प्रस, पर्सा, ९ चैत/
अनौपचारिक सेवा केन्द्र ( इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०११ प्रकाशन गर्दै मानव अधिकारको अवस्था आशाजनक र उत्साहवद्र्धक नभएको जनाएको छ। क्षेत्रीय संयोजक कृष्ण गौतमले जारी गरेको विज्ञप्तिमा मध्यमाञ्चल क्षेत्रमा राज्य र गैरराज्यपक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७६२ वटा घटनामा ४०६ जना महिलासहित ११२४ जना पीडित भएको उल्लेख छ। राज्यपक्षबाट मानव अधिकार हननका ६६ वटा घटनामा २१६ जना पुरुष पीडित भएका र माओवादीबाट ५६ वटा घटनामा ८ जना महिलासहित १०६ जना र गैरराज्य पक्षबाट ६३० वटा मानव अधिकार हननका घटनामा ३८४ महिलासहित ८०३ पुरुष पीडित भएको उल्लेख छ। सन् २०१० को यो तथ्याङक सन् २००९ भन्दा केही सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख छ। मध्यमाञ्चलका तराईका ६ जिल्लाहरूमा भूमिगत सङगठनका नामबाट २७ जनाको हत्या भएको र कथित बोक्सीको आरोपमा पर्सा, बारा, रौतहट, मकवानपुर, धादिङ, सर्लाही, सिन्धुली, महोत्तरी, दोलखा र धनुषामा गरी १४ जना महिला पीडित हुनुपरेको पनि जनाइएको छ।
सन् २०१० मा घरेलु हिंसाबाट २८ महिलाको हत्या भएकोमा अधिकांश तराईमा दाइजो सम्बन्धी घटना रहेका छन्। यसैगरी महिला अधिकार उल्लङ्घनका १६६ वटा घटनामा १६८ जना महिला पीडित भएका र बाल अधिकार हननका ९१ वटा घटना भएकोमा १०१ बालबालिका पीडित भएका तथा बालिका ५० जना र महिला १६ जना गरी ६६ जना बलात्कारबाट पीडित छन्।
मध्यमाञ्चलमा सबभन्दा धनुषामा मानव अधिकार हननका घटना भएको प्रतिवेदनमा उल्लेख भएको बताउँदै क्षेत्रीय संयोजक गौतमले धनुषामा राज्यपक्षबाट ३८ र गैरराज्यपक्षबाट ९१ गरी जम्मा १२९ जनाको मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको जनाइएको छ।