गोकुल घोरसाइने, निजगढ, १२ चैत/
भवन अभावमा बाराको निजगढ गाविस–७ स्थित शिवमन्दिरको धर्मशालामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ।
यसअघि प्रयोग गर्दै आएको कृषि सेवा केन्द्रको भवन जीर्ण बनेको र बेस क्याम्पको भवन निर्माणाधीन अवस्थामा रहेकोले प्रहरीले मन्दिरको धर्मशाला प्रयोग गर्नुपरेको बताइएको छ। मन्दिरको भुइँतल्लामा शिवको मूर्ति र माथिल्लो तल्ला धर्मशालाको रूपमा प्रयोग हुँदै आएको थियो।
भवन अभावले स्थानीय बासिन्दाहरूसँगको सहमतिमा केही दिनका लागि मात्र धर्मशालाको प्रयोग गरिएको बेस क्याम्पका प्रहरी नायब उपरीक्षक लोकबहादुर पन्थले बताए। स्थानीयसँगको छलफलबाट प्रहरीको भवन निर्माण नहुन्जेलसम्मका लागि धर्मशाला प्रयोग गर्न दिने सहमति भएको मन्दिर सञ्चालक समितिकी अध्यक्ष सावित्री भारतीले जानकारी दिइन्। सशस्त्रले धर्मशालानजिकै गाविस–७ मा स्थानीयले उपलब्ध गराएको १ बिघा क्षेत्रफल जमिनमा नयाँ पक्की भवन निर्माण सुरु गरेको छ। भवन अभावमा सुरक्षा गस्ती प्रभावित बनेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गमा जोडिएको एक करोडभन्दा बढी मूल्य पर्ने सो जमिन प्रहरीलाई निश्शुल्क उपलब्ध गराएका हुन्।
बेस क्याम्प भवन निर्माण गर्न उद्योग वाणिज्य सङ्घ निजगढले दुई लाख रुपैयाँ सापटी दिएकोसमेत नायब उपरीक्षक पन्थले जानकारी दिए।