प्रस, लङगडी, ९ चैत/
विद्यार्थीहरूका लागि फलामे ढोकाको रूपमा मानिने एसएलसी परीक्षा आजदेखि देशभर सुरु भयो। जिल्लामा यसपालि ५५,४५५ जना विद्यार्थी परीक्षा दिइरहेका छन्।
जिल्ला शिक्षा कार्यालय पर्साले ग्रामीण विद्यार्थीहरूका लागि ७ वटा तथा सदरमुकाममा ११ वटा गरी जम्मा १८ वटा परीक्षा केन्द्र तोकेको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले बताएका छन्।
नियमिततर्फ छात्रा १०९१८ जना, छात्र ३०५३८ जना, एक्जाम्पटेडतर्फ छात्रा १६१ जना र छात्र २७१ जना छन्। २५ विद्यार्थीमा एकजना परीक्षा गार्डको व्यवस्था मिलाइएको छ। प्रत्येक परीक्षा केन्द्रमा १०/१० जवान नेपाल प्रहरी एवं सशस्त्र प्रहरी खटाइएका छन्। तीन वटा प्रहरी मोबाइल टोली परिचालन गरिएको छ।
प्रस, हेटौंडा/
बिहीवारबाट सुरू हुने एसएलसी परीक्षाको लागि मकवानपुरमा सम्पूर्ण तयारी पूरा भएको बताइएको छ।
जिल्ला शिक्षा कार्यालय, मकवानपुरले एसएलसीको तयारी पूरा भएको जनाएको हो। बुधवार बसेको एसएलसी परीक्षा समन्वय समिति मकवानपुरको बैठकले परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न सवैसँग अपिल गरेको छ।
मकवानपुरबाट यस वर्ष नियमिततर्फ चार हजार छ सय ९६ जना र पूरकतर्फ चार सय ६८ जनाले परीक्षा दिंदै छन्।