेबापत गंजभवानीपुरका गुडु गुप्ता म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा  बुधवार  गंजभवानीपुर  क्रिकेट क्लब र खुटवा परसौनी  भिड्ने आयोजक क्लबका अध्यक्ष राजनकुमार सिंहले जानकारी दिए। रौतहटमा जिल्लास्तरीय रेडबुल फूटबल प्रतियोगिता   बिएन महतो, च.पुर , १३ वैशाख/     रौतहट जिल्लाको चन्द्रनिगाहपुर– १ स्थित खेल मैदानमा जिल्लास्तरीय लिगकम नकआउट रेडबुल फूटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता अखिल नेपाल फूटबल सङ्घ चन्द्रनिगाहपुरको आयोजनामा सञ्चालन भएको हो।     फूटबल सङघको वार्षिक कार्ययोजनाअनुसार प्रतियोगिता सञ्

सम्झौताका कारण समायोजनमा समस्या

श्रीमननारायण मिश्र     एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सात बुँदे सम्झौता गरी सरकारको नेतृत्व हात पार्न सफल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सम्झौताकै कारण प्रत्येक पाइलामा विवादको सामना गरी राखेका छन्।     सम्झौताका प्राय:जसो बुँदाहरू आलोचनाका विषय भएपनि लडाकू समायोजनको विषयमा भएको सम्झौता एकीकृत माओवादीबाहेक कसैलाई पनि मन परिरहेको छैन। यस सम्झौताको चारैतिर चर्को विरोध भइरहेको छ। शान्ति प्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पुर्‍याउन माओवादी सेनाका लडाकूहरूको स्वेच्छिक अवकाश, पुनस्र्थापन र समायोजन कार्य सम्मानजनकरूपमा सम्पन्न गरिने, सुरक्षा निकायमा समायोजन गर्ने सम्बन्धमा अहिलेसम्म भएका कामहरूलाई निरन्तरता दिंदै माओवादी लडाकूहरूको छुट्टै वा अन्य सुरक्षा निकाय समेतको संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने विषयमा भएको सहमति सत्ताधारी एमालेलाई पनि मन परेको छैन। अन्य दल र पक्षको चर्को आपत्ति त यसमा छ नै। लडाकू समायोजन कार्य राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयसँग सम्बन्धित एउटा गम्भीर मामिला हो। क्षणिक आक्रोश वा भावनामा आएर यसबारे हतारमा निर्णय अथवा सम्झौता गरिनुहुँद

डुमरवानाको निर्णय

बारा जिल्लाको डुमरवाना रजघट्टाको जनता उच्च माविले त्यहाँ अध्यापनरत शिक्षक–शिक्षिका एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्नो सन्तानलाई अनिवार्यरूपमा आफू सम्बद्ध विद्यालयमैं पढाउनुपर्ने निर्णय गरेको छ। नेपाली परिवेश र मानसिकताका लागि यस निर्णयलाई सर्वथा उचित मान्न सकिन्छ। किनभने  मानिसले आफ्नो सन्तानलाई आफ्नै निगरानी तथा अनुगमनमा राम्रो शिक्षा, राम्रो आचार–व्यवहार तथा संस्कार दिन सक्दछ। जुन सामुदायिक विद्यालयमा कोही, जुनसुकै रूपमा भएपनि, आफू संलग्न छ, तर त्यस विद्यालयमा उसले आफ्नो सन्तानलाई नपढाउनुको अर्थ हुन्छ, त्यस विद्यालयको शैक्षिक अवस्थाप्रति उसलाई आफैं विश्वास छैन। अर्थात् त्यस विद्यालयको भौतिकलगायत अन्यान्य विकासप्रति उसको कुनै दायित्व छैन। जब कसैले आफूलाई दायित्वबाट पन्छाउन खोज्छ भने सम्बद्ध संस्था वा परिवारकै उन्नति कसरी हुन सक्दछ ? विद्यालयबाट पारिश्रमिक लिने, व्यवस्थापन समितिका सदस्यहरू विद्यालयमा पदाधिकारी बनेर समाजमा आफ्नो धाक देखाउने तर विद्यालयप्रति जिम्मेवारी बोध नगर्ने मनोवृत्ति हास्यास्पद अवस्थामात्र हो।     सामुदायिक विद्यालय तथा निजी विद्यालयको अवस्था दाँ

लोकतन्त्रको अवसरमा विविध कार्यक्रम राजनीतिक दलहरूको सहभागिता न्यून

Image
प्रस, पर्सा, ११ वैशाख/     प्रहरी प्रशासनले वीरगंजमा छैटौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।     जिल्ला प्रशान कार्यालय, पर्साको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरगंजको घण्टाघरमा मार्चपास गरी बृहत् र्‍याली निकालेका थिए। घण्टाघरबाट निस्केको र्‍याली नारायणी उपक्षेत्रीय अस्पताल पुगी बिरामीलाई र बिर्ता स्थित बालकल्याण गृहमा फलफूल वितरण गरेको थियो।     बिहान र्‍यालीका लागि प्रहरी प्रशासन घण्टाघर पुगेर लामो समय राजनीतिक दलको प्रतीक्षा गरेर ९ बजे र्‍याली निकालेको थियो। प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको अगुवाइमा निस्केको र्‍यालीमा एमाले पर्साका अध्यक्ष विजय महतो, विचारी यादव, नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष नेजामुद्दिन समानी, सद्भावना (आ.) का चन्द्रभूषण साह, माओवादीका जोगिन्दर साह तथा सरकारी कर्मचारी शान्ति समितिको ज्याकेट लगाई सामेल भएका थिए।     लोकतन्त्र दिवसको पर्वमा जनसहभागिता गराउन तीन–तीनपटक राजनीतिक दलसँग छलफल भएपनि सहभागिता एकदमै न्यून देखिएको गुनासो प्रहरी प्रशासनको थियो। जनताको महान् क्रान्तिबाट आएको लोकतन्त्र दिवसमा राजनीतिक दलको नाम मात

निर्धारित समयमा संविधान नबने निर्वाचनमा जानुको विकल्प छैन : नेता सिंह

Image
प्रस, पर्सा, ११ वैशाख/     नेपाली काङ्ग्रेसका नेता अमरेश सिंहले काङ्ग्रेसलाई सरकारभन्दा संविधान निर्माण महत्त्वपूर्ण रहेको बताएका छन्। लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसले जेठ १४ सम्म यही संविधान सभाबाट संविधान बनोस् भनेर प्रयास गर्ने र सो हुन नसके निर्वाचनमा जाने बाहेक विकल्प नरहेको उनको भनाइ थियो।     वीरगंज होटल मकालुमा प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सिंहले सो कुरा बताएका हुन्। वर्तमान संविधानसभाबाट संविधान निर्माणको सम्भावना देखिए थोरै समय थप गरेर जनताले दिएको जिम्मेवारी पूरा गर्न सकिने बताउँदै नेता सिंहले भने– संविधान निर्माण र शान्ति प्रक्रिया टुङगोमा पुर्‍याउने बहानामा आशाको भरमा म्याद थप्नुको औचित्य छैन।     समग्र समस्या समाधानको बाधक माओवादी रहेको आरोप लगाउँदै सिंहले भने– जब–जब माओवादी मिलेर गएको छ जितेको छ, र जब–जब जित्न खोजेको छ, हारेको छ।     नेपाली काङ्ग्रेसले जनतामा जागरण अभियान सञ्चालन गर्न लागेको र आफू सोही कार्यक्रमको तयारीको क्रममा यहाँ आएको बताउँदै सिंहले जनता नै लोकतन्त्रमा सर्वोच्च हुने भएकोले राजनीतिक दलले चुनावमार्फत् जनतामा आ

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

श्रीमन्नारायण     भारतका विदेशमन्त्री एस.एम.कृष्णाको हालै सम्पन्न नेपाल भ्रमणलाई कतिपय कारणले महत्त्वपूर्ण एवं सफल मानिंदैछ। विगत केही समय यतादेखि नेपालको प्रमुख राजनीतिक दल एकीकृत माओवादीको भारतविरोधी गतिविधिका कारण दुई देशबीच सम्बन्धमा तिक्तता आइरहेको जस्तो अनुभूति भइरहेको परिप्रेक्ष्यमा यस भ्रमणले भारत र ए. माओवादीलाई एक अर्कालाई राम्ररी बुझ्ने अवसर पनि प्रदान गरेको छ। नेपालमा जारी शान्ति प्रक्रिया चाँडै तार्किक निष्कर्षमा पुगोस् र जेठ १४ भित्र नयाँ संविधान आओस् भन्ने आम नेपाली जनताको चाहनाप्रति भारतीय विदेशमन्त्रीले पनि आफ्नो समर्थन जनाएका छन्। भारत पनि समयमैं संविधान बनेको र नेपालमा यथाशीघ्र शान्ति बहाली भएको हेर्न चाहन्छ। भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका दौरान ए. माओवादीको भारत विरोधी गतिविधि र भारतीय राजदूतको विरोध, भारतीय लगानीका आयोजनाको विरोध, भारतमा लगानीकर्ताहरूको सुरक्षा अतिरिक्त नेपालमा भारतको सहयोगमा सञ्चालित विकास निर्माणका आयोजनाहरूको प्रगतिको सम्बन्धमा पनि चर्चा हुनुलाई स्वाभाविक मान्नुपर्दछ। ए. माओवादी–भारत सम्बन्ध             एकीकृत माओवादीले आफ्नो दस बर्से सशस

आएकै हो त लोकतन्त्र ?

    आइतवार देशमा छैटौं लोकतन्त्र दिवस मनाइयो। यसले हामीकहाँ पाँच वर्ष पहिले लोकतन्त्र स्थापित भइसकेको कुरा जनाउँछ। लोकतन्त्र भनेको के हो ? लोक अर्थात् सामान्य जनताको इच्छा र आकाङ्क्षाअनुसार चलेको शासन व्यवस्था। शासन व्यवस्था चलाउने मूल आधार संविधान हो। संविधानको व्याख्या गर्ने कानुन हो। जब यस देशमा कुनै पनि राजनीतिक दलको अभीप्सा नभएको, मात्र जनताको हित हुने, सबैथरी लोकको कल्याण बोकेको संविधान जारी हुन्छ, संविधानका साथै लोककल्याणकारी कानुन निष्पादित हुन्छ अनि मात्र लोकतन्त्र आएको भन्न मिल्छ। अहिले लोकतन्त्र छैन, कहिले यहाँ काङ्ग्रेसीतन्त्र देखिन्छ, कहिले एमालेतन्त्र भने कहिले ए.माओवादीतन्त्र। संविधान बनाउने कुरामा जुन ढिलो भइरहेको छ, त्यसका पछाडि पनि यिनै राजनीतिक दलहरूको आफ्नो इच्छानुसारसंविधान बनाउने चेष्टाले काम गरिरहेको छ। वास्तवमा अहिले देशमा कुनै पनि तन्त्र छैन, मात्र हुलतन्त्र छ र हुलतन्त्र कदापि लोकतन्त्र हुन सक्दैन। त्यसैले लोकतन्त्र दिवस एउटा औपचारिकता पूरा गर्नेगरी मनाइएको छ। राजधानीमा शीर्ष दलका शीर्ष नेताहरु तथा विभिन्न कारणले उच्च पदमा आसीन व्यक्तिहरु मिलेर लोकतन्त्र मनाए

२०–२० क्रिकेटमा सिसवा महेशपुर विजयी

प्रस, कलैया, ११ वैशाख/     लायन्स क्लब कबही जब्दीको आयोजनामा बारा, कबही जब्दीमा  सञ्चालित २०–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत  आइतवार  भएको खेलमा सिसवा महेशपुर क्रिकेट क्लब विजयी भएको छ।     सिसवा महेशपुरले मधुरी जब्दी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरी विजयी भएको हो। टस हारेर पहिले ब्याटिङमा ओर्लेको मधुरी जब्दीले    १८ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनायो। प्रत्युत्तरमा सिसवा महेशपुरले  १७ ओभरमा ६ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्‍यो । सिसवा महेशपुरका लागि  शिवशङकर चौधरीले  सर्वाधिक ३२ रनको योगदान दिए। सिसवा महेशपुरकै अनिल चौधरीले ३० रनको योगदान दिए। मधुरीजब्दीका लागि शिवशङकर यादवले ३० र हरि साहले १३ रनको योगदान दिए।     प्रतियोगितामा ४ विकेट लिएबापत सिसवा महेशपुरका  बिरु चौधरी म्यान अफ दि मैच घोषित भए। प्रतियोगितामा  सोमवार मलनी क्रिकेट क्लब  र मदर्सा क्रिकेट क्लब कलैया भिड्ने आयोजक क्लबका अध्यक्ष राजनकुमार सिंहले जानकारी दिए। 

लोकतन्त्र दिवसको अवसरमा प्रम र उपराष्ट्रपतिको सन्देश

काठमाडौं, ११ वैशाख/रासस     प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रलाई सुदृढीकरण गर्दै समृद्ध र समुन्नत नेपाल निर्माण गर्न इतिहासले सुम्पेको ऐतिहासिक जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सबै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।     लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री खनालले शान्ति र संविधान नै राष्ट्रको समृद्धि र विकासका महत्त्वपूर्ण पूर्वाधार भएकाले यी दुई काम पूरा भएपछि मुलुकलाई आर्थिक क्रान्तिको नयाँ दिशामा अगाडि बढाउन सकिने बताएका छन्।     उनले जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा स्थापित लोकतन्त्रलाई सबल बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै शक्ति एकजुट हुनु अपरिहार्य भएको बताउँदै चालू शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर संविधानसभाबाट नयाँ संविधान जारी गर्नु राष्ट्रको प्रमुख कार्यभार रहेको सन्देशमा उल्लेख गरेका छन् ।     वर्तमान सरकार शान्तिप्रक्रियालाई पूर्णता दिन र नयाँ संविधान जारी गर्न अर्जुनदृष्टिका साथ लागिपरेको पनि प्रधानमन्त्री खनालले सन्देशमा बताएका छन् ।     सन्देशमा ऐतिहासिक जनसङ्घर्षका महान् उपलब्धिहरूलाई संस्थागत गरी म

माओवादीको नाममा नक्कली गिरोह अनुसन्धान कारबाई सुरु

प्रस, वीरगंज, १० वैशाख/     पुनर्गठित नेकपा माओवादीको नाममा आर्थिक सहयोग माग गरेर वीरगंज क्षेत्रमा पत्रचार भइरहेको कुरा थाहा भएपछि सो पार्टीले अनुसन्धान सुरु गरेको छ।     वीरगंजस्थित विभिन्न उद्योग एवं व्यापारिक प्रतिष्ठान र वित्तीय सङ्घ–संस्थाहरूमा पुनर्गठित माओवादीको नाममा नक्कली गिरोहले पत्राचार गरिरहेको कुरा खुल्न आएको माओवादीका केन्द्रीय सदस्य पीएल श्रेष्ठले जानकारी गराएका छन्।     नक्कली समूहले वित्तीय संस्थाहरूलाई दिएको चिठ्ठीहरूमध्ये केही चिठ्ठी पार्टीले फेला पारेको बताउँदै नेता श्रेष्ठले सो चिठ्ठीमा पार्टी अध्यक्ष मातृका यादवको नक्कली हस्ताक्षर भएको दाबी गरेका छन्। पार्टीको नाममा जनतालाई सताउने नक्कली गिरोहबारे पार्टीले अनुसन्धान सुरु गरेको र त्यस्ता गिरोहको पहिचान गरेर त्यसलाई उच्चस्तरीय कारबाई गर्ने पार्टीका जिम्मेवार व्यक्तिहरूबीच सहमतिसमेत भइसकेको उल्लेख गर्दै त्यस्ता गिरोह फेला परेमा पार्टीलाई जानकारी गराउन सार्वजनिक आग्रह गरिएको माओवादी पर्साका पूर्वसंयोजक छोटेलालप्रसाद यादवले बताएका छन्।     नक्कली गिरोहको पहिचान गरी कारबाई गर्नका लागि यादव र केन्द्रीय सदस्य श्रेष्ठ

नयाँ वर्ष २०६८ मा युवाहरूले सङ्कल्प गरौं

राजेन्द्रप्रसाद कोइराला     साल २०६७ ले डाँडा काटी सक्यो। साल २०६७ हाम्रो राष्ट्रको लागि मात्र नभएर लगभग सबै राष्ट्रको लागि त्यति फलदायी भएन। २०६८ सालको मिर्मिरेले हामीलाई स्वागत गरिसकेको छ। विशेष गरेर १८ देखि २५ वर्षका ६० प्रतिशत युवा रहेको हाम्रो मुलुकको अहिलेसम्म विकासले काँचुली फेर्न सकेको छैन। जेजति विकास र प्रगति (झिनो मात्रामा भए पनि) यो देशमा भएको छ या त त्यो प्राकृतिकरूपले भएको प्रगति हो या निजी क्षेत्रको प्रयासबाट भएको न कि राज्यले बनाएका नीतिनियमद्वारा। साल २०६८ लाई देशका सम्पूर्ण युवायुवतीले व्यक्तिगत तहमा केही सङ्कल्प गर्नुपर्दछ।     युवाहरूको बाहुबल, दृश्यावलोकन, दृष्टिकोण, समाज र राष्ट्रिय चिन्तनले मात्र यो राष्ट्रलाई अग्रगामी दिशातर्फ डोर्‍याउन सम्भव प्रत्येक युवाले व्यक्तिगतरूपले केही सङ्कल्पहरू गरेर अघि बढेमा अन्तत: त्यो राष्ट्रको लागि उत्पादक हुनेछ। युवाहरूले के–के सङ्कल्प बनाउन सक्छन् त ? १) सुर्ती, जाँड, रक्सी, गुटका, पानपराग खाने बानी परेका युवाहरूले यी बानी छाड्नुपर्छ। चटक्कै छाड्न सकिंदैन भने दिनदिनै त्यसको मात्रा र अवधि घटाउँदै लग्ने र दुई महिनाभित्रमा पूरै

सुख–शान्तिमय जीवनको आधार: मर्यादाको पालन

ब्रह्माकुमार तुलसी उप्रेती     मानव जीवनको सुरुवात नै मर्यादाको स्थानबाट भएको हुनुपर्छ किनकि संसारको सबै क्रियाकलाप मर्यादाभित्र रहेर नै सञ्चालन भएको पाइन्छ। प्रकृतिमा देखिने सबै प्रकारका कुराहरू मर्यादा अनुकूल चलिरहेका छन्। कहिलेकाहीँ प्रकृतिमा पनि मर्यादा तलमाथि भइदिनाले पृथ्वीको सतहमा भयानक उथलपुथल आउँछ। अनेक जीवात्माहरूले जीवन गुमाउनुपर्दछ। त्यतिबेला सबैले भन्ने गर्दछन्, यो दैवी प्रकोप कसैको हातमा छैन, त्यतिकैमा मन बुझाउनुपर्ने हुन्छ।     अर्कोतर्फ जीवात्मा जगत्मा सबैभन्दा चेतनशील प्राणी मानिस नै कहलाउँछ। मानिसमा मर्यादाको त्यत्तिकै महत्त्व छ। जुनबेला मानव सृष्टिको सुरुवात थियो, त्यस समयलाई सत्ययुग भनिन्छ। त्यस समयमा सबै क्षेत्रमा सबै प्रकारको मर्यादाले सम्पन्न युग कहलाइन्थ्यो। त्यतिखेरका मानवलाई देवीदेवताहरू भनिन्थ्यो। अर्थात् मर्यादा पुरुषोत्तम श्री लक्ष्मीनारायणको राज्य थियो। त्रेतायुगसम्ममा पनि मर्यादा पुरुषोत्तम श्रीराम भनेर रामकहानी सुन्ने सुनाइने गरिन्छ। सम्पूर्ण मर्यादाले सम्पन्न चालचलन व्यवहार हुने भएकोले त्यो समयलाई सुख–शान्तिले भरपूर दुनियाँ स्वर्ग भनिन्थ्यो। जसको गायन

भारतका विदेशमन्त्री एसएम कृष्णाद्वारा रक्सौल–वीरगंज जाँच चौकी र ठोरी हुलाकी मार्गको शिलान्यास

आरके पटेल, ९, वैशाख/     रक्सौल– वीरगंज जाँच चौकी र वीरगंज–ठोरी हुलाकी सडकको भारतका विदेशमन्त्री एसएम कृष्णाले आज शिलान्यास गरेका छन्। मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माणाधीन उक्त महत्त्वाकाङ्क्षी परियोजनाको सिर्सिया ड्राइपोर्ट नजिक आयोजित विशेष समारोहमा विदेशमन्त्री कृष्णाले एकैसाथ उद्घाटन गरेका हुन्।     शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि कृष्णाले भारतले नेपाललाई खुला दिलले सहयोग गरेको बताएका छन्। भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत नेपाल र नेपाली जनताको आवश्यकताअनुसार यस प्रकारका परियोजनाहरू अझै पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री कृष्णाले अत्याधुनिक भन्सार जाँच चौकी र तराई रोड प्रोजेक्टले मुलुकको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।     सोही समारोहलाई सम्बोधन गर्दै श्रम तथा यातायात र भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले भारतीय सहयोगप्रति भारत सरकारलाई धन्यवाद ज्ञापन गरे।     मित्रराष्ट्र भारतको सहयोग तथा सहयोगमा निर्माण हुने परियोजनाहरू जतिसक्दो छिटो सम्पन्न गरेर त्यसबाट फाइदा

मोर्चाको नाममा चन्दा माग्ने अपराधी हुन् : पृथ्वी सिंह

प्रस, पर्सा, ९ वैशाख/     जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह)का अध्यक्ष पृथ्वी सिंहले मोर्चाका नाममा चन्दा माग्नेहरू अपराधी हुन् भनी बताएका छन्। मोर्चाले चन्दा सङकलनको कार्यक्रम बन्द गरेको बेला सत्तारूढ दलको कार्यकर्ताको आवरणमा रहेका अपराधीहरूले मोर्चाको नामले चन्दा माग गरी मोर्चालाई बदनाम गराइरहेको उनको भनाइ छ।     मधेस मुक्तिको नाममा खोलिएका भूमिगत सङगठनले पर्साको ग्रामीण क्षेत्रमा फोन धम्कीमार्फत् चन्दा आतङक मचाएको समाचार यस दैनिकले प्रकाशित गरेको थियो। सदरमुकाम वीरगंजमा भूमिगत गिरोहको आतङक न्यून भएपनि ग्रामीण क्षेत्रमा विगत २ महिनादेखि पृथ्वी समूहको नामले इँटाभट्टा, किराना पसल, पानपसल, सुर्ती पसल, सरकारी कर्मचारी, एनजीओकर्मी र सङ्घ संस्थासँग चन्दा मागी आतङक मचाउने कार्य भइरहेको समाचार प्रकाशित भएपछि सिंहले फोन मार्फत् सो प्रतिक्रिया दिएका हुन्।     जिल्लाको बनकटवा, सतवरिया, महुवन, पोखरिया, परशुरामपुर, भेडिहारी, मुडली, जानकीटोला, मानिकपुर, बलुवा, बैरिया, शिबर्वा लगायत गाउँमा अपराधीहरू सत्तारूढ दलको कार्यकर्ता भई प्रशासनको आँखामा छारो हाल्दै भूमिगतको नामले चन्दा सङककलन ग

पोखरियामा तेस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता सुरु

आरके पटेल, ९ वैशाख/     सरकारको अदूरदर्शिताका कारण देशका खिलाडीहरूको पहिचान हुन नसकेकोमा वक्ताहरूले जोड दिएका छन्। गाउँदेखि शहरसम्म खेलाडीहरूको कमी छैन। पहिचान गर्न जरुरी रहेको राष्ट्रि×य खेलकुद परिषद्का केन्द्रीय सदस्य शमीम मियाँले बताए। वीरगंजमा आवश्यक कभर्ड हल निर्माणका लागि नेपाल सरकारले ३५ लाख रुपियाँ दिएको सो कार्यक्रममा बताइयो।     विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको पर्साको पोखरियामा उद्घाटन गर्दै शमीम मियाँले सो कुरा बताएका हुन्। उदघाटन समारोहको सभापतित्व जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुरेश गिरीले गरेका थिए। श्री रामदेव जिल्ला उच्च माविका प्रधानाध्यापक हरेन्द्र कुर्मीले स्वागत मन्तव्य प्रकट गरेको कार्यक्रममा रामप्रसाद चौहान, खेलकुद समितिका उपाध्यक्ष धुरेन्द्र पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए। खेलमा १० विद्यालयका करिब २५० जना विद्यार्थीले भाग लिएका छन्। सो खेल तीन दिनसम्म चल्ने आयोजक कमिटीले जनाएको छ। दौड, हाइजम्प, लंगजम्प, सर्टपुट, भलिबल, रिलेलगायत खेल खेलाइने भएको छ। खेल हेर्न गाउँ–गाउँबाट दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘शान्ति र संविधान’– बोकाको मुखमा कुभिन्डो

बैद्यनाथ ठाकुर     पहाडे समाजमा प्रचलित उखान छ–‘बोकाको मुखमा कुभिन्डो’। बोका भनेपछि नसुमरेको भाले बाख्रो अर्थात् भाले पाठो बुझिन्छ। कुभिन्डो भनेपछि लहरेबोटमा फल्ने अचार तरकारी, मिठाई आदि बनाइने एक खालको फल भन्ने बुझिन्छ।  बोकाको मुखमा कुभिन्डो हालिदिएपछि न उसले टोक्न सक्छ न बोक्न नै सक्छ। खाने कुरो मुखमैं भएर पनि के गर्नु ? खान सके पो त ? यतिखेर शान्ति र संविधान सम्पूर्ण राजनीतिक दलहरूका लागि बोकाको मुखमा कुभिन्डोजस्तै हुन पुगेको छ।     नयाँ नेपाल नयाँ संविधान अग्रगमनका पक्षधरहरूलाई मात्र चाहिएको छ, जसले देशमा परिवर्तन चाहन्छ। त्यो पनि केवल परिवर्तनको लागि परिवर्तन होइन, वास्तविक अर्थमा परिवर्तन चाहन्छ तिनीहरूले मुलुकको अति नै जटिल र तरल अवस्थालाई बुझ्न सक्नुपर्दछ। नेपालको इतिहासमैं यस्तो जटिल अवस्थामा कहिले पनि नेपाली समाज पुगेको थिएन। अझै पनि परिवर्तन नचाहने यथास्थितिलाई नै परिवर्तनको नयाँ लुगा लगाइदिएर जनतालाई झुक्याउने कसरतमा लागेको सम्पूर्ण संसद्वादी दलहरूको चरित्र जनतासामु उदाङगो भइसकेको छ। सिद्धान्त बोक्दैमा र नामाकरण गर्दै वास्तविक चिजको प्रतिनिधित्व गरेको दाबी गर्न सकिंदैन।

उदेकलाग्छ देशको चाला देखेर

    देश दीर्घसूत्री बनेको छ, किनकि यहाँका नेताहरूमा राष्ट्रियता पटक्कै छैन। राष्ट्रियताको नारा त सबै लगाउँछन् तर राष्ट्रियता नारामा होइन, राष्ट्रप्रेममा खोज्ने आवश्यकता कसैले महसुस गर्दैन। राष्ट्रप्रेम भनेको प्रत्यक्षरूपमा कुनै किसिमबाट पनि राष्ट्रको हानि नोक्सानी नहोस् भन्ने हो।  अरू कसैले राष्ट्रमा हानि–नोक्सानी पुर्‍याउन खोज्छ भने त्यसको सबल प्रतिकार गर्नु राष्ट्रियता हो। झन् आफैंले जानेर वा नजानेर कुनै पनि प्रकारको राष्ट्रिय अहित हुन दिनु त सरासर राष्ट्रघात हो। यस कसीमा हामीले नेपाल र यहाँका नेताहरूको व्यवहारको विश्लेषण गर्‍यौं भने कसैमा पनि राष्ट्रप्रेमी भन्न मिल्ने कुनै विशेषता पाइन्न। नेताहरूले गर्दा नै आज देशको वन–जङगल झन्डै मासिइसकेको छ। पर्याप्त विद्युत् आपूर्ति हुन नसकेको बर्सौं भइसक्यो तर नेताहरूको गिदीमा विद्युत् आयोजनाहरू निर्माण गर्ने कुनै जुक्ति फुर्दैन। देशलाई आर्थिकरूपले सम्पन्न बनाउन उद्योगीकरण नीति लिनुपर्नेमा भएका कल–कारखानाहरू बन्द भइरहेका छन्। देशमा खपत हुने अर्बौं रुपियाँको औषधिमध्ये ७५ प्रतिशत विदेशबाट आउँछ, देशको औषधि कारखाना महिनौं बन्द हुन्छ।     भारत सरका

व्यक्तिलाई दिएको सुरक्षा गार्डको दुरुपयोग सरकारद्वारा फिर्ता बोलाउने तयारी

प्रस, पर्सा, ८ वैशाख/     स्थानीय प्रशासनले केही व्यक्तिहरूलाई उपलब्ध गराएको प्रहरी गार्ड (पी.एस.ओ) फर्काउने भएको छ।     विगतका दिनमा असुरक्षाको कारण देखाई माग भएबमोजिम प्रशासनले उपलब्ध गराएको गार्ड सुरक्षाभन्दा घरेलु कामदारको रूपमा प्रयोग हुन थालेपछि गृहको आदेशमा फर्काउने तयारी सुरु गरेको एक अधिकारीले बताए।     कतिपय उद्योगी, व्यापारी, सङ्घ संस्थाका पदाधिकारी, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ताले रहरले पनि गार्ड लिई समाजमा रवाफ देखाउने गर्दै आएका थिए भने यसरी प्रयोग गरिएका सुरक्षा गार्डहरू अघोषितरूपमा घरेलु कामदारको काममा परिचालित भइरहेका थिए। असुरक्षाको कारण देखाएर सुरक्षाकर्मी लिएकाहरूले सुरक्षाकर्मीबाट बजार गराउने, लुगाधुने, खाना पकाउने, भाँडा माझ्ने तथा सवारी चालकको रूपमा प्रयोग गरी सुविधाको दुरुपयोग गरेको विषयमा प्रहरी सङगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ।     हाकिमले खटाएपछि कसरी काम नगर्ने, गर्दा प्रतिष्ठाविपरीत हुने भएपनि सुरक्षागार्ड चुप बस्न बाध्य छन्।  वीरगंजमा विगत तीन वर्षदेखि ५० जनाभन्दा बढीले कानुनविपरीत गार्डको सुरक्षा लिएका छन्। कानुनत: प्रमुख जिल्ला अधिकार

रक्सौल–वीरगंज जाँच चौकी: मित्रताको कोसे ढुङगा

प्रस, वीरगंज, ८ वैशाख /     नेपाल–भारत सीमान्त व्यापार तथा वाणिज्य विस्तार तथा व्यवस्थापनका लागि नेपाल र भारत सरकारबीच सन् २००५ मा सहमतिपत्रमा हस्ताक्षर भएअनुसार रक्सौल–वीरगंज, सुनौली–भैरहवा, जोगबनी–विराटनगर र नेपालगंज रोड–नेपालगंज जाँच चौकीहरूको निर्माण जसमा भन्सार, आप्रवासन, सीमा सुरक्षा, क्वारेन्टाइन तथा अन्य सम्बन्धित सुविधाहरू उपलब्ध हुने छन्। यी चारै आयोजनाको लागत ने.रु. १० अर्ब रहेको छ, जुन भारत सरकारद्वारा बेहोरिने छ।     नेपालको ७५ प्रतिशत व्यापार वीरगंज नाकाबाट हुने भएकोले पहिलो चरणमा रक्सौल–वीरगंज जाँच चौकीको निर्माण गर्ने निधो गरिएको छ, जसको शिलान्यास आज शुक्रवार भारतका विदेशमन्त्री एसएम कृष्णाले गर्नेछन्।     चौध महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने यस आयोजनाको लागत रु. २ अर्ब रहेको छ। निर्माण स्थलका लागि नेपाल सरकारले अलौमा जग्गा अधिग्रहण गरी ठेकेदारको जिम्मा दिसकेको छ। सुरुमा जग्गाको क्षतिपूर्ति सम्बन्धी सामान्य विवाद थियो जुन समाधान भई निर्माणस्थलमा कार्य सुरु भइसकेको छ।     एकीकृत जाँच चौकीमा यात्रुहरूका लागि पर्याप्त सेनिटेशन सुविधा र सामानहरू राख्ने प्रशस्त ठाउँ

व्यवसायमा मानव संसाधन व्यवस्थापनको भूमिका

ई. गोपाल श्रेष्ठ कुनै पनि व्यवसाय सञ्चालनमा मानव संसाधन व्यवस्थापनको अग्रणी भूमिका रहन्छ। कारण स्पष्ट छ–सबै मेशिन, उपकरण, प्रणाली, नीति नियम, कार्यविधि आदि दुरुस्त भए तापनि त्यसलाई सञ्चालन गर्ने मानव संसाधन कमजोर भयो भने ती सबै चीज व्यर्थ रहन्छ। मानव संसाधनको यति गहन भूमिका हुँदाहुँदै पनि हामी कर्मचारी भर्ना गर्दा जति होशियार हुनुपर्ने हो त्यति हुँदैनौं। कर्मचारी भर्ना गरिसकेपछि कर्मचारीले सन्तोषजनक परिणाम दिएन भने हामी त्यति सजिलै उसको सेवा रद्द गर्न पनि सक्दैनौं। झन् स्थायी नियुक्ति दिएपछि सेवाबाट हटाउने कुराको त हामी कल्पनासम्म गर्न सक्दैनौं। अर्थात् ऊ सेवानिवृत्त नहुन्जेल ऋणभार भइरहन्छ। यस्तो ऋणभार थपिंदै गयो भने कुनै पनि व्यवसाय अन्ततोगत्वा लोप हुन्छ।     कर्मचारी भर्ना गर्दा केवल उसको शैक्षिक योग्यता तथा सीपलाई मात्र ध्यान दिने हाम्रो चलन छ। यसमा सुधार गर्नु अति आवश्यक छ। कारण ऊ पढाइमा, सीपमा जतिसुकै सक्षम भए पनि आचरण, अनुशासन, इमान्दारिता, मिलनसारिता आदि मानवीय गुणमा कमजोर भयो भने भर्नाको लागि ऊ अनुपयुक्त नै ठहरिन्छ। सीप कम भयो भने तालिम दिएर सीप अभिवृद्धि गर्न सकिन्छ। शिक्षा

समृद्ध नेपालका लागि रोजगारमुखी बजेट

शीतलप्रसाद महतो     जनसङ्ख्याको अनियन्त्रित वृद्धि र कमजोर आर्थिक अवस्थाका कारण नेपाली अर्थतन्त्र सङकटग्रस्त बन्दै गएको छ। यस्तो अवस्थामा आउँदो त्रिवर्षीय योजनाले आर्थिक वृद्धि दर ५ दशमलव ५ र रोजगारी वृद्धि दर ३ दशमलव ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको देखिन्छ। राजनीतिक अस्थिरता, रोजगारीका क्षेत्रहरूको सीमितता तथा गुणस्तरीय, सीपमूलक र आत्मनिर्भरमुखी शिक्षाका कमिका कारण नेपाली युवाहरूका लागि रोजगारी मृगतृष्णाजस्तै भएको छ। जीविकोपार्जन गर्नका लागि रोजगार अपरिहार्य हो तर रोजगारका अवसरहरू प्रचुर मात्रामा हुन नसक्नुका कारण एकातिर आर्थिक क्रियाकलापले गति लिन सकिराखेको छैन भने अर्कोतिर सामाजिक र राजनीतिक स्थिरता हासिल गर्न अत्यन्त गार्‍हो परिरहेको छ।      नेपालको आर्थिक वृद्धिदरको स्थिति हेर्ने हो भने बेरोजगारीको सङ्ख्या यहाँ उल्लेख्य पाइन्छ। नेपालमा छिटफुट रूपमा खुल्ने विज्ञापनमा पर्ने हजारौं निवेदन, वैदेशिक रोजगारीमा जाने ठूलो जमात तथा रोजगारीका लागि नेता, मन्त्री, उच्चपदस्थ कर्मचारी र ठूलाबडाहरू कहाँ धाइरहेका युवाहरूको लामो पङ्क्ति हेर्ने हो भने मुलुकमा बेरोजगारीको दर निकै उच्च रहेको यथार