आरके पटेल, १३ चैत/
प्रवेशिका परीक्षाअन्तर्गत आज तेस्रो दिन पर्सा जिल्लामा ६५ जना विद्यार्थी र ५ जना निरीक्षक कारबाईमा परेका छन्।
प्रमुख जिल्ला अधिकारी नागेन्द्रप्रसाद झाको नेतृत्वमा गएको अनुगमन टोलीले भिस्वा र पोखरियाबाट ५० जनालाई निष्कासित गरेको छ।
प्रवेशपत्र फोटोकपी गरी परीक्षा दिइरहेका परीक्षार्थी र परीक्षार्थीका अभिभावकलाई सक्कली प्रवेशपत्र ल्याउनको लागि दुई घण्टाको समय दिएकोमा अभिभावकहरूले प्रवेशपत्र ल्याउन नसकेपछि पोखरियाबाट ३१ जना र भिस्वाबाट १९ जना गरी ५० जनालाई निष्कासन गरेका थिए।
यसैगरी जिशिअ केदार तिवारीको नेतृत्वमा रहेको अनुगमन टोलीले विजयबस्तीबाट १२ जना, सहायक प्रजिअको नेतृत्वमा रहेको टोलीले माइस्थान विद्यापीठबाट दुईजना र जिएचपीबाट एकजनालाई निष्कासन गरेको छ। आज पापरीक्षापूर्व विद्यार्थीहरूले स्वस्थ जीवन शैली अपनाउनुपर्छ अर्थात् कम्तीमा सात घण्टा सुत्नुपर्छ, सन्तुलित आहार खानुपर्छ र कम्तीमा पन्ध्र मिनेट नियमित व्यायाम गर्नुपर्छ। परीक्षापूर्व समय–समयमा आत्मपरीक्षण गर्नुपर्छ। आफ्नो परिवारजन वा साथीहरूसँग पनि केही समय व्यतीत गर्नुपर्छ जसले उनीहरूमा उत्साह पलाउँछ वा उनीहरूलाई थप ऊर्जा प्राप्त हुन्छ। यस कार्यमा अभिभावकको भूमिका अहम् हुन्छ किनभने विद्यार्थीहरू पढाइको चक्करमा यी ससाना कुराहरू बिर्सिराखेका हुन्छन्। परीक्षासँग सम्बन्धित सामग्रीहरू ठीक ठाउँमा राख्नुपर्छ जसले गर्दा चाहिएको बेला खोज्न समय खेर जाँदैन। पाँचजना निरीक्षक पनि कारबाईमा परेका छन्। प्रवेशिका परीक्षालाई मर्यादित गर्ने कुरामा गैरजिम्मेवार देखिएका बिर्ता मावि जीतपुरका तीनजना निरीक्षक र सूरजीदेवी तथा भिस्वाका १–१ गरी पाँचजना निरीक्षकलाई निष्कासन गरी कारबाई गरिएको जिशिअ केदार तिवारीले बताए।
प्रमुख जिल्ला अधिकारीले भिस्वा परीक्षा केन्द्रबाट १२ वटा मोबाइल तथा पोखरिया परीक्षा केन्द्रबाट कम्प्युटर फ्लपी १० थान बरामद गरी जफत गरेका छन्।