-राजेन्द्रप्रसाद कोइराला
आवश्यकता नै आविष्कारको जननी हो। जसैजसै मानिसका आवश्यकताहरू बढ्दै गए, आविष्कारहरू हुँदै गए। मानव इतिहासको ५००० वर्ष पुरानो समयलाई अहिलेको अवस्थासँग तुलना गर्ने हो भने हामीले ज्यादै ठूलो फड्को मारेका छौं। विज्ञानको आगमन र सञ्चारमाध्यमको विस्मयकारी विकासले सारा संसारलाई एउटा सानो गाउँमा परिणत गरेको छ। ५००० वर्षअगाडि मानिसले जुन किसिमले जीवन बिताउने गर्दथे, त्यसको इतिहास पढ्दा दन्त्यकथा जस्तो लाग्छ। भाषा थिएन, सभ्यता थिएन, व्यवहार थिएन, जङगल– जङगल घुमेर मानिसहरू जीवन बिताउने गर्दथे। जसैजसै समय बित्दै गयो, उनीहरूमा चेतनाको विकास हुन थाल्यो। आवश्यकताको अनुभूति हुन थाल्यो। अन्ततोगत्वा आवश्यकता अनुसार आविष्कार हुँदै गयो र मानवीय सभ्यताको विकासको शृङ्खला सुरु हुन थाल्यो।
ब्रिटेनमा औद्योगिक क्रान्तिको सूत्रपातपछि सारा संसार आधुनिकतातिर लम्क्यो। त्यसपछि मानिसले आफ्ना आवश्यकतालाई असीमित इच्छामा परिणत गर्ने तीव्र अभिलाषालाई प्राथमिकता दिन थाल्यो। यसरी भौतिकवादी संसारको उत्थान भयो। आध्यात्मिक मूल्य र मान्यताहरूलाई थाती राखी भौतिकवादी प्रगति र विकासलाई मान्यता दिन थालियो। मानिसहरू विलासी हुन थाले, मानव चेतनशील प्राणी कहलिंदा कहलिंदै पनि मानवविरुद्घ विध्वंसकारी क्रियाकलापले प्रश्रय पाउन थाल्यो। आवश्यकताभन्दा पनि आफ्नो हिंसक र विध्वंसकारी इच्छाहरू परिपूर्ति गर्न विकसित देशका नेताहरूबीच अविवेकी साँठगाँठ र निहित स्वार्थभन्दा माथि नउठ्ने प्रवृत्तिले गर्दा पहिलो विश्वयुद्घको विभीषिकालाई मानव जातिले सामना गर्नुपर्यो। जसको असर आज पनि केही देशमा मानिसहरू अपाङग भएर जन्मिरहेको तथ्य सर्वविदितै छ। इच्छा र आवश्यकताबीच स्पष्ट सीमारेखा खिच्न नसक्नु नै युद्घ विभीषिकाको कारण हो।
आवश्यकता र इच्छाबीच स्पष्ट सीमारेखा खिच्न सकेमा संसारका धेरै समस्याहरू स्वत: ओझेलमा पर्ने छन्। आवश्यकता र इच्छा हेर्दा उस्तै–उस्तै लाग्छ तर यिनीहरूमा धेरै फरक छ। यही अन्तर बुझ्न नसक्नु दु:खको कारण हो। आवश्यकता अस्तित्वगत हुन्छ र त्यसबिना जीवन असम्भव हुन्छ । तर इच्छाहरू मस्तिष्कबाट निर्देशित हुन्छन् र ती असीमित हुन्छन्। त्यसैले इच्छाहरू कहिल्यै पनि पूरा हुँदैनन्। तर प्रत्येक प्राणीको आवश्यकता पूरा हुन्छन्। आवश्यकताहरू सहज र स्वाभाविक हुन्छन्, तर इच्छाहरू जटिल र कृत्रिम हुन्छन्। आवश्यकतालाई स्वीकार्नु र इच्छाहरूलाई मनमस्तिष्कबाट हटाउनु नै सुखानुभूत हुनु हो।
मानिसको आवश्यकता के हो ? भोजन, वस्त्र, आवास, शिक्षा, स्वास्थ्य तथा प्रेमपूर्ण र स्वतन्त्र परिवेश । प्रत्येक मानिसले आफ्नो आवश्यकता सीमित गरेमा यो ब्रह्माण्डमा कोही पनि गरिब, अशिक्षित र बेरोजगार हुँदैनन् । संसार वास्तवमा स्वर्ग बन्नेछ, जहाँ माया, प्रेम, स्नेह, सद्भाव, करूणाका फूलहरू फुल्नेछन्। कार्ल माक्र्सको युटोपिया वास्तविकतामा परिणत हुनेछ।
मानिसका असीमित इच्छा र निहित आकाङ्क्षाहरू नै दु:खका कारण हुन्। किनकि ऊ धेरै अनावश्यक कुराको मालिक बन्ने तीव्र आकाङ्क्षा राख्छ र जति सम्पत्ति कमाए पनि अतृप्त नै रहन्छ । यसैबाट अन्याय, अत्याचार, शोषण, असमानता र विभेदहरूले उठान पाउँछन् र मानिस नै मानिसको सर्वनाशको कारण बन्छ। जीवन ज्यादै सुन्दर छ, यसलाई सुन्दर बनाउन जान्नुपर्छ, तर असीमित इच्छालाई अँगालेर जीवन कहिल्यै सुखी हुन सक्दैन, त्यो नै मानिसको सर्वनाशको कारण हो ।
मीठो खानु, राम्रो लाउनु, राम्रो आवास प्राप्त गर्नु र आफ्नो सहृदयीसँगका सहवास मानिसका मौलिक आवश्यकताहरू हुन्। तर सबै पारम्परिक धर्महरूले यी आवश्यकताहरूलाई घोर सांसारिक भनी विरोध गर्छन् तर तिनै धर्मका ठेकेदारहरू यौनकाण्डमा मुछिन्छन् । कस्तो विडम्बना तिनीहरूले नै मानिसमा असीमित इच्छाहरू सृजित गरिदिन्छन्। जस्तै– स्वर्ग जाने, ईश्वर पाउने, विभिन्न धार्मिकस्थलमा भ्रमण गरेमा नाम र प्रतिष्ठा कमाउने आदि, इत्यादि। यो सबै असन्तुष्ट र महत्त्वाकाङ्क्षी मनहरूबाट उत्पन्न भएका कहिल्यै पूरा नहुने सपनाहरू हुन्। वस्तुगत सत्यबाट टाढिनु नै दु:खको कारण हो । आवश्यकताहरू जहिले पनि हाम्रोसामु हुन्छन् अर्थात् वर्तमानमैं हुन्छन्, तर इच्छाहरू भविष्यमुखी। कोही व्यक्ति भोकाएको या तिर्खाएको छ भने त्यो नैसर्गिक आवश्यकता हो। यसलाई सामान्य भोजन र पानीबाट तृप्त गर्न सकिन्छ, यदि ईश्वर या स्वर्ग खोज्ने काममा लागिन्छ भने त्यो आवश्यकता होइन, मनले भविष्यको लागि खोजेको सुरक्षा हो, जसको वर्तमानको यथार्थसँग कुनै सम्बन्ध छैन। ती अविचलित मनबाट प्रस्फुटित भएका इच्छाहरू हुन्, जुन क्षितिज जस्तै हुन्। क्षितिज र जमिनको मिलन कहिल्यै पनि सम्भव छैन, त्यस्तै इच्छाहरू पूरा हुँदैनन्। इच्छाहरू बडो अस्वाभाविक र जटिल हुन्छन्। आजको अधिकांश दु:ख र निराशाको कारण मानिसका आवश्यकताहरू पूरा नभएर होइन इच्छाहरू पूरा नभएर हो । इच्छापूर्तिको लागि अगाडि बढ्दा–बढ्दै मान्छेले आफ्ना आवश्यकताहरू पनि अपूरै छोड्छन्, जसको कारण घरमा कलह, झगडा, असमझदारीले जरो गाड्छ। भौतिकरूपले सुखी देखिए तापनि आध्यात्मिक सुख उसका लागि धेरै टाढाको विषय हुन्छ, जसको कारण मन तनावग्रस्त रहन्छ। हृदयरोग, उच्च रक्तचाप, क्यान्सर, अल्सर, अनिद्रा, मधुमेह, मोटोपन र लागू पदार्थको अतिव्यसन यी मुख्यत: महत्त्वाकाङ्क्षी व्यक्तिहरूका रोगहरू हुन्। कुपोषण, क्षयरोग, मलेरिया, हैजाजस्ता रोग गरिबीका कारण जन्मन्छन्।
सन् १९९८ का केही अचम्म लाग्ने आर्थिक तथ्याङ्कहरू यसप्रकार छन्–
े संसारभरि बाल शिक्षामा खर्च ६ अर्ब डलर, अमेरिकामा मात्र कस्मेटिकमा खर्च ८ अर्ब डलर।
े आधारभूत स्वास्थ्य र पोषणको लागि विश्वभरिको खर्च १३ अर्ब डलर, युरोपमा आइसक्रिम र पफ्र्युमा खर्च २३ अर्ब डलर।
े युरोपमा चुरोटमा खर्च ५० अर्ब डलर र मध्यपान (अल्कोहल) मा खर्च १०५ अर्ब डलर।
े विश्वव्यापीरूपमा प्रत्येक वर्ष हातहतियारमा ९ सय अर्ब डलर खर्च।
हतियारमा गरिने खर्चको एक प्रतिशत मात्र यदि शिक्षा वा खानेपानीको व्यवस्थामा थपेको भए विश्वका सबै बालबालिकाले निश्शुल्क विद्यालय जान पाउँथे, पर्याप्त खानेपानी नपाउने आधा जनसङ्ख्याले शुद्घ पानी पिउन पाउँथ्यो ।
अब हामी आफैं कल्पना गरौं कति सानो भाग मनुष्यको आवश्यकताहरूको पूर्तिमा लागेको छ र कति ठूलो धनराशि विध्वंस, विलासिता र विवेकशून्य इच्छाहरूको पूर्तिमा खर्च भइरहेको छ।
समस्या गरिबी होइन। यस ब्रह्माण्डको समस्या जातीय अहङकार, संवेदनहीनता, अनियन्त्रित विलासिता र लोभ हो। तृष्णा, भोक, उत्कट इच्छा र आकाङ्क्षा राख्ने व्यक्तिहरू भौतिकवादी असुर हुन्। उनीहरू सोच्ने गर्दछन्,“म धनवान् र श्रेष्ठ कुलमा जन्मेको हुँ। म नै सर्वेसर्वा, म नै सबैथोक हुँ। म जस्तो मौज अरू कसैले गर्न सक्दैन।” यस्ता अहङकारबाट जन्मेका विकृतिहरू घनीभूत भई उसको जीवनसँगै बढिरहेको हुन्छ। जसबाट ऊ सुखको असीम अनुभूति प्राप्त गर्दछ। तर भौतिक सुखको भूमरीमा परेर उसले दु:ख र पीडाबाहेक केही अनुभूति गर्न
सक्दैन। श्रीमद्भागवत गीताको एउटा श्लोक छ–
अहङकार बलं दर्प कामं क्रोधं च संश्रिता:। मामात्मपरदेहेषु प्रद्घिषन्तोकभ्यसूयका:।।
अर्थात् अहङकार, बल, दर्प, काम र क्रोधको वशीभूत भई परनिन्दा गर्नेहरू आफू र अर्काको शरीरमा रहेका ‘म’ सँग द्वेष गर्ने हुन्छन्।
अन्त्यमा फेरि आवश्यकता अविष्कारको जननी हो भने विवेकशून्य इच्छा र आकाङ्क्षाहरू मानव
सभ्यताको विध्वंस र सर्वनाशका कारक तत्त्व हुन् ।