अनन्तकुमार लाल दास
प्रवेशिका परीक्षा प्रारम्भ भइसकेको छ। रमेशले प्रवेशिकाको तयारी राम्ररी गरेको छ। परीक्षामा राम्रो गर्नेे आत्मविश्वास पनि उसमा छ। तर प्रवेशिका परीक्षा सुरु हुनासाथ उसको भोक र निद्रा दुवै गायब भएको छ। हरेक दिन परीक्षा दिन जाँदा ऊ अत्तालिएको हुन्छ। उसको मनमा अनेकौं प्रकारका प्रश्नहरू उठ्न थाल्छ, “के म सबै प्रश्नहरूको उत्तर लेख्न भ्याउँछु, के मैले सबै प्रश्नहरूको जवाफ राम्ररी याद गरेको छु ? परीक्षा भवनमा कहीं मेरा साथीहरूले त मलाई डिस्टर्ब गर्दैनन् ?” कहिलेकाहीं उसलाई महसुस हुन्छ कि उसले आजसम्म जे याद गरेको छ सबै बिर्संदै गइरहेको छ।
रमेश एक्लो होइन, यस्ता लाखौं विद्यार्थी छन् जो परीक्षाको चिन्ता वा तनाव अर्थात् ‘एग्जाम एङ्जाइटी’ ले पीडित देखिन्छन्। यस तनावले विद्यार्थीहरूलाई परीक्षाको बेला अनेक किसिमले परेशान उत्पन्न गर्न सक्छ। केही हद सम्म यस तनावले विद्यार्थीहरूलाई पढाईप्रति एकाग्र हुन पनि प्रेरित गर्छ तर यसको नकारात्मक रूपले विद्यार्थीहरूको परीक्षालाई पूर्ण रूपले प्रभावित पनि पार्दछ। परिणाम स्वरूप राम्रो विद्यार्थीहरू पनि परीक्षामा फेल हुन सक्छन वा कम अङकले उतीर्ण हुन्छन्।
मनोचिकित्सकहरूका अनुसार यस तनावको प्रारम्भिक लक्षण बढी पसिना आउनु, हृदयको गति बढ्नु, पेट र टाउको दुख्नु, पढाइमा ध्यान केन्द्रित नहुनु बताएका छन् भने शिक्षाविद्हरूले परीक्षा पूर्वका कक्षामा विद्यार्थीहरू उपस्थित नहुनु, विभिन्न बहाना बनाई घरमैं सीमित हुनु, साथीहरूसँग विभिन्न केन्द्रका शिक्षकहरूसँग परीक्षामा सहयोग गर्न अनुरोध गर्नु, बजारमा उपलब्ध गेस पेपरहरू किन्नुलगायत कुराहरूलाई औंल्याएका छन्। प्रसिद्ध होम्योपैथी विशेषज्ञ डा. मुकेश बत्राका अनुसार विद्यार्थीहरूमा यस प्रकारको तनावले गर्दा विचारलाई सङगठित गर्न वा प्रमुख पाठहरू याद राख्नमा कठिनाई महसुस हुन्छ तर परीक्षा समाप्त हुनासाथ यस्ता कठिनाईहरू स्वत: नै समाप्त भएर जान्छ र विद्यार्थीहरूलाई सबै कुरा याद हुन थाल्छ।
आजको प्रतिस्पर्धात्मक युगमा यो तनाव मात्र प्रवेशिका परीक्षासम्म सीमित छैन किनकि विद्यार्थीको महत्त्वाकाङ्क्षा पनि बढ्दै गइरहेको छ। साथै अभिभावकहरूको अपेक्षाको बोझ पनि विद्यार्थीहरूमाथि अलि बढी नै रहेको छ। यस तनावको मानसिक परिणाम नै विद्यार्थीहरूमा डर, निराशा, रिस, आवेग र चिडचिडापनको रूपमा देखापर्छ। यसले गर्दा उनीहरूको व्यवहारमा पनि अनेक किसिमका परिवर्तनहरू देखापर्छन्। जस्तै कपाल बढाउनु, कानमा कुण्डल लगाउनु, नङ बढ्नु वा कुनै नराम्रो लतको शिकार हुनु।
यस तनावबाट मुक्त हुने अनेकौंं सरल उपायहरू छन् जसबाट नकारात्मक विचारहरूलाई रोक्न सकिन्छ साथसाथै वर्षभरिको परिश्रम खेर जानबाट पनि बचाउन सकिन्छ। यसका लागि अभिभावकहरूले पनि आफ्ना सन्तातको गतिविधिको निगरानी गर्नुपर्छ र पटक–पटक विद्यालय र विद्यालयका शिक्षकहरूसँग परामर्श गरिराख्नुपर्छ। विद्यार्थीहरू पनि नियमित विद्यालयमा उपस्थित हुने, नजानेका कुराहरू शिक्षकहरूसँग सोध्ने बानी बसाल्ने, दिइएको कार्य राम्ररी र इमान्दारी साथ पूरा गर्ने तथा आफ्नो ध्येयप्रति सजग हुनुपर्छ र आफूभित्र उत्पन्न हुने यस्ता डरहरू सम्बन्धमा अभिभावक र शिक्षकहरूसँग छलफल गर्नुपर्छ। विद्यालयले पनि समय–समयमा विद्यार्थीहरूलाई यस्ता समस्याहरू उत्पन्न भएमा के गर्ने भनी सल्लाह दिइरहनुपर्छ।
परीक्षापूर्व विद्यार्थीहरूले स्वस्थ जीवन शैली अपनाउनुपर्छ अर्थात् कम्तीमा सात घण्टा सुत्नुपर्छ, सन्तुलित आहार खानुपर्छ र कम्तीमा पन्ध्र मिनेट नियमित व्यायाम गर्नुपर्छ। परीक्षापूर्व समय–समयमा आत्मपरीक्षण गर्नुपर्छ। आफ्नो परिवारजन वा साथीहरूसँग पनि केही समय व्यतीत गर्नुपर्छ जसले उनीहरूमा उत्साह पलाउँछ वा उनीहरूलाई थप ऊर्जा प्राप्त हुन्छ। यस कार्यमा अभिभावकको भूमिका अहम् हुन्छ किनभने विद्यार्थीहरू पढाइको चक्करमा यी ससाना कुराहरू बिर्सिराखेका हुन्छन्। परीक्षासँग सम्बन्धित सामग्रीहरू ठीक ठाउँमा राख्नुपर्छ जसले गर्दा चाहिएको बेला खोज्न समय खेर जाँदैन।
मनलाई शान्त राख्नु एउटा कला हो र नियमित अभ्यासले यो कला सजिलै सिक्न सकिन्छ। आफूभित्र सकारात्मक सोच विकसित गर्न सदैव आफूलाई प्रेरित गर्न ‘मलाई मेरो लक्ष्य थाहा छ, म सफल हुन्छु’ भन्ने कुरा मनमनै दोहोर्याउनुपर्छ। यसले विद्यार्थीभित्र आत्मविश्वास जगाउँछ। यसैगरी माउन्ट एडमन्ड माध्यमिक विद्यालयबाट जिल्ला टप गरेकी अञ्जु साहले प्रवेशिकामा सामेल विद्यार्थीहरूलाई प्रवेशिकाको अन्तिम क्षणसम्म पाठ याद गर्ने कुरा बिर्सिदिन सल्लाह दिएकी छन्, किनभने यसले विद्यार्थीको मनमा अनावश्यक तनाव उत्पन्न गर्छ।
यसैगरी प्रवेशिका परीक्षा चलिरहेको बेला परीक्षा कोठामा प्रवेश गरिसकेपछि आफ्नो निश्चित ठाउँमा बसी तीनपटक गहिरो लामो साँस फेनुपर्छ। यसले विद्यार्थीको बेचैनी कम गर्न मदत पुर्याउँछ। त्यसपश्चात उत्तरपुस्तिकामा आफ्नो सिम्बल नम्बर, अङक र शब्दमा, विषय, मिति आदि स्पष्ट अक्षरमा लेख्नुपर्छ। प्रश्नपत्र पाएपछि तुरुन्त लेख्न सुरु गर्नुपूर्व त्यसलाई राम्ररी पढ्नुपर्छ र कसरी कहाँबाट लेख्न सुरु गर्ने एक छिन सोच्नुपर्छ तत्पश्चात् मात्र जवाफ लेख्न सुरु गर्नुपर्छ। हतारमा लेख्न थालियो भने प्रश्न नम्बर लेख्न छुट्न सक्छ वा प्रश्नले के खोजेको छ भन्ने कुरामा अलमल हुन सक्छ। परीक्षा कोठामा विद्यार्थीले तनावको अनुभव गर्नासाथ एउटा लामो साँस फेर्नुपर्छ र आफ्नो पिठ्यूँ सोझो गरेर अलि पछाडि दुई तीनपटक लिएर जानुपर्छ साथै आफू अवश्य नै सफल हुने कुरा सम्झिनुपर्छ। यसैगरी जुन प्रश्नको जवाफ तपाईंलाई राम्ररी थाहा छ त्यसैबाट लेख्न सुरु गर्नुपर्छ। यसरी परीक्षा चलिरहेको बेला केही हदसम्म तनाव कम गर्न सकिन्छ।
डा. बत्राका अनुसार तनावले सधैं नकारात्मक विचार उत्पन्न गर्छ र विस्तारै यस्ता विचारहरूको शृङ्खला नै बन्न थाल्छ। यस कारण यसलाई मनभित्रै तोड्नुपर्छ। एक अर्का डा. सूर्य गुप्तका अनुसार हलुको दुखाइ यस्तो विचार रोक्न सहायक हुन्छ। यसका लागि आफ्नो नङ्ग्राले विस्तारै हत्केलालाई थिच्नुपर्छ वा आफ्नो नारीमा प्लास्टिकको पट्टा लगाई विस्तारै तान्नु र छोड्नुपर्छ। तनावबाट ध्यान हटाउनका लागि परीक्षा कोठामा बेंच सङ्ख्या वा विद्यार्थीहरूले लगाएका लुगाहरूको रङ्गको गन्ती एक छिनका लागि गर्नु उपयोगी हुन्छ। यसका साथै कुनै यस्ता कुरा, व्यक्ति वा वस्तु जसबाट तपाईंलाई सकारात्मक ऊर्जा प्राप्त हुन सक्छस उसको सम्झनाले पनि तनाव कम हुने धारणा मनोचिकित्सकहरूको रहेको छ।
पढाइ सँगसँगै मनोरञ्जन पनि आवश्यक छ किनभने लगातार पढाइ गर्नाले मन–मस्तिष्क भारी हुन थाल्छ। यस कारण प्रवेशिकाको बेला केही बेरको मनोरञ्जनले पनि हाम्रो तनावलाई कम गर्न मदत पुर्याउँछ। यसो भन्नुको तात्पर्य हाँसीखुशी परीक्षा दिनु हो किनभने स्वस्थ मनमा नै स्वस्थ मस्तिष्कको निवास हुन्छ। यस कारण प्रवेशिकाको बेला रातभरि जागेर पढ्नुको सट्टा बिहान छिटै उठेर पढ्नु बढी लाभदायक हुन्छ किनभने बिहानको पढाइ लामो समयसम्म हाम्रो स्मरणमा रहन्छ।
यसका साथै कुनै पनि लक्ष्यको प्राप्तिका लागि गरिएको परिश्रमबाट लक्ष्य स्पष्ट भएमात्र सफलता हासिल हुन सक्छ किनभने सफलता साँपसीढीको खेलजस्तै हो। सावधानीपूर्वक पाइला चालियो भने सफलताको सीढी सजिलै चढ्न सकिन्छ भने अलिकति असावधान हुँदा साँपले टोक्ने डर रहन्छ। प्रवेशिकामा तपाईं कति सफल वा कति असफल हुनुहुन्छ यो तपाईंको कार्य कुशलता र समझदारीमाथि निर्भर गर्दछ। सधैं याद राख्नुहोस् प्रवेशिका परीक्षाको बेला हुने तनाव हाम्रो सोचको उपज हो। यस कारण मनमा उठ्ने नकारात्मक सोचलाई नियन्त्रण गर्नुपर्छ र यसले हाम्रो सफलताको बाटो सजिलो बनाउँछ।
तनाव कम गर्ने केही विशेष उपाय अन्तर्गत प्रवेशिकाको बेला यदि तपाईं रातभरि जागेर पढ्नुभएको छ भने परीक्षा हलमा तकिया लिएर जान नबिर्सनुहोस्। प्रश्नपत्र पाउना साथ त्यसलाई तकियाको तल दबाएर सुतिहाल्नुस् र परीक्षा समाप्त हुनु अगावै उठ्नुहोस् तपाईं आफ्नो लेख्ने स्पीडलाई हेरेर आपैंm हैरान हुनुहुन्छ। यसैगरी प्रश्न पत्र पाउनासाथ आफ्नो सीटमा उभिनुहोस् र बेस्सरी कराउनुहोस्, पेपर आउट अफ कोर्स छ। बल्ले–बल्ले पेपर कैंसिल हुन्छ। परीक्षाहलमा केही बेर प्रश्नपत्रको हवाइजहाज बनाएर उडाउनुहोस्। तपाईंलाई हौसला बढाउने केही साथीहरूलाई परीक्षा कोठाको अगाडि उभ्याउनुहोस्। परीक्षा कोठामा लेख्दालेख्दै बोर हुन थालेपछि केही बेर मोबाइलमा भएको गेम खेल्नुहोस्। परीक्षा दिंदादिंदै कहीं तपाईंभित्रको कलाकार जीवित भयो भने उत्तरपुस्तिकामा चित्रकारी गर्नुहोस्। तर ध्यान राख्नुहोस् माथि उल्लिखित उपायहरू तपाईंलाई हँसाउन र तपाईंको तनावलाई कम गर्नका लागि मात्र हो। परीक्षाहलमा यदि यी उपाय अपनाउनु भयो भने निश्चित नै तपाईंको कल्याण छैन। प्रवेशिका परीक्षामा सफलताको शुभकामना सहित.... १