महेश्वर अधिकारी, डुमरवाना, १५ चैत/
नपढी एसएलसी पास गर्न परीक्षामा परीक्षार्थीले अनियमितता गर्न नयाँ बहाना सुरु गरेका छन् । केही वर्ष अघिसम्म चिट चोर्ने, प्रश्नपत्र आउट गर्ने र नक्कली प्रशिक्षार्थी राख्ने चलन रहेपनि त्यसलाई प्रहरीले पक्राउ गर्न थालेपछि चोरीका लागि नयाँ शैली अपनाउन थालिएको हो।
परीक्षार्थीले हात भाँचिएको बहाना बनाएर हातमा प्लास्टर गर्ने र योग्य सहयोगी राखेर परीक्षा दिएर प्रहरी र प्रशासनको आँखामा धूलो हालिरहेको स्रोतको दाबी छ। परीक्षा नजिकिंदै जाँदा आफू अध्ययनरत विद्यालयबाट सिफारिस गराएर योग्य सहयोगी राख्ने चलन छ।
हात भाँचिएको भनेर प्लास्टर गरेर आउने र परीक्षा सकिने बित्तिकै हातको प्लास्टर निकालेर परीक्षा केन्द्रबाट बाहिरिने गरेको अघिल्लो वर्ष एसएलसी परीक्षामा सहभागी एक छात्रले सुनाए। उनले भने पटक–पटक परीक्षामा अनुत्तीर्ण भएपछि सशस्त्र प्रहरीका एक परीक्षार्थीले हात भाँचिएको नाटक गरेर परीक्षामा सहयोगी राखेका थिए।
अन्य व्यक्तिले सहयोगी राखेमा अनेक सोधपुछ गरिने भएपनि हात भाँचिएको व्यक्तिले सहयोगी राख्दा कुनै सोधपुछ नहुने परीक्षा निरीक्षकहरू बताउँछन्। हात भाँचिएको हो कि होइन भनी न प्रहरीले अनुसन्धान गर्छ, न शिक्षा कार्यालय नै चासो राख्छ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायले सक्कली बिमारी वा नक्कली बिमारी के हो भनेर अहिलेसम्म अनुसन्धान नभएको जानकारी दिंदै त्यसबारे जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिने बताए। उनले त्यसबाट अनियमितता भएको हुनसक्ने भए पनि प्राविधिक रूपमा अनुसन्धानको पाटो अप्ठ्यारो रहेको बताए।
क्लिनिकबाट हात भाँचिएको नक्कली कागजात बनाउने गरेको र त्यही कागज जिल्ला शिक्षा कार्यालयबाट सिफारिस गरााएर सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकबाट स्वीकृति लिने हुँदा त्यसमा नक्कली कागजात बनाउने डाक्टरसमेत दोषी देखिएका छन्। तर कागजात नै लिएर सिफारिस लिन आएपछि सिफारिस दिने गरेको प्रध्यानाध्यापकहरू बताउँछन्।
नपढी अनियमितता गरेर परीक्षा दिने संस्कार बस्दै जाँदा वर्षभरि अध्ययन गर्ने विद्यार्थीलाई निराश बनाएको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका शिक्षक किशोरबाबु श्रेष्ठ बताउँछन्।
बारामा यो वर्ष नियमिततर्फ सात हजार दुई सय नब्बे र एक्जाम्टेडतर्फ २ सय चौबीस विद्यार्थी एसएलसी परीक्षामा सहभागी रहेको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ।